ईश्वरी भट्ट प्रवासमा रहेर नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनका विविध कृति प्रकाशन हुनका साथै विभिन्न संघसंस्थामा संलग्न छन् । उनको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘बोली’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मित्रसङ्गतका दोहोरो चरित्रलाई देखाएको छ । -सम्पा. |
राम्रै बोल्न खोजे पनि
दककाको साथ नपाए पछि
ओठले राम्रो आवाज
पटक्कै निकाल्दैन मित्र ।
टाक्रे टुक्रे राज्यले हुने भए
किन एकीकरण गर्नुपथ्र्यो र
कुरा बुझी बुझी बुझ पचाउनेलाई
म के भनौँ र पित्र मित्र ?
मेची कालीको वहावलाई
हावामा उडाउँदै अुाफ्नै अगाडि
तुफान आँधिवेहरी आइरहेको पनि
पटक्कै ख्याल छैन मित्र ।
जित्नु र हार्नुमै रहेछ जीन्दगी
पाउनु र गुमाउनुमै बनेछौ बन्दकी
जित्छौ अब सबै जित्ने भयौ
काललाई पनि जित्छौ कि के हो मित्र ?
वोलीको गोली हावामा जति छाडे पनि
बन्दुक रित्तो पार्ने मात्र हो मित्र
थाहा छ
जलेको छ आत्मा भित्र
तर कसरी चित्त वुझाएर वोल्छौ मित्र रु
फेर वोली फेर चित्त फर्काऊ
अुझै पनि धुन्दुकारी झैँ नतर्साऊ
अुाफैलाई तर्साउनेछन् शब्दहरूले
भूत बनेर छातीमा तिम्रो मित्र !