खगेन्द्र गिरी कोपिला कविताका कविता, गीत, गजल, मुक्तक जस्ता विविध विधामा कलम चलाइरहेका प्रतिभा हुन् । नेपालगञ्जमा रहेर साहित्यसेवा गरिरहेका कोपिलाका विविध विधाका कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले जीवनको रहस्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । सम्पा. |
स्वप्न-प्रणयनमा यो मुटु समर्पित छ
मनभित्र गुञ्जिने गीत अझै अलिखित छ
चलेको छ यसैगरि जीवनको यात्रा
अगाडिको बाटो यद्यपि अनिश्चित छ।
खगेन्द्र गिरि ‘कोपिला’
आदर्शमार्ग नेपालगंज