यादव भट्टराईको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी आफ्नो पुस्ताका सशक्त मुक्तककारका रूपमा सुपरिचित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भट्टराईको लौरो विर्सनेहरू’ मुक्तक समेटिएको छ । यस मुक्तकले मानवीय स्वार्थीपनका साथै देश निर्माणको विराएको बाटोको सङ्केत गरिएको छ ।
सम्पा. |
लौरो बिर्सनेहरू धेरै छन् यहाँ खोलानाला तरेपछि
कसरी उभो लाग्छ देश, हाँक्नेले मनोमानी गरेपछि
स्वार्थले मान्छे यति पुरियो कि केही देख्दैन वरिपरि-
बाँच्दा तिरस्कार भोग्नेलाई के अर्थ सम्मान मरेपछि।