डिल्लीराज अर्याल नेपाली साहित्यका कविता र निबन्ध विधामा स्थापित प्रतिभा हुन् । उनले नेपाली सञ्चार र साहित्य सञ्चारका क्षेत्रमा पनि विशिष्ट योगदान पुर्याएका छन् । साहित्यसागरका अघिल्ला शृङ्खलामा उनका कविता र संस्मरणहरू प्रकाशन हुँदै आएका छन् । प्रस्तुत शृङ्खलामा उनको मदन पोखरा शीर्षकको लघुकविता समेटिएको छ । यस कविताले आर्यालको जन्मभूमि मदनपोखराको चित्र उतारेको छ ।
सम्पा. |
फुटिसके हुनन् मूल भल्भली
गरिरहे हुनन् खूब खल्बली
हुन पुग्यो सबै भेक सुन्दर
नजरमा पर्यो फेरि त्यै घर ।
भइसके हरा खेतका गह्रा १
नद,नदी भए साफ सुग्घर १
अब पहेँलिए हुन् सबै मकै
नजरमा सबै आउँछन् सधै ।
नजर देख्छ यो कल्पना गरी
मन रमाउँदै सोच्छ यो घरि
कति रमाइलो लाग्छ त्यो धरा
मदनपोखरा हुन्छ झन् हरा ।