निशा के.सीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको भूस्वर्ग शीर्षकको मुक्तक समेटिएको छ । यस मुक्तकले नेपाललाई भूस्वर्गका रूपमा प्रतिविम्बन गरेको छ । -सम्पा |
जापान , अमेरिका हैन मेरै देश डुलूँ लाग्छ
बाजुरा , कालिकोटका भीर पाखामा फुलूँ लाग्छ
उदाउछन् जब हिमचुलीमा सुनौला घामका झुल्का
पोखेर पसिनाको धारा यही भूस्वर्गमा भुलूँ लाग्छ !!