- कविता
अमर कार्की प्रवासी नेपाली साहित्यकार हुन् । यु एस फ्लोरिडामा बसोबास गर्छन् । उनी पेसा र बाध्यताले जहाँ पुगे पनि आफ्नो भषासंस्कृतिलाई माया गर्ने प्रतिभा हुन् । उनले साहित्यसागरमा पठाएका एक डाली कोपिला शीर्षककका त्रिपदी कवितालाई यहाँ समेटिएको छ । यी कविता हाइकु र मुक्तकको मिश्रित शैलीमा संरचित छन् ।
-सम्पा. |
१)
कबिता, गजल उहिले पनि फुथ्र्यो हजुर
न त फेसबुक न त जुम नै थियो उहिले उहिले
बाचन गर्ने मौका बिरलै पो जुथ्र्यो हजुर !
२)
बनावटी सम्बन्ध त छिटै बिक्न सक्छ
तर यी झुटमा खडा भएका हाम्रा सम्बन्धहरू
एक दुई दिन भन्दा कहाँ टिक्न सक्छ !
३)
तिमी फेरि दिल खोलेर हास्न थालिछ्यौ
रमाइला हाम्रा माया प्रेमका पलहरू सँगालेर
उसैगरी प्रीतिका माला गाँस्न थालिछ्यौ !
४)
फूलको तारिफ गर्ने भमराको जात
रस चुसी चुसी आफ्नो घैटो भर्नु भरेपछि
काँडा सम्झी पर सर्ने भमराको जात !
५)
आत्तिन सक्छ मात्तिन सक्छ
न आउ प्रिय साँझमा एक्लै एक्लै
आवारा मन यो पात्तिन सक्छ !
फ्लोरिडा , यू एस