- मुक्तक
यादव भट्टराई युवा पुस्ताका सक्रिय स्रष्टा हुन् । उनी सिर्जना, समीक्षा र सङ्गठनका बहुआयामबाट नेपाली साहित्यका विकासमा समर्पित छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा मुक्तक रचना समेटिएको छ । आफूलाई देख्ने अरूलाई नदेख्ने बोलको प्रस्तुत मुक्तक रचनाले नदुख्ने घाउ नहुने, चल्ला वेवास्ता गर्ने माउ नहुने, पारि नतार्ने नाउ नहुने यथार्थलाई विम्बात्मक रूपमा प्रस्तुत गरेका छन् ।
-सम्पा. |
आफूलाई दुख्ने अरूलाई नदुख्ने कुनै घाउ हुँदैन
आफ्नै चल्लाहरूलाई वास्ता नगर्ने कुनै माउ हुँदैन
जत्ति गहिरो होस् आँसुको नदी, आँधीहुरी आओस् तर–
पारि पुग्ने अठोट गर्छ जो, नतार्ने कुनै नाउ हुँदैन।