बा आफ्ना सन्तानका लागि
एउटा यस्तो पुरानो रेलको लिग हुन्
बा को छातिबाट छोराछोरीहरु
आफ्ना ईच्छा र खुसीहरु समात्न
बा लाई दुःछकी नभनि दौडिरहन्छन्
जसरी रेल लिगको माथि टक्क उभिएर
सहर वार पार गरिरहन्छ
बा सन्तानका लागि दाउरा हुन,
यस्तो एउटा अग्राख दाउरा
जो आफु जलेर अरुलाई न्यानो दिन्छ
कसैको खुसीहरु निरन्तर पकाई रहन्छ
आफु सल्किएर नसकिउन्जेलको
पुरा–पुरी जिन्दगीसम्म ।
बा आफ्ना सन्तानका लागि के गर्दैनन् ?
कुनै बेला बाटामा वा जंगलमा तिर्खाएको बेला
बा ले तिर्तिरे धाराको पानि
कहिले पातमा थापेर
कहिले हातमा थापेर
आफु तिर्खाएर हुरुक्क हुँदा पनि
पहिला सन्तानको तिर्खा मेटीदिन्छ्न्
र खोला समातेको जस्तो गरी खुसी हुन्छन
अनि बिर्सन्छन्
आफ्नै घाटीको एक धाम तिर्खा पनि ।
बा जे पनि गर्छन्,
मैले बा ले केहि पनि त्यस्तो नगरेको देखिन
बा दह्रा हुन, बा पहरा हुन
मैले बा थाकेको पनि देखिन मेसिन जस्तै
मैले बा रोकिएको पनि देखिन खोला जस्तै
तर पटक पटक,
बा रुन्छन,बा हाँस्छन,
बा जित्छन,बा हार्छन
आफ्नै सन्तानका लागी
मैले सम्झेको दिनदेखी बा हरेक दिन,
घाम लागुन्जेल पसिना संग नुहाउँछन
र जुन मा पसिना सुकाउँछन ।
बा ले सबै थोक सहे
पानिले भन्दा बढी पसिनाले नुहाए
घामलाई टोपीले छेल्छन
बर्षालाई शरीरले थेग्छन
गर्मीमा पाकिदिन्छन, जाडोमा कामिदिन्छन्
उनको जिन्दगी कर्कलाको पातलाई
असीनाले चुटेझै चुटिएको छ र पनि
बा हाँसिदिन्छ सन्तानको लागी ।
बा हलोको फाली जस्तै हुन्
जो आफु बर्षौ रगट्टिई रहन्छ खिईरहन्छ
बा पुरा पुरा जिन्दगी भरी आफु घोटीएर
सन्तानका लागी अमृत फलाई रहन्छन ।
आज बा बुढा भा’छन, हिड डुल गर्न सक्दैनन्
पहिले त बा को लागी
जे पनि गर्छु जस्तो लाग्थ्यो
तर अहिले के बा तिर्खाएको बेला
तिँ आँगनको डिलमा झरेको धाराको
पानि खुवाउन सक्छौ त हामी ?
के बा आज उनको गहिरो तिर्खा मेट्न पाउछन त ?
बा ले
सन्तानको जीवन उकाल्ने भर्याङ् लगाउँदा लागेको ऋण
के उनको जीवन समाधिष्ट हुनु अगाबै
त्यो रिणको जालोबाट बाहिर निकाल्न
सक्छौ त हामी ?
आज छोराछोरी, सन्तानहरु
यता सहरको रङ्गमंचमा हिड्दै होईन उड्दै छन्
उता बा गाँउमा बर्षौदेखि धुन नसकेको सिरानिको खोल उट्याई पल्ट्याई सुतिरहेका छन् त्यहि पुरानो रेडियो सुन्दै
आफ्ना सन्तानहरु फर्कने आशामा…
देखुन्जेल सम्मको बाटोमा
बाटो भन्दा लामा आशाहरु थुपारेर …।
ताप्लेजुङ,
हाल-अमेरीका