मदन पुरस्कार विजेता एवं ‘मर्यादित महिनावारी’ की सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ पुस्तक बजारमा आएको छ । यसअघि पौडेलको ‘खलङ्गामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।
पौडेलका मर्यादित र सुरक्षित महिनावारीका विषयमा तीन पुस्तक प्रकाशित भइसकेका छन् । ‘रोल नम्बर एक’ उनको पहिलो बाल्यकालीन संस्मरण हो । सांग्रिला बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य २७५ रुपैयाँ छ ।
‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाहरुको कथा हो । बाल्यकालमा अब्बल बन्ने र छोरीहरुलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपना यो पुस्तकमा समेटिएको छ । महिला र पुरुषबीच समानताको चाहनाले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झाँगियो भन्ने पौडेलले पुस्तकमा व्याख्या गरेकी छिन् ।
‘रोल नम्बर एक’ पुस्तकको एउटा अंश यहाँ प्रस्तुत गरिएको छ ।
चोर हुँ जस्तो !
काम गर्न खुब रमाइलो लाग्थ्यो । मैले पहिला ठ्याक्कै के काम गरें भनेर सम्झिन भने सक्दिनँ । पहिलो सम्झिएको काम थियो सोह्र सत्रवटा बाख्रा हेर्नु । त्यसमध्ये कम्तिमा पनि पाँच छवटा पाठापाठी हुन्थे । एउटा बाख्राले बढीमा तीन चारवटा पाठापाठी पाउँथे । धेरैले चाहिँ दुईवटा पाउँथे । पहिलो पटक पाउनेले भने एउटा मात्रै पाएको सम्झिन्छु ।
अलिक ठुलो भएपछि मेरो काम पनि ठुलो भयो । कम्तिमा पनि आठ दशवटा भैंसी र गोरु हेर्नु पथ्र्यो । स्कुल भएका बेला कुनै पनि हालतमा स्कुल जानु पथ्र्यो । त्यसपछि काम गर्ने चलन । छुट्टीको बेला बाख्रा भैंसी जे भए पनि जङ्गल लानुपथ्र्याे । दिनभरि चराएर, कहिले ठुलो घोल त कहिले बिस हजार तालसम्म पुगेर पानी खुवाएर फर्किन्थें । फर्किंदा कहिले स्याउला, कहिले दाउरा त कहिले झिक्रा लिएर आउँथें ।
छुट्टी छैन भने स्कुलबाट आएपछि पर्ती जग्गामा ती भैंसी गोरm चराउन जान्थें । सिँचाइको विकास भइसकेको थिएन । त्यसैले आकाशे पानीको विकल्प हुने नै भएन । रोपाइँ गर्ने समयलाई ध्यानमा राखेर बर्खे छुट्टी हुन्थ्यो । सानो छ“दा दिदीहरु, आमाबा पर्म लगाउन जानु हुन्थ्यो भने मेरो काम घर कुर्ने र घरको काम गर्ने हुन्थ्यो । घरको काम भनेको झरी होस् वा घाम सबै भैंसी र गोरmलाई घाँस काटेर पु¥याउनु पथ्र्याे । हुनत बिहान मेला जानुअघि दिदीहरुले एकदुई मुठा वा भारी घाँस काटेर जानु हुन्थ्यो । कहिले काहिँ काटेको घाँस घर ल्याउन भ्याउनु भएन भने त्यो घाँस घर ओसार्ने, गोबर फाल्ने, सोतर ओछ्याउने मैले नै गर्नु पथ्र्यो । ओहो कलिलो बन्सो घाँस खाएको भैंसीको गोबर त गह्नाउने मात्रै हैन सोहोर्न पनि गाह्रो हुन्थ्यो । मान्छेको पखाला लागेको आची जस्तो । गोब्य्रायाउँदा पनि पटट… पटट… आवाज निकाल्ने । अनि टाढैबाट सुनिने । गोबर सोहोरेको दुईतिन घण्टापछि पनि हात झुक्किएर नाकको छेउतिर पुग्यो भने कलिलो बन्सोको गन्घ
दिमागसम्मै पुग्थ्यो ।
अलिक ठुलो भएपछि आमा दिदीहरुसँग पर्म लगाउन जान थाले“ । आफ्नो रोपाइँ हुनुअघि र पछि कम्तिमा पनि एकदुई घण्टा हिँडेर जग्गाधनीकोमा रोप्न जान्थेँ । अरुले बाह्र रुपैयाँ पाउँदा मैले भने आठ रुपैयाँ मात्र पाउँथें । कोही गाली गर्थे कोही माया पनि गर्थे । कहिलेकाहिँ त बितण्डा नै हुन्थ्यो । घरधनी बडो घमण्डका साथ छाता ओढेर आली आली हिँड्दै आउँथे । चोर औ“लाले मलाई इंगित गर्दै भन्थे, “यिनलाई फर्काउनू । ओठ निच¥यो भने आमाको दूध आउला जस्तै छ, मेला आउनु पर्ने !” यसको आसय म केटाकेटी नै छु । मलाई न रोप्न आउँछ न सक्छु नै भन्ने थियो ।
बाउसे गर्न आएको खेताला आलीको डिल डिल हिँडेको देखे पनि मेरो मुटुले ढ्याङ्ग्रो ठोक्थ्यो । निधारमा चिट चिट पसिना छुटेको सजिलै थाहा हुन्थ्यो । पसिना आँखामा पथ्र्याे र पोल्थ्यो । अनि एकछिन पछि सिँगान बग्न थाल्थ्यो । सिँगान तान्दा रोएर सिँक्क सिँक्क गरेजस्तो मेरै कानले सुन्थ्यो । आपूm विचरा भएको जस्तो, हीनताबोध हुन्थ्यो । अनि आफैंप्रति रिस र लाज दुवै लाग्थ्यो ।
जग्गाधनी वा घरमुली वा घरधनी को हो ठ्याक्कै थाहा हुन्थेन अर्थात् म चिन्दिनथेँ । विशेष गरी गङ्गा भाउजू, सानु भाउजू र मसिनी भाउजूहरुसँग यसरी मेला भर्न जान्थेँ । उहाँहरु आमाका मिल्ने साथी हुनुहुन्थ्यो । प्रायः जसो उहाँहरुले मलाई आपूmहरुको बिचमा राखेर रोप्न लगाउनु हुन्थ्यो । रोपो बराबरीको दुरीमा हार मिलाएर छिटो छिटो रोप्दा आफ्नो मेलो सर्लक्क छुट्टिने र सबैले सजिलै चिन्न सक्ने भएकोले म हरपल आपूmलाई फुच्ची भए पनि रोप्न सक्ने गनिन प्र्रयत्न गरिरहन्थेँ । केही गरी ढिलो भैहाले भने पनि भाउजूहरुले मेरो मेलो तानेर सघाउनु हुन्थ्यो ।
बेला बेला डिलडिलै, ठुलो स्वर गर्दै, धारे हात लगाउँदै घरधनी आएको सङ्केत उहाँहरुले दिनुहुन्थ्यो, म अलिक सेलाएको भए पनि रिचार्ज गरे जस्तो कस्सिएर मेलोलाई फेरि उस्तै र दुरुस्तै बनाउँथे ।
उसो त सबै घरधनी एकैनासे कहाँ हुन्थे र ? म अहिले पनि सम्झन्छु —एकचोटि घरबेटीले थर्काएर मलाई हिल्याएको गरोमा जाने अनुमति दिएनन् । मैले सुँकसुकाउँदै मेलो नबनाएको गरोमा उभिएर आँखा मिच्दै, आँशुको स्वादसँगै चित्त पोलाउँदै बस्नु बाहेक अन्य केही गर्न सकिनँ ।
घर फर्कौं न त भने पनि म एक्लै फर्कने अवस्था पनि थिएन । वर्षा मासको हिलो बाटो, पातला घरहरु । कतै मकै र तिल बारीले मान्छेको अनुहारै नदेखिने, कतै कलभर्ड नराखेको पानीको भेल । कतै हेर्दै डरलाग्दा पुरmषहरुको अट्टहास । म पूर्ण निराशाको मनस्थितिमा उभिइरहें ।
घरधनी केहीबेर फलाके । मैले सबै राम्रोसँग बुझ्दा पनि बुझिनँ । मकैको भात छड्के झैं एकछिन फत्फत् गरेर कता हराए कुन्नि ? त्यही मौका पारेर मलाई मेलो सर्दै गरेको गरोमा भाउजू र छिमेकी आमाहरुले डाक्नु भयो ।
चेइ चेइ भनेर बोलाउँदा कुकुर पुच्छर हल्लाएर, आज्ञाकारी बनेर गए झैं म पनि लुरुलुरु गएँ । तिनै नुनिला आँशुको उर्जामा घिक्क घिक्क गर्दै मेलो अघि बढाएँ । मेरो रङबिहीन तातो आँशु र सिँगान चिसो हिलो पानीमा तप्प तप्प खस्यो । मेरो स्वाभिमान, मेरो श्रम पनि धमिलो पानीमा बिलायो ।
दिनभरी एक तमासले आमालाई सम्झिरहें । सायद मेरी आमा पनि सँगै आउनुभएको भए मेरो यो दुर्दशा हुँदैनथ्यो कि ! दौडिएर आमाको काखमा लुकेर, कुरा लाउन मन थियो । डाँको छोडेर रुन मन थियो । फेरि सम्झें, आफ्नै मनलाई सम्झाएँ– आमा नै नहुनेहरुको जिन्दगी झन् कति बिरसिलो होला !
जाडोको छुट्टीमा बर्षभरिलाई पुग्ने दाउराको बन्दोबस्त गर्ने चलन थियो । म पनि दाउरा खोज्न दिदी र छिमेकी आमाहरुसँग जङ्गल जान्थेँ । तर आमा सधैं सँगै हुनुहुन्थेन ।
ठुलो घोलतिर जाने भए गङ्गा भाउजूहरुसँग, बरुवातिरको जङ्गल जाने भए साहिँली दिदी, माहिली दिदी र बिन्दु भाउजूहरुसँग जाने चलन थियो । कतिपय बेला त सङ्गीता, बराइनी र सिता दिदीसँग म र उषा दिदी जङ्गल जान्थ्यौं ।
केटी केटीको ग्याङमा जानुको मतलब अर्कै थियो । फटाफट जङ्गलको मुखैमा, पुलिस चौकी पछाडि जाने । सटासट दुईतीनवटा सर्लक्क परेको लाथ्रा वा हुर्कंदै गरेको वा आफूले ढाल्दा नियन्त्रण गर्न सकिने सालको रुख काट्ने । भारी पु¥याउने । भर्खरको लाथ्रा वा हुर्कंदै गरेको रुख भएकोले बिस टुक्रा दाउराले नै भारी पुग्थ्यो । भारी हेर्दा सानो र दाउरा सबै सर्लक्क मिलेको देखिन्थ्यो तर उत्पातै गह्रौँ ।
बाघ, भालु, गैंडा, बँदेल, बाँदर, जरायो तथा सर्प बेला बेलामा भेटिए पनि तिनीहरुको न डर लाग्थ्यो न त परवाह नै । तर पुलिसको चिन्ता त सपनामा पनि भैरहन्थ्यो । जङ्गलको मुख काट्ने बेला पुलिसले देखे भारी फालिदिने, खुर्पा खोसिदिने, नाम्लोको बोरियो काटिदिन्थे । आमाहरुले सिकाए झैं पुलिसले खाना खाने मौका पारेर वा वल्लोपल्लो मुखमा गएको बेला पारेर हामी कुद्दै जङ्गलको मुख काट्थ्यौं ।
यसरी मुख मात्रै काट्न सक्दा पनि सगरमाथा चढे बराबरको खुसी र सफलताको अनुभूति हुन्थ्यो । यसरी दिनको तिन खेपसम्म पनि गर्ने चलन थियो । सालको रुखलाई हुर्कन कति सास्ती रहेछ अहिले बल्ल थाहा हुँदैछ । त्यतिबेला के थाहा र ! अहिले पनि त्यतिबेलाको आफ्नो अपराध सम्झेर ग्लानि भैरहन्छ । लामो दुरीको बसमा हिँड्दा बाटोमा देखिने सालका रुखहरुले मलाई अपराधी भनेर चोर औंलाले देखाएको अनुभूतिले एक्लै लाज लाग्छ, चोर हुँ जस्तो लागिरहन्छ ।
चैत बैसाख ताका खुब हावा हुरी आउँथ्यो । राति आएको छ भने झिसमिसेमा नै जङ्गल पुग्थ्यौं । बिहान आएको छ भने दिउँसो पुग्थ्यौं । नजिक हुने, बल हुने, घरमा छोरा मानिस हुनेहरु नजिकै ढलेका रुख वा भाँच्चिएका हाँगाहरु जति सक्दो धेरै ओगटेर बस्थे । कसैले त साना बच्चा लगेर रुख ओगट्थे भने कतिले सारी फुकालेर जङ्गल नै मेरो हो भन्न पनि पछि पर्थेनन् ।
सबैले छोडेका, बाङ्गाटिङ्गा, हाँगाबिँगा बटुल्न मात्रै पनि खुब उत्साहका साथ जङ्गल गइन्थ्यो । सम्पत्ति, छोरा, निरोगी बाउ आमा जस्ता अवस्था इज्जत वा ठुलो घराना वा शक्तिको रुपमा पुनः प्रयोग भइरहन्थ्यो । चैत बैशाखमा प्रायः खडेरी पर्ने अनि जङ्गलमा आगो लगाउने हुनाले हरियो परियो र पानीको हाहाकार हुन्थ्यो । कहिले साना बचेरा त कहिले फुल पोलिएका हुन्थे । यस्तो देख्दा मनै कटक्क काटिएर आउँथ्यो । सानो वा कमजोर देखेर मलाई कसैले यसरी नै जबर्जस्ती पोली पोली मा¥यो भने मलाई कति दुख्थ्यो होला भनेर मलाई जति डर लाग्थ्यो त्यति नै मेरा बाआमा, दिदीहरु, भाइलाई कति पीडा हुन्थ्यो होला भन्ने सोचेर एकदम नरमाइलो लाग्थ्यो । कहिलेकाहिँ त जङ्गलमा लागेको आगो हावाले उडाएर आफूतिर नै आएको सपना देखेर अतालिँदै उठेको पनि थिएँ ।
कहिलकाहिँ घाँसपात नै खाएर जिउनु पर्ने चित्री, गै“डा जस्ता जनावर पनि अतालिएर हामीसँग ठोक्किन आइपुग्थे । अझ कहिलेकाहिँ त भौंतारिएर हाम्रो घरतिर पनि आइपुग्थे । म घरिघरि आफैं अलमल पर्थें । किताबमा भनिएको थियो – यो पृथ्वीमा मानिस सबैभन्दा बुद्धिमान जनावर हो । तर किन बुद्धि कम भएका जनावरलाई घरिघरि मानिस दुःख दिन्छन् ?
जङ्गल जाँदा पानीको व्यवस्था जङ्गलमा नै गर्नुपथ्र्यो तर खडेरीका कारण मूल वा कुवा सुकेर ज्यादै सास्ती हुन्थ्यो । खोल्सा खोल्सामा, कताकति बचेका र पलाउँदै गरेको पात हातमा लिएर काकाकुल बन्दै हिँडिन्थ्यो । धमिलो हिले पानी मात्रै पाउन पाए पनि के के न पाए जस्तो हुन्थ्यो । धमिलो पानीलाई हत्केलाले वा त्यही पातले हलुका यसो पतिङ्गर पन्छाएर, पातले उबाएर, एकछिन यसो सङ्लिन दिएर, घुट्को निल्दा शरीरमा कस्तो तागत आउँथ्यो ! त्यही पानीले बाक्लो थुकले ट्याप ट्याप परेको ओठ एकछिन भिजाउन पाउँदाको स्फुर्ति र मज्जालाई शब्दमा व्याख्या गर्न म आज पनि सक्दिनँ ।
एकप्रकारले जङ्गलको जीवन पनि रमाइलो थियो । कालीमाटीको घोलतिर पुगेपछि जमुना तथा क्यामुना खान पाइन्थ्यो । मलाई जमुनाभन्दा नि क्यामुना मन पथ्र्यो । गाढा बैजनी रङको सानाखाले गुच्चा जत्रो दाना तर टिप्न सक्ने हैन । लठ्ठीले हान्दा होस् वा आफैं झरेका तर हेर्दा ताजा लाग्ने टिपेर खान सक्नु नै मेरो उपलब्धि हुन्थ्यो । तर, बोक्रा र पात पनि मिठो गरी बसाउने चाहिँ जमुना हो । मलाई तिनको फलभन्दा बोक्रा मिठो लागेर बोक्रा नै चपाई दिन्थेँ भने मुन्टा चुँडेर मुठीभित्र कच्याककुचुक पार्दै माडेर वासना सु“घ्दै हिँड्थेँ ।
आफैंले मजाले डालो नुघाएर पाकेपाकेको खान सक्ने त अँगेरी हो । यसको बासना जमुना र क्यामुनाभन्दा फरक र मिठो लाग्ने क्या ! लामो लामो सर्लक्क परेका औंलाजस्तो पात हुँदै टुप्पो रातो, कलेजी, पहेंलो आदि रङ मिसिएर फल्ने फल । खाइसकेपछि पनि मुखमा बैजनी रङ दिने, आम्मामा ! रङ मात्रै देखाउन सकियो भने पनि अँगेरी भेटेको धाक लगाउन पाइने ।
अझ स्वादको कुरा गर्दा त नुन खुर्सानी मोलेर सुकाएर दाना–दाना बनाएको होस् वा सखर राखेर बनाएको अचार होस् वा माडा बनाएको होस् वा पहेेंलो पहेंलो वा रातो दाना होस् मलाई मन पथ्र्यो बयर । तर, सानो रुख भए नि बयर चाहिँ टिप्न सारै गाह्रो लाग्ने । आँखाले फल मात्र देख्छ काँडा देख्दैन । आँखाले देख्दा नदेख्दै, मनले भने खाइसक्छ । त्यसैले लोभिएर हात बयरसम्म पुग्न हतार गर्दा नगर्दै बयरले हात मात्रै रगताम्मे बनाउनुअघि मुख, घाँटी कोतरेर, चिथोरेर झल्याँस्स ब्युँताउने । अनि त लोभी हात बयर टिप्नुअघि नै छोड्नु पर्ने । हाम्रो नजिकैको जङ्गलमा त्यति धेरै पाइन्थेन । भालेको डाकोसँगै शनिबारको दिन पारेर गाउँका दिदी, साथी, भाउजूहरु गोद्य्राङतिरको जङ्गलमा जानुहुन्थ्यो बयर टिप्न । केही मानादेखि पाथीसम्मका पोकाहरु लिएर साँझ मात्रै फर्कनु हुन्थ्यो उहाँहरु ।
जङ्गलमा सानो सानो झाडी आउनेबित्तिकै पाइने भनेको दहीकाम्लो र अर्चले हो । केही खानै नपाएका बेला त्यही खान पाउनु पनि ठुलो कुरा हुन्थ्यो । भैंसी चर्न थालेका बेला दायाँ बायाँ दहीकाम्लो र अर्चले खोज्ने । साथीलाई बाँड्ने र धेरै भए घर पनि ल्याउने गर्थें । अर्चले त सुकाएर धुलो बनाउँछन रे । अमिलोको सट्टामा अचारमा राख्न मिल्छ रे भन्नु हुन्थ्यो आमा । अझ भक्याम्लो पाए त झन् वेश । यसलाई पकाएर चुक अमिलो नै बनाउन मिल्छ रे । अझ निबुवाको भन्दा पनि राम्रो हुन्छ भन्थे ।
सबैभन्दा अग्लो रुखमा फल्ने चाहिँ बर्रो हो । बाहिर बोक्रा, त्यसपछि कडा खोल अनि भित्र मिठो, गुलियो गुदी । दाउरा खोज्दै हिँड्दा दाउराभन्दा पहिले बर्रो खोज्ने दाउ हुन्थ्यो । कहिलेकाहिँ बा“दरले बाहिरको बोक्रो खाएर दाना दाना बनाएर छोडेको थुप्रो नै भेटिन्थ्यो । झन्डै एकदुई माना बर्रो भेट्नेलाई भाग्यमानी मान्थे साथीहरु । ढुङ्गा माथि ढुङ्गा वा खुर्पाको धारको पछाडिको भागले फुटाएर वा कडा काठमा सानो प्वाल बनाएर बर्रोको दाना त्यहाँ अडाएर खुर्पा वा ढुङ्गाले फोरेर खाइन्थ्यो । एक–दुई दाना मात्रै भेटेर खान पाउँदा पनि दिनभरिको भोक मेटिन्थ्यो ।
कहिलेकाहिँ पुरानो वा अरु कुनै कारणले बर्रो फोर्दा कुहिएको प¥यो भने कस्तो नमिठो अनि नरमाइलो लाग्थ्यो । कता हो कता मन हो कि, पेट हो कि, छाती हो यही हो भन्न नसक्ने गरी चसक्क का“ढाले घोचेझैैं दुख्थ्यो दिनभरि नै । अर्को पटक त्यसरी नै बर्रो खोजेका बेला फेरि त्यस्तै कुहेको पर्छ कि भनेर कता कता डर पनि लागिरहन्थ्यो । हावाहुरीले बर्रोको रुख नै पल्टाएको, ढालेको रुख फेला पर्यो भने त बर्रोको धनी ! डोकामा बोकिएर बर्रो घर पुग्थ्यो ।
त्यहीबेला छुटेर हो कि कसरी हो घरमा बर्रोको रुख नै भयो । कहिले ठुलो होला र खाने होला भनेर कल्पिँदै गर्दा बाले नयाँ घर बनाउने बहानामा बर्रोको रुख नै काटिदिनु भयो । पुरानो, थोत्रो घरको दुःख भन्दा बर्रो खान नपाएको कुरोले पो मलाई धेरै दिनसम्म पीर पारिरह्यो । अहिले सम्झँदा आफूलाई नै म कति सोझी र अज्ञानी थिएँ भन्ने लाग्छ ।
किसानको परिवार भएकोले केही न केही काम भई नै रहन्थ्यो । केही छैन भनेको बेला पनि काम भ्याइ न भ्याइ हुन्थ्यो । बिहान घाम उदाएदेखि स्कुल जाने बेला वा नौ बजेसम्म गोबर फाल्ने, भैंसी गोरmलाई पानी खुवाउने, पराल हाल्ने काम गर्थें । बेलुका स्कुलबाट आएपछि पनि त्यही काम । कहिले घाँस काट्ने काम गर्थें । बाआमाले हामी साना–ठुला सबैलाई कामको बाँडफाँड गरिदिनु हुन्थ्यो । त्यसैले हामी सबै झैझगडा नै नगरी आफ्नो काम फटाफट गथ्र्यौं ।
दिदीहरुको भन्दा मेरो केही थप र अलि फरक काम पनि थियो । बाको दुध बेचेको हिसाब किताब राखिदिने । कहिलेकाहीँ ब्याजमा ल्याएको ऋणको हिसाब किताब गरिदिने । त्यतिबेला सयकडा तीनदेखि पाँच रुपैयाँ प्रति महिनाको दरले ब्याज तिर्नु पर्ने हिसाब हुन्थ्यो । पछि थाहा पाएँ, यो ब्याजदर त अचाक्ली पो रहेछ ।
काम जे पो होस, म पढ्दै हिँड्थेँ । आलीको डिलमा बसेर चिच्चाई चिच्याई पढ्थें । हिँड्दा पनि दुनोट वा अङ्ग्रेजी घोक्दै हिँड्थेँ । अरुहरुले के भन्छन्सँग केही, कुनै मतलब नै गर्दिनथेें ।
केटाकेटीमा खेलिने भनेका वा मेरा साथीहरुले खेल्ने खेल मैले धेरै खेलिनँ वा खेल्ने अनुकूल परेन । मलाई मनपर्ने र प्रायः खेल्ने भनेको डण्डीबियो थियो ।
डण्डीबियो दुई थरिको खेलिन्थ्यो । करिब ५÷६ इन्चको बियो जसको दुवैतिर तिखारेर चुच्चो बनाइएको हुन्थ्यो । बियो भुइँमा राख्दा चुच्चो परेको भाग केही उठेको हुन्थ्यो । करिब एक मिटर लामो डण्डी वा लठ्ठीले उठेको भागमा बिस्तारै हान्दा बियो उफ्रिन्थ्यो । म कम्तिमा पनि दुई पटक डण्डीले प्याट प्याट हानेर तेस्रो पटक जति सक्दो टाढा पु¥याउन कोसिस गर्थें । जति टाढा पु¥यायो उति धेरै पोइन्ट बनाएर खेल जित्ने दाउ हुन्थ्यो । म जित्थेँ पनि ।
अर्को तरिकामा भने बियोलाई खोपी जस्तो सानो खाल्डो जमिनमा खनेर राखिन्थ्यो । आफ्नो विपक्षी साथीहरु बियोलाई समात्न वा फर्काउन सम्भावित ठाउँतिर बसेका हुन्थे । म डण्डी अड्काएर साथीहरुलाई झुक्याउँदै बियो फाल्थेँ । जति टाढा फाल्न सकियो उति धेरै पोइन्ट प्राप्त हुन्थ्यो । मलाई साथीहरुको बियो ट्वाङ्ङ हिर्काएर उनीहरुतिर फर्काउन सकेको बेला क्या मजा लाग्थ्यो ।
त्यसो त थोत्रो मोजा वा कपडाको पोकोबाट बनाएको फुटबल, कपर्दी पनि खेल्थेँ । कहिलेकाहीँ घरमा गट्टा मात्रै पनि खेल्थेँ । तर घरभित्र खेल्दा भने मलाई त्यति मजा लाग्थेन ।
स्कुलमा जसरी पनि अब्बल हुनुपर्ने सपना मनमा गढेकोले हो कि क्या हो पढ्नुको जति मजा केहीमा पनि लाग्दैनथ्यो ।
बेलुकाको खानापछिको धन्दा भ्याएर दिदीहरुसँगै पढ्थेँ । घडी नभएकोले आमाले कुखुरा बासेपछि वा शुक्रतारा हेरेर बिहानै उठाइदिनु हुन्थ्यो । अनि दिदीहरुसँगै घाम झुल्किने बेलासम्म पढ्थेँ । त्यसो त कहिलेकाहीँ त रातीसम्म वा राती नै उठेर काम गर्नु पनि पथ्र्यो ।
मलाई घरभित्रको कामभन्दा घरबाहिरको काम धेरै मन पथ्र्यो । सबैभन्दा गाह्रो काम खाना पकाउन लाग्थ्यो । केही गरी खाना पकाइहालें भने पनि पस्केर अरुलाई दिन मनै लाग्थेन । मैले पकाएको मिठो छैन, अब कसैले खान्नन् कि भन्ने डर लागिरहन्थ्यो । केही गरी सबैले खाना मिठो गरी खाइदिए भने भित्रभित्रै खुसी लाग्थ्यो । गदगद हुन्थेँ ।
मजस्ता स्कुले केटाकेटीको मुख्य काम त मिहिनेत, लगनशील भएर पढ्ने र केही खेल्ने नै हो । तर अवस्थाअनुसार बा, आमा, गुरm, साथीहरुलाई सघाउनु पर्दछ । सबैले मिलिमिली काम गर्न पाएको बेला झनै रमाइलो हुन्छ । काम गर्दा पनि धेरै कुरा सिकिन्छन् । किताबमा पढेका धेरै कुरा मिल्छन् । म पनि आमाले भन्नु भएको कुरा जहिले पनि सम्झिन्थें – काम भएन भने पो दुःखी हुने हो । फेरि बा सधैं सम्झाउनु हुन्थ्यो – काम ठुलो सानो केही हुँदैन । चोर्नु, ठग्नु पो अपराध हो ।
निष्ठाले गरे एकदिन सफल भइन्छ । म पनि आफूलाई ठिक लागेको काम एक्लै भए पनि गर्थें । सबैले गरेको काम रहेछ भने पनि सधैं उस्तैगरी वा अरुले गरे झैं नगरेर फरक फरक तरिकाले गर्ने कोसिस गर्थें । के के गरेर आफ्नै पाराको, नयाँ तरिका वा प्रक्रियाबाट गर्थें । साथीहरु कोही भन्न डराउँथे त कोही भनिहाल्थे – राधा तिमीले गरेको ठिक छ त ? म दृढ आत्मविश्वासका साथ जवाफ दिन्थेँ – किन नहुनु, नतिजा एकै भएपछि के फरक प¥यो ? किन डराउनु प¥यो र ? मेरो यसरी नै काम गर्ने बानीले यहाँ पुगिसकें । विश्वास छ अझै टाढा पुग्न सक्छु ।