चतुर्वेदी मोहनराज खनाल बर्मामा बसेर नेपाली भाषा साहित्यमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको मान्छेको विनाश शीर्षकको कविता समेटिएको छ । यस कविताले विविध कारणले कसरी मान्छेको विनास भइरहेको छ भन्ने कुरालाई देखाएको छ । -सम्पा. |
लडाइँमा सहिद भए कत्ति
लेखाजोखा छैन
कारोना संक्रमित भए कत्ति
थाहा पत्तो छैन
अनाहक ज्यान गुमाउँदै कति
डरलाग्दो समय भोगिरहेछन् कति
बाँच्नु पनि दुख
मर्नु पनि दुख ।
दिन प्रतिदिन
दैवीप्रकोप बड्दैछ
महामारीमा
चिन्ताको सागरमा डुबेका मान्छेहरू
चिता कुरेर बसिरहेका छन्
औषधी परको कुरा ।
मान्छेले
चिहान भरिएको छ
चिहानमा लास खप्टिएकोछ
आफन्त पराय भएको छ ।
अनगिन्ती त्रासका समाचार
झुल्केघाम देखि अस्तयसम्म
धड्कन थामेर सुन्नुपर्ने
परिस्थिति अर्कोतिर मुन्टेपछि
परिवर्तन मृत्युको घाटसम्म पुगेपछि
नवीन जीवन जिउनु कसरी ?
प्रकोपपछिको पुनर्जन्म
थोरैले मात्र पाइरहेका छन्
युगले नयाँ काँचुली फेरिरह्यो
आशा आशा नै रह्यो
धारणा नटुङ्गिदैं
विश्वासको ढिकुटी हरायो ।
कति भोकले मरिसके
कत्ति शोकले मरिसके
कालोचस्मा
उतार्नु पर्ने नेता
कालो पोसाकमै घुमिरहेका छन्
लडाइँमा सहिद भए कति
कोरोना संक्रमण्मा सहिद भए कति ।