सुजाता शर्मा (२०२९ असोज १८, धुलाबारी झापा, सुपुत्री नारायण शर्मा र शान्ता शर्मा) नेपाली साहित्यमा नवप्रवेशी प्रतिभा हुन् । उनी हाल श्री दिवा इन्टरनेसनल स्कुल विशालनगर काठमाडौँमा शिक्षण पेसामा संलग्न छन् । नेपाली विषयमा एम. ए. वी. एड शर्मा अहिले समीक्षा र सिर्जनाका क्षेत्रमा आफ्नो उपस्थिति देखाउन थालेकी छन् । उनको एउटा गीतिकविताहरूको सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । साहित्य सागरको प्रस्तुत शृङ्खलामा शर्माको शीर्षकको कविता समेटिएको छ । यस कविताले निम्नवर्गीय ग्रामीण जनजीवनका नारीका कथाव्यथालाई समेटेको छ ।
समय त्यसै बितेर गयो अल्मल पर्दैमा
दाउरा घाँस मेला र पात पँधेरो झर्दैमा
बिहान साँझ घरैको काम नगरी नहुने
दिउँसो कहाँ तिर्नु छ पर्म नपुगी नहुने ।
दाउरा घाँस मेला र पात पँधेरो झर्दैमा
बिहान साँझ घरैको काम नगरी नहुने
दिउँसो कहाँ तिर्नु छ पर्म नपुगी नहुने ।
कहिले मन भक्कानो पर्यो कहिले फुरुङ्ग
कहिले रोयो कहिले हाँस्यो कहिले भरङ्ग
टाढाको पानी पँधेरो मेरो, दाउरा वनको
भनेर साध्य रहेन पीडा कति हो मन को ?
कहाँ हो कहाँ माइती देश सम्झना मनमा
छुटेर गाको बाआमा साथ बल्झँदो मनमा
के सम्झिएथेँ, के भोगिराछु अल्मल पर्दैछु
पर्देशी पती समाली खेती जीवन चाल्दैछु ।
आउन्न मिठो खबर कैलै मृत्युको खबर
टेकेको धर्ती फाटेझैँ भयो खुट्टा छन् थरर
रिङटा छुट्छ भाउन्न हुन्छ मन रुन्छ धरर
छोपेको आँसु डिलमा आई बर्षन्छ बरर ।