रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा प्रतिभा हुन् । उनको कलम साहित्य सिर्जना र समीक्षाका क्षेत्रमा समानान्तर रूपमा निरन्तर चलिरहेको छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनका केही मुक्तक समेटिएका छन् । उनका मुक्तकमा चारहरफको बन्धन नरहे पनि त्रितुकान्त संरचना पक्ष समेटिएकै हुन्छ । यी मुक्तक मुक्त लयढाँचामा संरचित छन् । उनका मुक्तकले समाजका अभाव, गरिबी र शोषणका बहुरूपलाई विम्बात्मक रूपले प्रस्तुत गर्नका साथै जीवनचेतनाका बहुमुखी पक्षलाई समेटेका हुन्छन् ।
–सम्पा.
|
गजब
वा दाम्पत्य जीवन क्या गजव हुन्थ्यो हो
हनिमुनै हनिमुन मात्र भइदिए
धर्ती क्या उर्वर हुन्थ्यो हो
मनसुनै मनसुन मात्र भइदिए
बाबुआमा पनि भइन्छ र पो मार्यो
हेमन्त र शिशीर फिर्छ र पो मार्यो
वसन्तकै छेउमा चट्याङ पर्छ र पो मार्यो
लाग्न त लाग्छ नि कस्तो गजब हुन्थ्यो
जीवन गीतमा दुई ओठको गुनगुन धुन मात्र भइदिए ।
हनिमुनै हनिमुन मात्र भइदिए
धर्ती क्या उर्वर हुन्थ्यो हो
मनसुनै मनसुन मात्र भइदिए
बाबुआमा पनि भइन्छ र पो मार्यो
हेमन्त र शिशीर फिर्छ र पो मार्यो
वसन्तकै छेउमा चट्याङ पर्छ र पो मार्यो
लाग्न त लाग्छ नि कस्तो गजब हुन्थ्यो
जीवन गीतमा दुई ओठको गुनगुन धुन मात्र भइदिए ।
पछुतो
मलाई पछुतो छ अचेल
तिमीलाई बेलैमा चिन्न नसकेकामा
आफ्नै पुर्पुरो ठोकिरहेछु
कलम किन्ने पैसाले बन्दुक किन्न नसकेकामा
मै उस्तो व्वाँसाले घाँस खान्छ भनी ठान्ने
झन् बढी पछुतो छ अचेल
मकैसँगै घुन पिन्न नसकेकामा ।लखेटाई
तड्पिइरहे उनी म्यादी ज्वरोको तापमा
सित्तै बाँडिएको भनेको सिटामोलसम निल्न नपाई
दुनियाँले गाँसे आआफ्नै दुना टपरा मौसमी पातहरूमा
दगुरिरहे उनी पात र सिन्काकै खोजमा
साँझबिहान ढिडो पस्कने बोहोतोसम्म खिल्न नपाई
घुमिरहे अरिगाल र बछ्युका गोलाहरू उनैवरिपरि
घरबासमा,जमिनमा होइन पानीभित्र लुक्ता पनि चिल्न नपाई ।
मलाई पछुतो छ अचेल
तिमीलाई बेलैमा चिन्न नसकेकामा
आफ्नै पुर्पुरो ठोकिरहेछु
कलम किन्ने पैसाले बन्दुक किन्न नसकेकामा
मै उस्तो व्वाँसाले घाँस खान्छ भनी ठान्ने
झन् बढी पछुतो छ अचेल
मकैसँगै घुन पिन्न नसकेकामा ।लखेटाई
तड्पिइरहे उनी म्यादी ज्वरोको तापमा
सित्तै बाँडिएको भनेको सिटामोलसम निल्न नपाई
दुनियाँले गाँसे आआफ्नै दुना टपरा मौसमी पातहरूमा
दगुरिरहे उनी पात र सिन्काकै खोजमा
साँझबिहान ढिडो पस्कने बोहोतोसम्म खिल्न नपाई
घुमिरहे अरिगाल र बछ्युका गोलाहरू उनैवरिपरि
घरबासमा,जमिनमा होइन पानीभित्र लुक्ता पनि चिल्न नपाई ।
कोभन्दा को कम
घरमा काम गर्ने बालिकाले पकाएको भात खाएर
समारोहमा बालअधिकारको भाषण गर्ने अधिकारकर्मीहरू छन्
होटलमा ह्विस्की पिएपछि मासुभात डकारेर
गन्दे मुखले सप्ताह वाचन गर्ने चन्दनधारी धर्मीहरू छन्
कोहीभन्दा कोही कम छैन महाशय
कलाको क नचिन्नेहरू नै कलाकारिताका मर्मीहरू छन् ।
बाको भोक
निभेन मेरा बाको भोकको आगो
जति नै पसिना पोखे पनि
पुरिएन उनको अभावको खाडल
हजारौँ ढाकर बोके पनि
पाएनन् उनले आधारभूत अधिकार
कागजका खोस्टाले जति अधिकार तोके पनि ।
***
rshubechchhu11@gmail.com