नेपाली भषा नेपालमै निरीह बनिरहेको छ । यो भषा शक्तिशाली बन्न नसक्नु र विशवमा प्रभाव छोड्न नसक्नुमा हाम्रो व्यवस्था र नेपाली भषामा काम गर्ने व्यक्तिहरू नै जिम्मेदार छन् । यहाँ नेपाली भषालाई सरकारी कामकाजको भषा बनाइए पनि सरकारको खाँचो र विश्वविद्यालयको अनुसन्धानमा तालमेल हुन सकेको छैन । नेपालीबाहेकका विषयका उच्च अनुसन्धानहरू अङ्ग्रेजी भषामा हुनुलाई ठुलो कुरा मनिन थालिएको छ । विशवविद्यालयमा नेपाली भषा र साहित्यका विषयमा औपचारिक उपाधिबाहेक अनुसन्धान गर्ने गराउने परिपाटी बन्न सकेको छैन । यहाँ आवश्यक वा उपाधिमूलक अनुसन्धानबाट प्राप्त ज्ञानलाई पाठ्यक्रम र पठनपाठनका विषय बनाएर अद्यावधिक गर्ने संस्कार बनिरहेको छैन । राष्ट्रको कसरी सबलीकरण गर्न सकिन्छ भन्ने पक्षमा विश्वविद्यालयले गरेका अनुसन्धानका आधारमा सरकारलाई मार्ग निर्देशन गर्ने थिति बन्न सकेको छैन । यसले नेपाली भषा र साहित्यको अध्ययन, अध्यापन र प्रयोगमा जुन व्यापकता र सवलीकरण देखिनु पर्ने हो त्यो देखिइरहेको छैन । नेपालभित्रै नेपाली भषा र यसका उत्पादनहरू निरीह देखिइरहेका छन् ।
विश्वमा अनुसन्धान र त्यसमा पनि विश्वविद्यालयका अनुसन्धानबाट प्राप्त निचोडलाई उपलब्धिका रूपमा लिइन्छ । अनुसन्धान गरेको तथ्य र नवीन ज्ञान पाठ्यक्रममा लैजाने नीतिनियम बनाइएको हुन्छ । हाम्रामा अरू क्षेत्रमा पनि र मूलतः नेपाली भाषा र व्याकरणमा भएका अनुसन्धानहरूको उपयोग गरेर पाठ्यक्रमको विकास विस्तार र कार्यान्वयन गर्ने प्रचलन बन्न सकेको छैन । त्यसरी प्रयोग गर्ने क्रममा पनि हस्तक्षेप छ । केही पदमा हुनेहरूका थेसिसमा लेखिएका कुरा मात्र पाठ्यक्रममा देखिनु, उही उपाधिमा पनि कुन सूक्ष्म र कुन सतही अनुसन्धान भन्ने नबुझिनु, देश र सरकारको खाँचो र विश्वविद्यालयको अनुसन्धानमा तालमेल नहुनु, साहित्यका आम पाठकले प्राध्यापकीय समालोचनाका रूपमा विश्वविद्यालयका औपचारिक अध्ययनलाई होचीअर्घेली गर्नु वा नियमको भारीका रूपमा बुझ्नु, विदेशी सिद्धान्त र नियमहरूको पाठ्यवस्तु चयन गर्नु, भषामा नेपाली ध्वनिविज्ञान, नेपाली वर्ण व्याकरण, नेपाली वाक्य व्याकरण, शब्दानुशासन विद्यालय र विश्व विद्यालयमा ठिकसित पठनपाठन नगरिनु, अर्थ व्याकरणको अनुसन्धान बाँकी हुनुका साथै विश्वविद्यालय र विद्यालयमा नपढाइनु यसको समस्याको चुरो हो ।
हिजो भाषिक पहिचानमा नेपाली ‘राष्ट्रभाषा’ थियो । नेपाली भाषा व्यवहारमा समाज भाषा वैज्ञानिक परिभाषाअनुसारको ‘राष्ट्रभाषा’ नै रहे पनि वर्तमान संविधानले नै यसको विशेष दर्जा हटाएको आरोप नेपाली भाषावैज्ञानिकहरू चूडामणि बन्धु र माधव पोखरेलले लगाएका छन् । यो आरोप सही देखिन्छ । यसका विरुद्ध मुद्दा हाल्ने निकाय नपाएर नेपाली भाषाको मुहार निरीह देखिइरहेको छ ।
नेपाली भषा व्यकारणका क्षेत्रको मात्र कुरा गर्दा पनि केही पक्षमा मात्र अनुसन्धान भएको छ । भषा व्याकरणमा कारक, व्यतिरेकी अभिलक्षण आदिको मात्र अध्ययन केन्द्र देखिनु हामी खुम्चिनुको कारण हो । संज्ञानात्मक अर्थविज्ञान, नेपाली भाषाको सङ्कथन व्याकरणको अध्ययन अनुसन्धान, नेपाली भाषाको शैलीविज्ञानको अनुसन्धान तिनको पूर्वीय भाषिक पद्धतिसँग तुलना जस्ता पक्षहरू अधुरै अपुरै छन् । नेपाली भाषाको समाज भाषावैज्ञानिक अनुसन्धान,
नेपाली अभिलेखखीय भषाको अध्ययन, भाषिकाहरूको तुलनात्मक अध्ययन, व्यकारणका नयाँ सम्भावनाहरूको खोजी, भाषिक प्रस्तुतिका शैलीको नयाँ क्षितिजको खोजीमा हामी पछाडि परेका छौँ । विधागत, विषयगत, भाषिकागत, कृतिगत, स्रष्टागत, प्रवृत्तिगत कोशहरूको निर्माण हुन सकेको छैन । हामीले कतिपय अङ्ग्रेजी र हिन्दी प्राविधिक भाषिक साहित्यिक क्षेत्रका पारिभाषिक शब्दका नेपाली शब्द निर्माण र प्रयोग पनि गर्न सकेका छैनौँ । यी अनेक कारणले नेपाली भषा निरीह मुहारमा देखिइरहेको छ ।
नेपाली भषा साहित्य र समग्र वाङ्मयिक उन्नतिमा समस्याहरू देखिनुका कारण खोजी गर्दा एकातिर नेपाली भषा साहित्यको पठनपाठन र पाठ्यक्रम निर्माणमा गम्भीर अध्ययन र तिनको कार्यान्वयन हुन सकेको छैन भने अर्कातिर नेपाली भाषाको महत्त्व घटाउन नेपाल राष्ट्रका संयन्त्रहरू नै जानेर वा नजानेर लागिरहेका छन् । हिजो लोकसेवा आयोगले अनिवार्य नेपाली १०० अङ्कबाट घटाएर ५० अङ्कको बनायो र विस्तारै त्यसलाई छोडि नै दियो । तत्कालीन उच्चमाध्यमिक (हाल माध्यमिक) तहका कक्षा ११ र १२ मा पनि नेपाली विषयको पाठ्य भार घटाइएको छ । हिजो भाषिक पहिचानमा नेपाली ‘राष्ट्रभाषा’ थियो । नेपाली भाषा व्यवहारमा समाज भाषा वैज्ञानिक परिभाषाअनुसारको ‘राष्ट्रभाषा’ नै रहे पनि वर्तमान संविधानले नै यसको विशेष दर्जा हटाएको आरोप नेपाली भाषावैज्ञानिकहरू चूडामणि बन्धु र माधव पोखरेलले लगाएका छन् । यो आरोप सही देखिन्छ । यसका विरुद्ध मुद्दा हाल्ने निकाय नपाएर नेपाली भाषाको मुहार निरीह देखिइरहेको छ । नेपालका अरू मातृभाषाहरूलाई नाम मात्रको ‘राष्ट्रभाषा’ बनाइएको र नेपाली भषालाई अपमान गरिएको छ । यो पक्षलाई बेलैमा बुझ्न र सच्याउन सकिएन भने हामी विश्वलाई देखाउन मिल्ने साहित्य सिर्जना गर्न नसक्ने भषाका वक्ता बनेर गुज्रने सम्भावना छ ।
विश्वमा भषाको इतिहास हेर्ने हो भने रुसको उदाहरण लिन सकिन्छ । रुसी जार शाही हटाउन गरिएको सन् १९०५ को क्रान्ति कालमा पिटस्बर्ग (लेनिनग्राद) विश्व विश्वविद्यालयका प्राध्यापक बुदउँ द कुर्तने ( सन् १९०५) ले लेखेको पर्चा लेनिनले पढेका थिए । त्यो लेखका आधारमा रुसभरिका सबै मातृभाषा बराबर हुन् भन्ने उनको प्रस्तावलाई स्वीकार गरेर लेनिनले ‘सोभियत सङ्घका सबै मातृभाषा बराबर हुन्’ भन्ने मान्यता बनाए । लेलिनको त्यसै सूत्रका आधारमा सन् १९२० देखि सन् १९२४ सम्म सोभियत सङ्घका मातृभाषाहरूको भाषा योजना र शिक्षा योजना बनाएर कार्यान्वयन गरे । त्यसो गर्दा भाषिक रूपमा राष्ट्रियता कमजोर भयो । राष्ट्रियता कमजोर हुने देखेर स्टालिनकै पालादेखि अरू मातृभाषा भन्दा रुसी भाषाको स्थान विशेष र अनिवार्य बनाइयो । आजको विश्वमा रुसीहरूको भाषा साहित्य र संस्कृति प्रेम अबल मानिन्छ । एक पटक राष्ट्रभाषा भनिएका भषा राष्ट्रभाषा नमान्दा सोभियत सङ्घ टुक्रेर अनेक गणराज्य बने पनि ती सबै गणराज्यको पारस्परिक सम्पर्क भाषा आज पनि रुसी भाषा भएको छ । नेपालका अर्धबुज्रुक केही विद्वान्हरूले कुर्तने र लेनिनको त्यही नारा नेपालमा प्रचार गरिएको भए पनि स्तालिन र उनपछिका शासकहरूले रुसी भाषालाई सोभियत सङ्घको एकताको प्रतीकका रूपमा विकास गरे जस्तै हामीले त्यस यथार्थलाई बिर्सनु हुँदैन ।
विश्वविद्यालयहरूमा केही विषयमा नेपाली भाषामा पठनपाठन र परीक्षाको माध्यम बनाउन पाउने व्यवस्था भए पनि ती विषयमा परीक्षामा प्रश्न सोधिँदा अङ्ग्रेजी भाषामा मात्र सोध्ने परिपाटि बस्तै छ । यो परिपाटीलाई सच्याएर प्रश्नपत्रमा नेपाली रूपान्तर पनि अनिवार्य रूपमा राख्ने थिति बसाल्नेतर्फ कसैको ध्यान जान सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधिको मूल्याङ्कन फारममा संस्कृत र अङ्ग्रेजी माध्यममा मात्र भर्ने स्तम्भ दिइएको छ । त्यसमा नेपाली भाषामा पनि निर्देशन लेखिनुपर्ने व्यवस्था किन हुन सकेन ? त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायमा अङ्ग्रेजी भाषामा मात्र लेखिएको मूल्याङ्कन फारमको नेपाली अनुवाद पनि हुनु आवश्यक छ । अनुसन्धाताले नेपालीमा गरेका अनुसन्धानलाई पनि स्वीकृति दिन आवश्यक छ । नेपालीलाई कमजोर बनाउने गरी अङ्ग्रेजीलाई महत्व दिनु हाम्रै भाषा संस्कृति र साहित्यमाथिको बन्चरो हनाइ भइरहेका तर्फ कसैको ध्यान जान सकेको छैन । नेपालभित्रका बोर्डिङ इस्कुलहरूमा नेपाली बोल्यो भने विद्यार्थी र शिक्षकले दण्डित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । नेपाली भषा अध्यापन गर्ने शिक्षकले पनि अंग्रेजी बोल्नु पर्ने अवस्था सिर्जना गरिएको छ । नेपालभित्रै नेपाली बोल्दा दण्डित हुने विद्यार्थी र नेपाली शिक्षकले गर्व गर्ने मुलुक अर्को कुन र कहाँ हुन सक्छ ? अङ्ग्रेजी बोल्न जान्ने नेपालीहरू अङ्ग्रेजी बोल्दा नेपालीहरू बिचबिचमा नेपाली शब्द मिसाउँदैनन् तर नेपाली बोल्दा बिचबिचमा अङ्ग्रेजी नमिसाई बोल्नै नजान्ने जस्तो भइसकेको छ । भर्खर तेस्रो पुस्ता शिक्षित बन्दै गरेको, अङ्ग्रेजी बुझ्ने मान्छे अत्यन्त कम भएको नेपालमा कसका लागि सूचना पाटीहरूमा अङ्ग्रेजी मात्र लेख्ने परिपाटी कसले बसायो ?
नेपालका विद्यालयहरूको नाम स्वीकृति दिँदा नेपालीमा लेख्ता पढाइको स्तर घट्छ जस्तो गरी अङ्ग्रेजी नामको स्वीकृति कसले दियो ? अङ्ग्रेजीमा लेख्ता, नाउँको अगाडि ‘इन्टर्नेस्नल’ लेख्ता विद्यालयको स्तर बढ्ने हो र ? कसका सजिला र स्वार्थ पूर्तिका लागि नेपालका सवारी साधनमा नेपालीका अङ्क र अक्षरहरू हटाउने योजनाहरू बने ? संघसंस्थाका नाम कसका सजिलाका लागि अङ्ग्रेजीमा राखिए ? प्रश्नहरू धेरै छन् ।
नेपालमा भएका जनगणनाहरूमा किन यस भाषाको प्रतिसत घटाउने प्रयास भइरहेको छ ? यी नेपाली भाषालाई निरीह बनाउने खेलहरू चिन्न र सुध्रिन आवश्यक छ ।
कुनै मुलुकको विकासमा त्यसको भषा संस्कृति र सभ्यताका आफ्नै मानक हुन्छन् । हामीले अङ्ग्रेजीलाई जति लगानी गरेर ठुलो कुरा बनाए पनि नेपाली भाषाकै सम्प्रेषण सामथ्र्यले मात्र हामीलाई माथि उठाउन सक्छ । विश्वभषाको ज्ञान हुनु पर्ने आवश्यकता छ तर आफ्नो पन नै विर्सिएर अरू भषाको अनुशरण देश र समाजका लागि पटक्कै दूरगामी सोचाइ बनिरहन सकेको छैन । उल्टो अन्योल र अस्पष्टता बढिरहेको छ । नेपालमा अङ्ग्रेजीमा साइनबोर्ड किन राखिन्छ ? एन जिओहरू र आइएनजिओहरूका नाम किन नेपाली भषामा राखिँदैनन् ? पार्टी भ्रातृृसंगठनका नाम किन अंग्रेजी सिकोबाट बन्छन् । समाचारका भषाहरू किन आयातित भषामुखी बनिरहेका छन् ? नेपालमा भएका जनगणनाहरूमा किन यस भाषाको प्रतिसत घटाउने प्रयास भइरहेको छ ? यी नेपाली भाषालाई निरीह बनाउने खेलहरू चिन्न र सुध्रिन आवश्यक छ ।
देशको जनगणनामा विदेशीहरूको चलखेल बढ्नु कुनै मुलुकको अन्त्यको सुरुवात हो । यो अवस्थाका उदाहरण अनेक देशबाट जुटाउन सकिन्छ । नेपालको अवस्थालाई जनगणनाका दृष्टिले मात्र हेर्दा यहाँको भषा, धर्मसंस्कृति आदिमा चलखेल भएको देखिन्छ । ऐतिहासिक दृष्टिले पञ्चायती व्यवस्था (२०३८ साल) को जन गणनामा नेपाली भाषा मातृभाषा हुनेहरूको सङ्ख्या झन्डै ५८.५ पुगेको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि लिएका जन गणनाहरूमा नेपाली भाषा मातृभाषा हुनेहरूको सङ्ख्या क्रमशः घट्तै गए र अहिले ४४.५ पुगेको अनि अर्कातिर केही मातृभाषाका वक्ताहरूको सङ्ख्या क्रमशः बढ्दै गएको देखिन्छ । वास्तविक रूपमा हेर्ने हो भने मातृभाषाको सङ्ख्या जन गणनामा बढी रहेको देखिने मातृभाषा बोलिने मूल ठाउँमै पुग्दा पनि अहिले धेरैजसो नेपाली भाषाकै प्रयोग भएको भेटिन्छ । यो गम्भीर यथार्थ किन छिपाइँदैछ ? जनगणनामा तथ्याङ्कलाई मिथ्याङ्क बनाउने राजनीतिलाई क्रियाशील हुन कसरी कसले सघाइरहेको छ ? यसले राष्ट्रियतामाथि कस्तो प्रश्न उठाउँछ ? नेपाली भषाका भाषिकाहरू छुट्टै मातृभाषाका रूपमा स्थापित हुनुका पछाडिको कारण के हो ? पहिले नेपालीका भाषिका भनेर चिनिएका मातृभाषाहरू अहिले छुट्टै भाषाका रूपमा स्थापित छन् भन्न खोजिनुको कारण के ? नेपाली भषाका जुम्ली, अछामी, बैतडेली, बझाङी डँडेल्धुरेली आदि भषाका विषयमा त पिएचडी तहको अनुसन्धान पनि भइसकेको छ । डा० हर्क बहादुर शाहीले ‘वर्डसर्फ’ का आधारमा अछामीलाई छुट्टै भाषा सिद्ध गरेका छन् भने, डा० यज्ञेश्वर निरौलाले पारस्परिक बोधगम्यताका आधारमा जनगणनाले बेग्ला बेग्लै मातृभाषाका रूपमा गणना गरेका र पिएचडी तह सम्मको अनुसन्धान भइसकेका मातृभाषाहरूलाई पनि नेपाली भाषाकै भाषिका सिद्ध गरेका छन् । भाषा र भाषिका छुट्ट्याउने भाषावैज्ञानिक आधार भए पनि समाज भाषाविज्ञानअनुसार राजनीतिक आधार नै बलियो बन्नु नेपाली भषाको यथार्थ अवस्था जानकारीमा अवरोध बनिरहेको छ । यसले नेपाली भषाको मुहार मलिन बनाइरहेको छ ।
नेपाली भषालाई कमजोर, कमप्रयोक्ताको भषा, शिक्षाका लागि कमजोर भषा, वाङ्मय र साहित्यका दृष्टिले कमजोर भषा बनाउन नेपाली अनुहारका केही विदेशी एजेन्टहरू लागेका छन् कि जस्तो देखिन्छ । यो बुझिनसक्नुको विस्तारवादी नीति हो । भारतका र विश्वका अन्य मुलुकका पनि विभिन्न गणराज्यमध्ये आफ्नो मूल भषा रक्षा गर्न नसकेका गणराज्यका नागरिक सम्बन्धित मुलुकमा र विश्वमै पछौटे भएका अनेक उदाहरणहरू छन् । हामी त्यस उदाहरणका अग्रगन्य नागरिक बन्न सक्ने सम्भावना बढ्दो छ । यसतर्फ सचेत रहेर भषाको सही स्थान निर्धारण, प्रयोग, अभ्यास, अनुसन्धान, अध्ययन, अध्यापन र प्रयोग हुन आवश्यक छ । भाषिक वाङ्मयिक सामग्रीहरूको प्रकाशन, प्रचार प्रसार र अनुवादका माध्यमबाट विश्वव्यापी बनाउन पनि त्यत्तिकै आवश्यक छ । राष्ट्रको भाषा, संस्कृति र साहित्य राष्ट्रिय पहिचान हुन् । यिनलाई केही सीमित व्यक्तिको स्वार्थअनुरूप मोडेर कमजोर बनाउने पक्षप्रति सबै सचेत हुनुपर्छ ।
-सम्पादक