SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपालमै नेपाली भषाको निरीह अवस्था
सम्पादकीय

नेपालमै नेपाली भषाको निरीह अवस्था

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाली भषा नेपालमै निरीह बनिरहेको छ । यो भषा शक्तिशाली बन्न नसक्नु र विशवमा प्रभाव छोड्न नसक्नुमा हाम्रो व्यवस्था र नेपाली भषामा काम गर्ने व्यक्तिहरू नै जिम्मेदार छन् । यहाँ नेपाली भषालाई सरकारी कामकाजको भषा बनाइए पनि सरकारको खाँचो र विश्वविद्यालयको अनुसन्धानमा तालमेल हुन सकेको छैन । नेपालीबाहेकका विषयका उच्च अनुसन्धानहरू अङ्ग्रेजी भषामा हुनुलाई ठुलो कुरा मनिन थालिएको छ । विशवविद्यालयमा नेपाली भषा र साहित्यका विषयमा औपचारिक उपाधिबाहेक अनुसन्धान गर्ने गराउने परिपाटी बन्न सकेको छैन । यहाँ आवश्यक वा उपाधिमूलक अनुसन्धानबाट प्राप्त ज्ञानलाई पाठ्यक्रम र पठनपाठनका विषय बनाएर अद्यावधिक गर्ने संस्कार बनिरहेको छैन । राष्ट्रको कसरी सबलीकरण गर्न सकिन्छ भन्ने पक्षमा विश्वविद्यालयले गरेका अनुसन्धानका आधारमा सरकारलाई मार्ग निर्देशन गर्ने थिति बन्न सकेको छैन । यसले नेपाली भषा र साहित्यको अध्ययन, अध्यापन र प्रयोगमा जुन व्यापकता र सवलीकरण देखिनु पर्ने हो त्यो देखिइरहेको छैन । नेपालभित्रै नेपाली भषा र यसका उत्पादनहरू निरीह देखिइरहेका छन् ।

विश्वमा अनुसन्धान र त्यसमा पनि विश्वविद्यालयका अनुसन्धानबाट प्राप्त निचोडलाई उपलब्धिका रूपमा लिइन्छ । अनुसन्धान गरेको तथ्य र नवीन ज्ञान पाठ्यक्रममा लैजाने नीतिनियम बनाइएको हुन्छ । हाम्रामा अरू क्षेत्रमा पनि र मूलतः नेपाली भाषा र व्याकरणमा भएका अनुसन्धानहरूको उपयोग गरेर पाठ्यक्रमको विकास विस्तार र कार्यान्वयन गर्ने प्रचलन बन्न सकेको छैन । त्यसरी प्रयोग गर्ने क्रममा पनि हस्तक्षेप छ । केही पदमा हुनेहरूका थेसिसमा लेखिएका कुरा मात्र पाठ्यक्रममा देखिनु, उही उपाधिमा पनि कुन सूक्ष्म र कुन सतही अनुसन्धान भन्ने नबुझिनु, देश र सरकारको खाँचो र विश्वविद्यालयको अनुसन्धानमा तालमेल नहुनु, साहित्यका आम पाठकले प्राध्यापकीय समालोचनाका रूपमा विश्वविद्यालयका औपचारिक अध्ययनलाई होचीअर्घेली गर्नु वा नियमको भारीका रूपमा बुझ्नु, विदेशी सिद्धान्त र नियमहरूको पाठ्यवस्तु चयन गर्नु, भषामा नेपाली ध्वनिविज्ञान, नेपाली वर्ण व्याकरण, नेपाली वाक्य व्याकरण, शब्दानुशासन विद्यालय र विश्व विद्यालयमा ठिकसित पठनपाठन नगरिनु, अर्थ व्याकरणको अनुसन्धान बाँकी हुनुका साथै विश्वविद्यालय र विद्यालयमा नपढाइनु यसको समस्याको चुरो हो ।

हिजो भाषिक पहिचानमा नेपाली ‘राष्ट्रभाषा’ थियो । नेपाली भाषा व्यवहारमा समाज भाषा वैज्ञानिक परिभाषाअनुसारको ‘राष्ट्रभाषा’ नै रहे पनि वर्तमान संविधानले नै यसको विशेष दर्जा हटाएको आरोप नेपाली भाषावैज्ञानिकहरू चूडामणि बन्धु र माधव पोखरेलले लगाएका छन् । यो आरोप सही देखिन्छ । यसका विरुद्ध मुद्दा हाल्ने निकाय नपाएर नेपाली भाषाको मुहार निरीह देखिइरहेको छ ।

नेपाली भषा व्यकारणका क्षेत्रको मात्र कुरा गर्दा पनि केही पक्षमा मात्र अनुसन्धान भएको छ । भषा व्याकरणमा कारक, व्यतिरेकी अभिलक्षण आदिको मात्र अध्ययन केन्द्र देखिनु हामी खुम्चिनुको कारण हो । संज्ञानात्मक अर्थविज्ञान, नेपाली भाषाको सङ्कथन व्याकरणको अध्ययन अनुसन्धान, नेपाली भाषाको शैलीविज्ञानको अनुसन्धान तिनको पूर्वीय भाषिक पद्धतिसँग तुलना जस्ता पक्षहरू अधुरै अपुरै छन् । नेपाली भाषाको समाज भाषावैज्ञानिक अनुसन्धान,

नेपाली अभिलेखखीय भषाको अध्ययन, भाषिकाहरूको तुलनात्मक अध्ययन, व्यकारणका नयाँ सम्भावनाहरूको खोजी, भाषिक प्रस्तुतिका शैलीको नयाँ क्षितिजको खोजीमा हामी पछाडि परेका छौँ । विधागत, विषयगत, भाषिकागत, कृतिगत, स्रष्टागत, प्रवृत्तिगत कोशहरूको निर्माण हुन सकेको छैन । हामीले कतिपय अङ्ग्रेजी र हिन्दी प्राविधिक भाषिक साहित्यिक क्षेत्रका पारिभाषिक शब्दका नेपाली शब्द निर्माण र प्रयोग पनि गर्न सकेका छैनौँ । यी अनेक कारणले नेपाली भषा निरीह मुहारमा देखिइरहेको छ ।

नेपाली भषा साहित्य र समग्र वाङ्मयिक उन्नतिमा समस्याहरू देखिनुका कारण खोजी गर्दा एकातिर नेपाली भषा साहित्यको पठनपाठन र पाठ्यक्रम निर्माणमा गम्भीर अध्ययन र तिनको कार्यान्वयन हुन सकेको छैन भने अर्कातिर नेपाली भाषाको महत्त्व घटाउन नेपाल राष्ट्रका संयन्त्रहरू नै जानेर वा नजानेर लागिरहेका छन् । हिजो लोकसेवा आयोगले अनिवार्य नेपाली १०० अङ्कबाट घटाएर ५० अङ्कको बनायो र विस्तारै त्यसलाई छोडि नै दियो । तत्कालीन उच्चमाध्यमिक (हाल माध्यमिक) तहका कक्षा ११ र १२ मा पनि नेपाली विषयको पाठ्य भार घटाइएको छ । हिजो भाषिक पहिचानमा नेपाली ‘राष्ट्रभाषा’ थियो । नेपाली भाषा व्यवहारमा समाज भाषा वैज्ञानिक परिभाषाअनुसारको ‘राष्ट्रभाषा’ नै रहे पनि वर्तमान संविधानले नै यसको विशेष दर्जा हटाएको आरोप नेपाली भाषावैज्ञानिकहरू चूडामणि बन्धु र माधव पोखरेलले लगाएका छन् । यो आरोप सही देखिन्छ । यसका विरुद्ध मुद्दा हाल्ने निकाय नपाएर नेपाली भाषाको मुहार निरीह देखिइरहेको छ । नेपालका अरू मातृभाषाहरूलाई नाम मात्रको ‘राष्ट्रभाषा’ बनाइएको र नेपाली भषालाई अपमान गरिएको छ । यो पक्षलाई बेलैमा बुझ्न र सच्याउन सकिएन भने हामी विश्वलाई देखाउन मिल्ने साहित्य सिर्जना गर्न नसक्ने भषाका वक्ता बनेर गुज्रने सम्भावना छ ।

विश्वमा भषाको इतिहास हेर्ने हो भने रुसको उदाहरण लिन सकिन्छ । रुसी जार शाही हटाउन गरिएको सन् १९०५ को क्रान्ति कालमा पिटस्बर्ग (लेनिनग्राद) विश्व विश्वविद्यालयका प्राध्यापक बुदउँ द कुर्तने ( सन् १९०५) ले लेखेको पर्चा लेनिनले पढेका थिए । त्यो लेखका आधारमा रुसभरिका सबै मातृभाषा बराबर हुन् भन्ने उनको प्रस्तावलाई स्वीकार गरेर लेनिनले ‘सोभियत सङ्घका सबै मातृभाषा बराबर हुन्’ भन्ने मान्यता बनाए । लेलिनको त्यसै सूत्रका आधारमा सन् १९२० देखि सन् १९२४ सम्म सोभियत सङ्घका मातृभाषाहरूको भाषा योजना र शिक्षा योजना बनाएर कार्यान्वयन गरे । त्यसो गर्दा भाषिक रूपमा राष्ट्रियता कमजोर भयो । राष्ट्रियता कमजोर हुने देखेर स्टालिनकै पालादेखि अरू मातृभाषा भन्दा रुसी भाषाको स्थान विशेष र अनिवार्य बनाइयो । आजको विश्वमा रुसीहरूको भाषा साहित्य र संस्कृति प्रेम अबल मानिन्छ । एक पटक राष्ट्रभाषा भनिएका भषा राष्ट्रभाषा नमान्दा सोभियत सङ्घ टुक्रेर अनेक गणराज्य बने पनि ती सबै गणराज्यको पारस्परिक सम्पर्क भाषा आज पनि रुसी भाषा भएको छ । नेपालका अर्धबुज्रुक केही विद्वान्हरूले कुर्तने र लेनिनको त्यही नारा नेपालमा प्रचार गरिएको भए पनि स्तालिन र उनपछिका शासकहरूले रुसी भाषालाई सोभियत सङ्घको एकताको प्रतीकका रूपमा विकास गरे जस्तै हामीले त्यस यथार्थलाई बिर्सनु हुँदैन ।

विश्वविद्यालयहरूमा केही विषयमा नेपाली भाषामा पठनपाठन र परीक्षाको माध्यम बनाउन पाउने व्यवस्था भए पनि ती विषयमा परीक्षामा प्रश्न सोधिँदा अङ्ग्रेजी भाषामा मात्र सोध्ने परिपाटि बस्तै छ । यो परिपाटीलाई सच्याएर प्रश्नपत्रमा नेपाली रूपान्तर पनि अनिवार्य रूपमा राख्ने थिति बसाल्नेतर्फ कसैको ध्यान जान सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधिको मूल्याङ्कन फारममा संस्कृत र अङ्ग्रेजी माध्यममा मात्र भर्ने स्तम्भ दिइएको छ । त्यसमा नेपाली भाषामा पनि निर्देशन लेखिनुपर्ने व्यवस्था किन हुन सकेन ? त्रिभुवन विश्वविद्यालयको मानविकी सङ्कायमा अङ्ग्रेजी भाषामा मात्र लेखिएको मूल्याङ्कन फारमको नेपाली अनुवाद पनि हुनु आवश्यक छ । अनुसन्धाताले नेपालीमा गरेका अनुसन्धानलाई पनि स्वीकृति दिन आवश्यक छ । नेपालीलाई कमजोर बनाउने गरी अङ्ग्रेजीलाई महत्व दिनु हाम्रै भाषा संस्कृति र साहित्यमाथिको बन्चरो हनाइ भइरहेका तर्फ कसैको ध्यान जान सकेको छैन । नेपालभित्रका बोर्डिङ इस्कुलहरूमा नेपाली बोल्यो भने विद्यार्थी र शिक्षकले दण्डित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । नेपाली भषा अध्यापन गर्ने शिक्षकले पनि अंग्रेजी बोल्नु पर्ने अवस्था सिर्जना गरिएको छ । नेपालभित्रै नेपाली बोल्दा दण्डित हुने विद्यार्थी र नेपाली शिक्षकले गर्व गर्ने मुलुक अर्को कुन र कहाँ हुन सक्छ ? अङ्ग्रेजी बोल्न जान्ने नेपालीहरू अङ्ग्रेजी बोल्दा नेपालीहरू बिचबिचमा नेपाली शब्द मिसाउँदैनन् तर नेपाली बोल्दा बिचबिचमा अङ्ग्रेजी नमिसाई बोल्नै नजान्ने जस्तो भइसकेको छ । भर्खर तेस्रो पुस्ता शिक्षित बन्दै गरेको, अङ्ग्रेजी बुझ्ने मान्छे अत्यन्त कम भएको नेपालमा कसका लागि सूचना पाटीहरूमा अङ्ग्रेजी मात्र लेख्ने परिपाटी कसले बसायो ?

नेपालका विद्यालयहरूको नाम स्वीकृति दिँदा नेपालीमा लेख्ता पढाइको स्तर घट्छ जस्तो गरी अङ्ग्रेजी नामको स्वीकृति कसले दियो ? अङ्ग्रेजीमा लेख्ता, नाउँको अगाडि ‘इन्टर्नेस्नल’ लेख्ता विद्यालयको स्तर बढ्ने हो र ? कसका सजिला र स्वार्थ पूर्तिका लागि नेपालका सवारी साधनमा नेपालीका अङ्क र अक्षरहरू हटाउने योजनाहरू बने ? संघसंस्थाका नाम कसका सजिलाका लागि अङ्ग्रेजीमा राखिए ? प्रश्नहरू धेरै छन् ।

नेपालमा भएका जनगणनाहरूमा किन यस भाषाको प्रतिसत घटाउने प्रयास भइरहेको छ ? यी नेपाली भाषालाई निरीह बनाउने खेलहरू चिन्न र सुध्रिन आवश्यक छ ।

कुनै मुलुकको विकासमा त्यसको भषा संस्कृति र सभ्यताका आफ्नै मानक हुन्छन् । हामीले अङ्ग्रेजीलाई जति लगानी गरेर ठुलो कुरा बनाए पनि नेपाली भाषाकै सम्प्रेषण सामथ्र्यले मात्र हामीलाई माथि उठाउन सक्छ । विश्वभषाको ज्ञान हुनु पर्ने आवश्यकता छ तर आफ्नो पन नै विर्सिएर अरू भषाको अनुशरण देश र समाजका लागि पटक्कै दूरगामी सोचाइ बनिरहन सकेको छैन । उल्टो अन्योल र अस्पष्टता बढिरहेको छ । नेपालमा अङ्ग्रेजीमा साइनबोर्ड किन राखिन्छ ? एन जिओहरू र आइएनजिओहरूका नाम किन नेपाली भषामा राखिँदैनन् ? पार्टी भ्रातृृसंगठनका नाम किन अंग्रेजी सिकोबाट बन्छन् । समाचारका भषाहरू किन आयातित भषामुखी बनिरहेका छन् ? नेपालमा भएका जनगणनाहरूमा किन यस भाषाको प्रतिसत घटाउने प्रयास भइरहेको छ ? यी नेपाली भाषालाई निरीह बनाउने खेलहरू चिन्न र सुध्रिन आवश्यक छ ।

देशको जनगणनामा विदेशीहरूको चलखेल बढ्नु कुनै मुलुकको अन्त्यको सुरुवात हो । यो अवस्थाका उदाहरण अनेक देशबाट जुटाउन सकिन्छ । नेपालको अवस्थालाई जनगणनाका दृष्टिले मात्र हेर्दा यहाँको भषा, धर्मसंस्कृति आदिमा चलखेल भएको देखिन्छ । ऐतिहासिक दृष्टिले पञ्चायती व्यवस्था (२०३८ साल) को जन गणनामा नेपाली भाषा मातृभाषा हुनेहरूको सङ्ख्या झन्डै ५८.५ पुगेको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि लिएका जन गणनाहरूमा नेपाली भाषा मातृभाषा हुनेहरूको सङ्ख्या क्रमशः घट्तै गए र अहिले ४४.५ पुगेको अनि अर्कातिर केही मातृभाषाका वक्ताहरूको सङ्ख्या क्रमशः बढ्दै गएको देखिन्छ । वास्तविक रूपमा हेर्ने हो भने मातृभाषाको सङ्ख्या जन गणनामा बढी रहेको देखिने मातृभाषा बोलिने मूल ठाउँमै पुग्दा पनि अहिले धेरैजसो नेपाली भाषाकै प्रयोग भएको भेटिन्छ । यो गम्भीर यथार्थ किन छिपाइँदैछ ? जनगणनामा तथ्याङ्कलाई मिथ्याङ्क बनाउने राजनीतिलाई क्रियाशील हुन कसरी कसले सघाइरहेको छ ? यसले राष्ट्रियतामाथि कस्तो प्रश्न उठाउँछ ? नेपाली भषाका भाषिकाहरू छुट्टै मातृभाषाका रूपमा स्थापित हुनुका पछाडिको कारण के हो ? पहिले नेपालीका भाषिका भनेर चिनिएका मातृभाषाहरू अहिले छुट्टै भाषाका रूपमा स्थापित छन् भन्न खोजिनुको कारण के ? नेपाली भषाका जुम्ली, अछामी, बैतडेली, बझाङी डँडेल्धुरेली आदि भषाका विषयमा त पिएचडी तहको अनुसन्धान पनि भइसकेको छ । डा० हर्क बहादुर शाहीले ‘वर्डसर्फ’ का आधारमा अछामीलाई छुट्टै भाषा सिद्ध गरेका छन् भने, डा० यज्ञेश्वर निरौलाले पारस्परिक बोधगम्यताका आधारमा जनगणनाले बेग्ला बेग्लै मातृभाषाका रूपमा गणना गरेका र पिएचडी तह सम्मको अनुसन्धान भइसकेका मातृभाषाहरूलाई पनि नेपाली भाषाकै भाषिका सिद्ध गरेका छन् । भाषा र भाषिका छुट्ट्याउने भाषावैज्ञानिक आधार भए पनि समाज भाषाविज्ञानअनुसार राजनीतिक आधार नै बलियो बन्नु नेपाली भषाको यथार्थ अवस्था जानकारीमा अवरोध बनिरहेको छ । यसले नेपाली भषाको मुहार मलिन बनाइरहेको छ ।

नेपाली भषालाई कमजोर, कमप्रयोक्ताको भषा, शिक्षाका लागि कमजोर भषा, वाङ्मय र साहित्यका दृष्टिले कमजोर भषा बनाउन नेपाली अनुहारका केही विदेशी एजेन्टहरू लागेका छन् कि जस्तो देखिन्छ । यो बुझिनसक्नुको विस्तारवादी नीति हो । भारतका र विश्वका अन्य मुलुकका पनि विभिन्न गणराज्यमध्ये आफ्नो मूल भषा रक्षा गर्न नसकेका गणराज्यका नागरिक सम्बन्धित मुलुकमा र विश्वमै पछौटे भएका अनेक उदाहरणहरू छन् । हामी त्यस उदाहरणका अग्रगन्य नागरिक बन्न सक्ने सम्भावना बढ्दो छ । यसतर्फ सचेत रहेर भषाको सही स्थान निर्धारण, प्रयोग, अभ्यास, अनुसन्धान, अध्ययन, अध्यापन र प्रयोग हुन आवश्यक छ । भाषिक वाङ्मयिक सामग्रीहरूको प्रकाशन, प्रचार प्रसार र अनुवादका माध्यमबाट विश्वव्यापी बनाउन पनि त्यत्तिकै आवश्यक छ । राष्ट्रको भाषा, संस्कृति र साहित्य राष्ट्रिय पहिचान हुन् । यिनलाई केही सीमित व्यक्तिको स्वार्थअनुरूप मोडेर कमजोर बनाउने पक्षप्रति सबै सचेत हुनुपर्छ ।

-सम्पादक

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 242
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.