SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो
सम्पादकीय

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

Sahitya SagarBy Sahitya SagarDecember 26, 2023No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

आजको युवा पुस्ताको निराशापूर्ण मनोविज्ञान निकै घातक छ । पढ्दै गरेका उत्तर किशोरवयका किशोर किशोरी पनि निराश देखिन्छन् । पढ्दै गरेका र जागिर खान थालेका प्रथम युवावयका युवा र उत्तरवयका युवा पनि निराश नै छन् । उनीहरू नपत्याउँदो गरी विकसित एउटा अनौठो विरक्तिका साथ बाँचिरहेका छन् । त्यसको कारण के होला भनेर सञ्चारमाध्यम र नीति निर्माताहरूले सोच्ने बेला भएको छ । कला सर्जकहरूले पनि सोच्ने बेला भएको छ । सूक्ष्म दृष्टिले हेर्दा आजको विश्वसाहित्य र चलचित्र उद्योग वर्गीय चरित्र र मनोविज्ञानका चरित्र उद्घाटनमा लागेको छ । अबको साहित्य र कलाले यस मनोविज्ञानलाई समेट्न ढिला गर्नु हुँदैन ।

आज विकसित युवा पुस्ताको निराशालाई चिर्ने साहित्य र कलाको अभाव भए जस्तो लाग्छ । स्वदेशबाट हेर्दा खुसी जस्तो देखिए पनि विदेश गएका युवा पनि वास्तवमै खुसी छैनन् । उनीहरू आआफ्नै समस्यामा छन् । उनीहरू त्यहाँको सरकारले नजानिँदो गरी आप्रवासीको कमाई त्यहीँ राख्ने रणनीतिको सिकार बनिरहेका छन् । सवारी, घर, आधुनिक विलासिताका साधनमा वर्षौं वर्ष तिरिनसकिने बैँकका किस्ता बुझाइरहेका छन् । स्वदेशमै पनि बैङ्किङ क्षेत्रमा र अन्यत्र जागिरे जीवन बिताइरहेका नेपाली युवाको दशा त्यस्तै छ । उनीहरूका कमाइबाट कुनै बैँक, लघुवित्त वा सहकारीहरू धनी बनिरहेका छन् । सजिलै आय आर्जन हुने कृषि कर्मबाट प्रायः युवा पुस्ता भागिरहेका छन् । उनीहरू परम्परित पेसाबाट प्रायः भागिरहेका र लखेटिइरहेका पनि छन् । पण्डितका सन्तान पण्डित बन्न मानिरहेका छैनन्, वकिलका सन्तान वकिल बनिरहेका छैनन्, शिक्षक प्राध्यापकका सन्तान शिक्षाक्षेत्रबाटै भागिरहेका छन् । डाक्टर इन्जिनियरका सन्तान विज्ञान विषयबाटै भागिरहेका छन् । सूचीकार, ताम्राकार, सुनुवार, लोहार सबैले आफ्ना पेसा परिवर्तन गरिरहेका छन् । थकाली समुदायका लागि भान्सा परको विषय बन्दैछ । अर्कै समुदायले थकाली भान्सा चलाइरहेका छन् । नेपाली समाजका जुनसुकै क्षेत्रका युवा स्वदेशमा ठूलो काम पनि गर्न लाज मानिरहेका र विदेश गएर जुनसुकै काम गरिरहेका छन् । सबै युवाहरू के हो के हो, कस्तो हो कस्तो खुसी खोजेर भौतारिइरहेका छन् । यसलाई साहित्य कला र संस्कृतिका माध्यमबाट कसरी चिर्न सकिन्छ ? आजको बहसमा समेटिनु पर्ने विषय पनि यो विषय बनिरहेको छ र त्यस मनोविज्ञानलाई चिर्ने सिर्जनाको खाँचो पनि देखिँदैछ ।

आजको समस्या हाम्रो समाजले निर्माण गरेको स्वनिर्मित समस्या होइन । यो विश्व परिवेशसँग सञ्चार माध्यमबाट एकैचोटि ठोकिन पुगेको युवा पुस्ता भएकाले त्यसैबाट विकास भएको समस्या हो । यस समस्याबाट युवा पुस्तालाई बाहिर ल्याउन परम्परित शिक्षाप्रणाली र पद्धतिहरूबाट प्रायः सम्भव नै छ । प्राचीन योग ध्यानप्रति पनि युवा पुस्ताको विश्वास जगाउन सकिएको छैन । विश्वास जगाउन सिकाए पनि ती क्षेत्रमा लागिरहने धैर्य निर्माण गर्न कठिन छ । सबैले एकोहोरो अघिल्लो पुस्ताको भन्दा तीन चार गुणा र समकालीन साथीहरूभन्दा दुई गुणा खुसी खोजेका छन् । उनीहरूले वरिपरिभन्दा पनि खुसी पर हुन्छ भन्ने बुझेका छन् । त्यो पर सबै अँध्यारो छ । त्यो परको अँध्यरोपनले युवा पुस्ताको भविष्य अन्धकारतिर धकेलिरहेको छ । खुसी आफैले निर्माण गर्ने र आफैभित्रबाट विकास हुने मनोविज्ञान हो भन्ने कुरा नबुझ्नाले त्यो अन्धकार झन् गहिरिँदो छ । त्यस्तो अन्धकारबाट युवा पुस्ता बाहिर ल्याउन र उनीहरू पनि आउन कठिन बनिरहेको छ ।

युवा उमेर योग्यता, रहर र खुसी खोज्ने उमेर हो । हाम्रो अघिल्लो पुस्ताले पनि युवा उमेरमै खुसी खोजेर हिँडेको यथार्थ हो । यस अर्थमा युवामा जागृत नवयोग्यता र नव खुसीको लहर स्वागतयोग्य छ तर एकैचोटि केही पनि मिल्दैन । यसका लागि नेपाली समाजसापेक्ष उदाहरण खोज्दा कृषि परम्परासँग संबद्ध उदाहरण लिन सकिन्छ । असारमा रोपेको धान मलपानी र गोडमेलपछि मङ्सिरमा मात्रै पाक्छ । मङ्सिरमा छरेको तोरी फागुन चैतमा मात्र पाक्छ । फागुन चैतमा छरेको मकै असारमा मात्र पाक्छ । हाम्रो परम्परित कृषि प्रणालीमा यी तीन बाली पाक्नु ठुलो कुरा मानिन्छ । यो प्रकृतिसापेक्ष बाली लगाउने वैज्ञानिक नियम हो । यसरी तीन बाली लगाउन नजान्नेका खेतबारी एकै बालीले वर्ष काट्छन् । यस्तो बालीका लागि पनि हावापानी उपयुक्त हुनुपर्छ । यो नियमभन्दा छिटो पकाउने बैज्ञानिक विधि पनि छन् तर त्यसका लागि कृत्रिम वातावरण सिर्जना गर्नुपर्छ । कृत्रिम वातावरणमा बाली प्राकृतिक रूपमा जस्तो नहुर्कन पनि सक्छ । हुर्किइहाले पनि त्यसको सुरक्षा कठिन हुन्छ । आजको युवाहरूको सपना र चाहना कृत्रिम बाली जसरी नै अलमलिएको छ ।

आजका युवा सबैलाई एकैचोटि छिटोभन्दा छिटो परिणाम चाहिएको छ । छिटो धनी बन्नु छ । छिटो प्रतिष्ठित बन्नु छ । टिकटकमै किन नहोस् छिटो सेलिब्रेटी बन्नु छ । आफ्नो उन्नति छिटोभन्दा छिटो देखाउनु छ । इन्टरनेट क्लिक गरे जस्तै जीवनमा हरेक वस्तुलाई क्लिक गरेर परिवर्तन गर्नु, हुनु छ । छिन छिनमा सफलताका तस्बिर फेसबुकमा पोस्ट गरिसक्नुपर्छ । यो स्वप्नदृष्टिअनुसारको परिवर्तन हुन्छ पनि । तर क्लिक जतिकै छिटो सम्भव छैन । परिवर्तन र विकास ढिलो चाँडो हुन्छ तर त्यसका लागि शिक्षा चेतनाको अभाव छ । युवा पुस्ताका शिक्षा एकातिर, शिल्प एकातिर र सपना अर्कातिर छन् । कतिपय व्यवसायीले पढेर काम छैन कमाए भइहाल्छ भन्ने भ्रम पाल्न र छर्न पनि भ्याएका छन् । कतिपय शिक्षितले पनि पढेर पढेको जस्तो जीवन नबाँचेर समाजलाई गलत पाठ सिकाइरहेका छन् । त्यसैले व्यापार व्यवसाय पनि अस्थिर छ । शिक्षा चेतना पनि अस्थिर छ । व्यापारमा हेर्‍यो  छ महिना सटर कुर्ने धैर्य छैन । जागिरमा हेर्‍यो दशैँ बोनस आउने गरी एकै ठाउँमा काम गर्ने धैर्य छैन । व्यवसाय थाल्नेले थालेको छ महिना नपुग्दै बिचमा किनबेच चलाउँछ । यो रोग राजनीति र सामाजिक कामतिर पनि सरिसकेको छ । एउटा केही गरौँ भन्ने युवा दलबल परिवर्तन गरेर आफूलाई स्थापित गर्न लागिरहेको छ र सबैतिरबाट विश्वास गुमाइरहेको छ । यो अस्थिर स्वभावले आजको युवा पुस्तालाई दुर्घटित बनाइरहेको छ ।

वास्तवमा इन्टरनेटको क्लिक जस्तो उन्नति कहीँ कतै छैन । जागिरमा कमाइको सीमा हुन्छ , व्यापारमा नाफा घाटा दुवैको सम्भावना हुन्छ, उद्योगधन्दामा डुबिने उक्सिने दुवै सम्भावना बराबर हुन्छ । राजनीति र समाजसेवामा पनि त्यागको मूल्य र सीमा हुन्छ । यही सीमा बुझाइदिने शिक्षा, व्यवहारिक ज्ञान, सङ्गत आदि केही नहुँदा आजको युवा पुस्ता दुःखी र निरास मात्र होइन मानसिक रोगको सिकार बनिरहेको छ । आफूले सक्ने योगदान पनि आफ्ना ठाउँमा बसेर गर्न सकिरहेको छैन । अबको नीति निर्माण त यसतर्फ सचेत हुनुपर्छ नै साहित्य र कला सिर्जना पनि यस्तो डरलाग्दो अस्थिर चरित्र र निराशालाई चिर्ने गरी सिर्जना हुन आवश्यक छ ।

खुसी, सफलता र प्रतिष्ठा आदि अलि अलि गर्दै आर्जन गर्ने कुरा हुन् । यी पक्ष एकैचोटि प्राप्त हुँदैनन् भन्ने कुरा हाम्रो लोक समाजमा पनि छ । भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन भन्ने उखानले देखाउँछ । ओरालो लडेको ढुङ्गो पनि बास पाउँछ भन्ने कुराले देखाउँछ । गणितीय दृष्टिले रूपैयाँ रूपैयाँबाट हजार, हजार हजारबाट लाख र लाख लाखबाट करोड हुने हो । झट्ट हेर्दा करोडका अगाडि रूपैयाँ केही होइन जस्तो लाग्छ तर एक रूपैयाँ कम भयो भने त्यसलाई करोड मानिँदैन । सफलताका लागि शिक्षा, शिल्प, पेसा, व्यवसाय, सरसम्बन्ध, प्रतिष्ठा आदिले रूपैयाँ रूपैयाँको काम गरिरहेका हुन्छन् । एकैचोटि ठूलो कुरा प्राप्त हुँदैन तर ससाना कुराको प्राप्तिलाई स्वीकार गर्दै गए ठूला प्राप्ति पनि हुन्छन् । यो वैज्ञानिक सूत्र र मनोविज्ञानलाई कला सिर्जनाले आफ्नो विषय बनाउन सके युवा पुस्ताका निराशा चिर्न सकिन्छ ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 752
editorial
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

अभिप्रेरक पात्र मोतीराम भट्ट

October 21, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.