अमिरा अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा ‘सहरमा यो रहर’ गजल समेटिएको छ । यस गजल रचनाले जीवन बोधलाई समेटेको छ ।
-सम्पा. |
रहरसँग यो रहर जोडियो
अनि यो जिन्दगीको बाटो मोडियो
सोचेको जस्तो कहाँ पुग्छ र सबै ?
थाहा छैन कति सपना तोडियो
जीवन यो घाम पानी जस्तै रैछ
कहीं दोस्ती, कहीं दुस्मनी गोडीयो
जीन्दगी त तब सुन्दर देखियो
जब पाउनु र गुम्नुको हिसाब छोडियो