खगेन्द्र दाहालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा गजल रचना समेटिएको छ । यस रचनाले व्यङ्ग्यात्मक शैलीमा समकालीन समाजका मानिसका समस्या उजागर गरेको छ ।
-सम्पा. |
विष पिउने बानी पर्यो, पानी पिउन छाडेँ
उध्रिएका लुगा लाउँछु, लुगा सिउन छाडेँ
जतै चोट लागेको छ, मलम लाउन छोडेँ
रूनुमा नै मजा लाग्छ, हाँसी जिउन छाडेँ
धुलो नाली फोहोरमा, म हुर्केको यहाँ
थोत्रो घर बेस लाग्छ, भित्तो लिउन छाडेँ
भोक लाग्दा ढुङ्गो माटो, गिट्ठो खाइदिन्छु
आजभोलि भात खाँदा, खान तिउन छाडेँ ।
रतुवामाई -६, सौँठा, मोरङ
हाल – विद्याधिश्वरी मा. वि.
वागमती -६, आश्राङ, ललितपुर ।