हरिहर खनाल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम सिर्जना, समीक्षा, अनुवाद जस्ता विविध क्षेत्रमा चलिरहेको छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा ‘शनिबारको एक साँझ’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथामा वैड्किड् कर्मचारीका समस्या र विषय एवम् घरमा कोठा खालीभएका बेलाका घरपेटीको मनस्थितिलाई विषय र विम्ब बनाई सबैको आआफ्नो स्वार्थ हुने पक्ष उद्घाटन गरिएको छ ।
-सम्पा. |
शनिबारको एक शान्त साँझ, सुबोध बरण्डामा बसेर पुस्तकका पानामा डुबिरहेको थियो । टेलिफोनको घण्टीले त्यसको ध्यान खलबल्याइदियो । उसले रिसिभर उठायो ।
“नमस्कार है सर । म भूपेन्द्र ।” उताबाट आवाज आयो ।
“भन्नोस् के सेवा गरूँ रु”
“एकछिन भेट्न समय पाइन्छ कि भनेर सर । हाम्रो म्यानेजर साहेब सरसित परिचय गर्न चाहनुहुन्छ ।”
“हुन्छ, आउनोस् न ।” सुबोधले भन्यो ।
यिनीहरू कतै घर खोज्न आएका त होइनन् रु छ महिनादेखि खाली रहेको फ्ल्याटले भूपेन्द्रको मनमा यस्तो प्रश्न उब्जाइदियो ।
केही बेरपछि घरअगाडि रातो जिप्सी भ्यान आएर रोकियो, दुईजना युवक त्यसबाट तल झरे र उसलाई नमस्कार गरे । हात मिलाउँदा ती दुवैले आआफ्ना नाम पनि भने ।
सुबोधले ढोका उघारीवरि कोठाबारे बेलीबिस्तार लगाउँदा समेत भूपेन्द्र र विनोदले त्यसबारे खासै चासो नदेखाएपछि सुबोधले हल्का असजिलो महसुस गर्यो ।
“मैले तपाईहरूलाई बस्न पनि नदिएर कोठा देखाउन लगेँ ।” यसो भन्दा सुबोधको ध्यान तेस्रो व्यक्तिमाथि थियो ।
“यसअघि हाम्रो भेट भएको थियो कि थिएन कुन्नि रु” बैठकमा बसेपछि वार्ताको सुरुआत सुबोधले नै गर्यो ।
“यस्तै छ महिना अगाडितिर एक पटक म सरको अफिसमा पुगेको थिएँ । सरसित त्यै समयमा भेट भएको थियो ।” विनोदले भन्यो ।
“ए।।।” सुबोधले टाउको हल्लायो ।
“सरले हामीलाई मदत गर्नुपर्यो ।” विनोदले आग्रहको स्वरमा भन्यो ।
“के सेवा गरुँ रु” सुबोधले जिज्ञासा राख्यो ।
“सरका स्टाफहरूको तलबी खाता हाम्रो बैंकमा खोलिदिनु पर्यो । हामी राम्रो सुविधा दिएर सेवा गर्न तयार र्छौँ ।” विनोदले संझाउन खोज्यो । सुबोधले बल्ल कुरो बुझ्यो ।
एकछिनको भलाकुसारीपछि तिनीहरू सुबोधसित बिदा मागेर उठे ।