SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » गुड फ्राइडे
आख्यान

गुड फ्राइडे

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
मन्दिरा मधुश्रीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी समकालीन पुस्ताकी उल्लेख्य आख्यानकार हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘गुड फ्राइडे’ शीर्षकको कथा समेटिएको छ । यस कथाले बालबालिकाको जिद्दीपन र त्यमा छिपेर रहेका अभिभावकका समस्या र बाध्यतालाई समेटिएको छ । त्यस समस्यालाई पनि नारी केन्द्रित रूपमा निकै जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

-सम्पा.

“मामु आज कुन डे ?” स्कुलको गेटबाट निस्केर बाटो लाग्ने बित्तिकै सानो छोरोले सोध्यो ।

“आज फ्राइडे…।” मैले छोराको अर्थपूर्ण प्रश्नको कुनै ध्यान नराखि जवाफ दिएँ ।

“आज त….।” वाक्य पुरा नगरी मेरो मुखमा हेर्दै लजाएर हाँस्दै भन्यो बाबुले ।

“आज के..?” मैले पनि बाँकी वाक्य पूरा गर्न खाली ठाउँ राखिदिएँ ।

“आज त गुड फ्राइडे…।” सँगै हिँडिरहेकी छोरीले पनि थपी ।

“अनि के भो त …?” मैले आशय बुझिसके तापनि नबुझेको झैँ गरेर सोधेँ ।

“आज त मजाको दिन….। आज त मम खाने दिन …।” दुवैले एकैचोटि आ–आफ्नो प्रकारले खुसी व्यक्त गरे उफ्रँदै ।

“ह्या..अस्ति त खाको नि..।” मैले टार्न खोजेँ ।

“अस्ति हो रे..? वान विक भइसक्यो …। लास्ट फ्राइडे खाको हैन…?” दुवैको विद्रोही स्वर आयो ।

“अनि त ! अस्ति त हो नि..।” म झन् टार्न खोज्छु ।

“अँ…! झुट नबोलिस्यो है..। यस्टर्डे भन्दा अघिल्लो दिन पो हो त अस्ति भनेको त ..। सेभेन डेज भइसक्यो । आज त मम खानै पर्छ के …।” छोरीले आफूले जानेको कुरा अर्थ्याउँदै दृढ देखिई ।

“अँ…! आज त खानै पर्छ मम ।” छोरोले पनि दिदी चाहिँको भनाई फोटोकपी गरेर स्वर खाप्यो ।

घर आइपुग्ने बेलासम्म पनि हामी आमा, छोरी र छोराको बीचमा दोहोरी चलिरह्यो । दुवैले मेरो हात पक्डेर झुण्डिन थाले । बाटो काटेर घरतिर अघि बढ्न नै दिएनन् मलाई । मैले ‘हुन्छ’ नभनुन्जेलसम्म ।

केटाकेटीको अगाडि लाचार भएँ म । आफू अडानमा बस्नै सकिन । बिस्तारै खुकुलिँदै गएँ र हारेँ अन्त्यमा । मेरो स्वीकृति पछि उनीहरूको विजयोत्सव भयो । दङ्गदास पर्दै दुवै नारा लगाउँदै उफ्रन थाले ।

“हे, हे आज मम खाने…। हुर्रे….।” उनीहरूको खुसीमा म पनि सलल बगेँ । खुसी खोज्न टाढा जानै पर्दाेरहेनछ । न त लाखौँ रुपैञा चुक्ता गर्नुपर्ने नै …।

एक हप्तासम्मको खाजालाई उनीहरूले रोलक्रममा राखेका छन् । उनीहरूलाई सबैभन्दा मनपर्नेदेखि मन नपर्ने वा करले खानेसम्म ।

हिजोको खाजा आज दोहोरिनु हुन्न उनीहरूलाई । आइतबार दही चिउरा…। सोमबार चटपटे । मंगलबार पुरी तरकारी । बुधबार पास्ता । बिहिबार चाम्रे । शुक्रबार मम । सनिबार हलुवा ।

शुक्रबार बनाएर होस् वा किनेर होस् म:म: हुनुपर्ने उनीहरूको माग थियो ।

हार स्वीकार गरेर म उनीहरूको पछि–पछि लागेँ । उनीहरूले एक एक ओटा हात समाएर म:म: पसलतिर लगे मलाई ।

“कुन म:म: दिउँ ?” पसलेले सोध्यो ।

“कुन म:म खाने मामु ?” छोरीले सोधी ।

“भेज नि अरू कुन र ..?” मैले भनेँ ।

“हैन, हैन । भेज त घरमा नै बनाएर खाइहालिन्छ नि..। चिकेन खाने नि…। कति मीठो हुन्छ ।” उसले स्वाद रोजी ।

“भेज नै राम्रो हो नानी ।” धेरै कुरा सोच्दै म भन्छु ।

“अँ, चिकेन कति मीठो हुन्छ ।” ऊ जिब्रोले ओठ चाट्छे ।

“हुँदैन, हुँदन । छ्या चिकेनमा त राम्रो मासु हाल्दैनन् छोरी । छाला र आन्द्रा मात्रै हाल्छन् के त्यस्तो पनि के खानु ।”

म भरसक उसको चिकन म:म:को मोह मोड्न खोज्छु । किनकी चिकेन म:म: एक प्लेट आउने ठाउँमा भेज म:म: दुई प्लेट आउँछ । म यसरी जोड्छु हिसाब । उनीहरूले म:म: पनि खान पाउन् एक एक प्लेट नै अनि थोरै पैसामा पनि ।

हिसाब सजिलै थियो मेरो । चिकेन म:म:का थुप्रै मन गडन्ते र नकारात्मक पक्षहरू देखाएर छोरीको मोह मोड्न खोज्छु र सफल पनि हुन्छु । ऊ राजी देखिन्छे र भन्छे, “त्यसो हो भने त भेज म:म: नै खाउँ न त है मामु …।”

म दंग पर्छु एक प्लेटको पैसा याने कि १०० बचाउन सफल भएकोमा ।

“दुई प्लेट भेज म:म: प्याक गरिदिनुस् न साहुजी..।” म काउन्टरमा गएर अर्डर गर्छु ।

“दश मिनेट पर्खनुस है” पसले अनुरोध गर्छ ।

“मामु किन दुई प्लेट मात्र ? हजूर खाइसिन्न ?” छोरी जिज्ञाशा पोख्छे मलाई ।

“मनभरि म:म: खाने तिर्सना भएपनि म मन मार्दै भन्छु, “नखाने..।”

“किन नि ..?” विश्वास गर्दिन छोरी ।

“तिमीहरूकोबाट दुईटा–दुईटा खाउँला, पुगिहाल्छ नि…।” म उपाय बताउँछु ।

दिदी भाई नै एक मुख लाग्छन्, “हुँदैन । नाइँ । हामी त हाम्रो भाग नदिने …। हजूर आफूलाई अर्कै लिइस्यो के ..।”

म आफ्नो लागि एक प्लेट म:म:को मुल्य अरू धेरै वस्तुसँग रुपान्तरण गर्छु मनमनै । तीन पोका दूध । एक धार्नी आलु । आधा लिटर तेल । डेड किलो चिनी । चार डल्ला साबुन यस्तै मध्ये कुनै एक वस्तु आउँछ मेरो भागको एक प्लेट म:म:को मूल्य बराबर । मैले एक प्लेट मममा खर्च गर्नु भनेको अलिक दिन पुग्ने यी कुनै पनि सामग्री मध्ये एक सजिलै आउँछ ।

मनमा द्वन्द्व मच्चिन्छ । एकातिर म:म: खाने तिर्सना अर्कोतिर आवश्यक सामानको प्राप्यता । अन्तमा तिर्सनाले नै जित्यो मलाई । गह्रौँ मन पारेर म:म:को अर्को एक एक प्लेट पनि अर्डर थपेँ । छोराछोरी दंग परे । आफ्नो भागको म:म: सम्पूर्ण रूपमा सुरक्षित हुने विश्वासले ।

मन दोमन हुँदै तीन प्लेट म:म: लिएर घर आएँ । “मैले आफूलाई चाहिँ नल्याएर केटाकेटीहरूलाई मात्र ल्याइदिएको भए पनि त हुने थियो । नभए घरमै सामान ल्याएर पकाइदिएको भए पनि सबै परिवारलाई अघाउन्जेल हुन्थ्यो । यत्रो पैसा पनि लाग्दैनथ्यो ।” यस्तै के के तर्कना तँछाड मछाड गरिरहे ।

प्लेटमा खन्याएको म:म: सँगै छोराछोरीको उन्मुक्त खुसी छरियो । उनीहरूको ‘गुड फ्राइडे’ गुड र सन्तुष्टी पूर्ण भएको थियो ।

आफ्नो भाग म:म: प्लेटमा हाल्ने बित्तिकै उनको याद झुलुक्क भयो ।मन अमिलो भयो ।

“के एक्लै खानु…! सबैजना परिवार सँगै बसेर खान पाए पो मजा त …। उनले खाजा पनि खाएका हुन कि हैनन् ? म एक्लै कसरी खाउँ ?”

एक्लै आफू मात्रै खान पटक्कै मन मान्दैन । अन्त्यमा आफ्नो भागको आधा छुट्याएर हटकेसमा राखिदिएँ । यदि सेलायो नै भने पनि फ्राइ गरिदिने प्रतिबद्धता गर्यो मनले ।

एक्लै आफूले मात्र खाएकोले मन रमाउन सकेको थिएन, उनको भाग छुट्याएर राखे तापनि । आधा प्लेट वा पाँच वोटा म:म: । मात्र पाँच गाँस त हो । गाँसै पिच्छे उनको याद वा माया बल्झिरह्यो । एक्लै आफूले मात्र खानु परेकोमा म:म: भन्दा पनि पश्चाताप बढी चबाइरहेँ ।

झमक्क साँझ परेपछि उनको बाइकको आवाज आयो । हात खुट्टा धोएर भित्र पस्दा मैले पानी र म:म: फ्राइ गरेर टेबलमा राखिदिई सकेकी थिएँ ।

“भोक लागेको होला….। दिनभर कति कुद्नु छ, खाजा खाने समय पनि पाएको हो कि हैन..!” दायित्व भन्दा बढी आत्मीयता पस्किएँ । “आज केटा केटाकेटीले `गुड फ्राइडे´ भनेर म:म: खान हत्ते गरे । त्यही भएर…. अर्को एक प्लेट पनि ल्याएँ । आधा मैले खाएँ आाधा तपाइँलाई राखिदिएको….।”

उनको अनुहार पढ्दै भनेँ बिस्तारै ।

किन हो, त्यति खुसी देखिएनन् उनी । मेरो उत्साह स्याप्पै सेलायो ।

“सन्चो नभएको पो हो कि?” आशंका गर्यो मनले ।

“किन के भो र …?” बिस्तारै सोधेँ म:म:मा हात न पुर्याएको देखेर ।

“हैन !आज भर्खरै खाजा खाको थेँ । साथीहरूले “गुड फ्राइडे” भने । त्यही भएर यसो हल्का खाजा खाइयो…।” अल्छी पाराले सुनाए उनले ।

“ए….।”

अरू मनमा धेरै जिज्ञाशा भए पनि यसभन्दा बढि निस्केन मेरो मुखबाट । छोराछोरी आफूले पाएको खुसी सुनाउन अघि नै उनको वरिपरि झुम्मिसकेका थिए टेबलमा राखेको मममा आँखा गाडेर ।

“ बाबा ! हामीले त खाइसक्यौँ म:म: । वा ! क्या मीठो छ । हजुरलाई पनि राखिदिएको छ मामुले । खाइस्यो न ।” बाबुले भन्यो ।

“फेमिलीसँगै बसेर खान पाएको भए झन् कति मज्जा हुन्थ्यो । खाइस्यो न बाबा ! कति टेष्टि छ ! यमी….।” छोरीले पनि मुख मिठ्याउदै के के भनी के के …।”

छोराछोरीको सिफारिस पछि भने बल्ल मन नलागि नलागि उनले एउटा म:म: हातले टिपेर मुखमा लगे ।

“ यति जाबो पनि के राखेको होला ! सबै खाको भए त भै हाल्थ्यो नि । बेकार केको चेब्राइँ पारिराख्नु परेको होला ….!” बर्बराए उनले विरक्तिलो पाराले ।

सल्याक सुलुक भयो मेरो मन । मेरो समर्पण र मायालाई चेब्रयाइँमा पो मुल्याङ्कन गरे उनले त। आफूले नि कहिलेकाहीँ यस्तै चेब्रयाइँ मलाई देखाएको भए कस्तो हुँदो हो” मन कल्पियो ।

भोलिपल्ट लुगा धुन उनको पाइन्ट निकालेँ । पाइन्टको खल्तीमा रातो रङको बिल भेटेँ । खोलेर हेरेँ । कुनै क्याफेको खाजाको बिल थियो त्यो । हिजो उनले साथीहरूसँग “गुड फ्राइडे” मनाएको बिल । ठ्याक्कै आठ हजार पाँच सयको ।

बिल पढेपछि शरीर नै तातो भयो । कस्तो कस्तो छटपटि भयो । मनले के के सोच्यो । मस्तिष्कमा धेरै कुराहरू दृष्यात्मक भएर तँछाड मछाड गर्न थाले ।

हिजो आफुले एक प्लेट म:म: किन्दा म:म: सँगै रुपान्तरण भएर आएका अन्य विविध वस्तुहरूको पुनर्ताजगि भयो झिलिक्क ।

थरथर काँप्यो भित्रैदेखि । खुइय गर्दै बसेँ र उनको अनि आफ्नो मन तुलना गरेँ । ।

बिल हेर्दै एकोहोरो भएर सोचिरहेँ, “हिजो एक प्लेट म:म: याने कि, म:म:लाई तिरेको सय रुपैञा दैनिक उपभोगका विभिन्न वस्तुमा रुपान्तरण भएजस्तै उनले “गुड फ्राइडे” मनाएको बिल तिर्ने बेलामा बिल बराबर एक महिनाको घरभाडा वा छोराछोरी दुवैको एक महिनाको फिस वा छ महिना खान पुग्ने चामल वा पुरै परिवारलाई किन्न पुग्ने लुगा इत्यादी वस्तुहरू उनको मनमा पनि रुपान्तरण भएर आए कि आएनन् होला बिल तिर्ने बेलामा …..?

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 225
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.