SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » अन्जुला काकी
आख्यान

अन्जुला काकी

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments11 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रकाशमणि दाहालको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सिर्जना, समीक्षा, अनुवाद र कोश निर्माण जस्ता बहुमुखी क्षेत्रमा सक्रिय विशिष्ट प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मन्जुला काकी’ शीर्षकको कथा समेटिएको छ । यस कथाले प्रोढ पुरुष र एकल पुरुषको मनोविज्ञानलाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

सम्पा.

 

 

सकसकाइरहने ज्यान करकराइरहने अङ्ग
कतै बलिरहने आगो कतै नपुगिरहने ढङ्ग
गजब गर्छ यो सर्वज्ञ कहलाइने ईश्वर पनि
सप्रिने बाली अल्छी गर्ने माली, मनै भरङ्ग !

भावनामा उम्लिएरै बित्ने यी निष्ठुरी दिनहरू
बिहानदेखि बेलुकासम्म घडी पला र छिनहरू
न फर्किएर सोध्ने कोही न खोजेर हेर्ने कोही
अनिदो आँखाले कति गनिरहनु यी दलीनहरू ?

उनले ध्यानपूर्वक दोहोर्‍याएर पढे मुक्तक र ध्यान दिएर हेरे मुक्तकसँग भएको फोटो । एउटी पैँतालीस आसपासकी सुन्दरीको फोटो । नाम थियो अन्जुला बिसी । घना कालो कपालको विन्यासमुनि बादलबाट अचानक निस्किएको चन्द्रमा जस्तै लाग्ने गोरो बाटुलो सुन्दर अनुहार । फराकिलो निधार, मिहिनेतपूर्वक धनुषजस्तै पारेर मिलाइएका घना आँखिभुइँमुन्तिर लामा बाक्ला परेलीका बिचमा ताराजत्तिकै चमचमाइरहेका ठुल्ठुला आँखा । दुई आँखाका बीचमा सबै नाप मिलाएर कुनै कारिगरले बनाएजस्तो न अग्लो न होचो, कलात्मक लाग्ने गरी फुकेका पोरासहितको न चेप्टो न थेप्चो अत्यन्त सुहाउँदो नाक, नाकमुनि अलिकति खुल्ने गरी फैलिएका सिलिक्क पातला तर भरिला रङ्गीन ओठ, ओठमुनि अलिकति खाल्डोजस्तो भएर गोलाइमा टुङ्गिएको मस्याइलो चिउँडो र दुइपट्टि माथिदेखि तलसम्म मुहारलाई दुई हातले घप्लक्क ढाके झें ढाकेर बसेका न भुकुल्ले न सेप्रा अत्यन्त सुहाउँदा डिम्पलसहितका गाला …। नाकमा चमचमाउँदो फुली र एकापट्टि देखिँदो कानमा एक इन्चजति लट्किएको झुम्का ।

आत्मविस्मृत भएर उनले कतिबेरसम्म हेरे पत्तै भएन । उमेर ठहराउने प्रयास गरे तर सकेनन् । विचारमा चालीस–पैँतालीस वरपर हो कि ? सम्झिए Women are as old as they look whereas men, as old as they think.

अनि अर्को पनि सम्झिए: अप्सरा शतवरा । अर्थात् आइमाई सयौँपल्ट पनि वरण गर्न सक्छन्, गरिन सक्छन् अरे । सोचे, सायद अप्सरा सधैँ तरुनी नै रहन्छन् भनेको यही होला ।

यिनका खालखालका फोटा आइरहन्छन् फेसबुकमा हो न हो फेसबुक उनकै मात्र हो भने झें । धेरैजसो मुक्तक र अरू केके लेखनसँग । उनले वास्ता गरेका थिएनन् । आजको मुक्तकले च्याप्पै समात्यो । जिन्दगीको प्रारम्भमा प्राथमिक स्कुलको शिक्षक छँदा एउटी राम्री छात्रा थिइन् त्यही नामकी । तिनै ठानेर फ्रेन्ड स्वीकार गरेका थिए, होइन रहिछन् ।

अचानक राजुले “बा, चिया !” भन्दा पो झसङ्ग भए । कुर्सी मिलाएर ऊ आफूतिर नफर्किंदै उनले हतारहतार ब्याक गरे र मोबाइल खल्तीमा हाले ।

“खोइ त तिमीहरूको ?”

“हामी पनि खाने ।” चियाका कप र प्लेटमा बिस्कुटसहित किस्तिी लिएर आउँदैगरेकी सङ्गीताको सङ्गीतमय स्वरले कोठा झङ्कृत भयो । तीनै जना टेबल ओरिपरि बसेर चिया–बिस्कुट खान थाले ।

आठ -नौको लाग्ने राजु र बार -तेरकी लाग्ने सङ्गीता नै हुन् उनका अभिभावक यतिखेर । उनिहरूकी आमाले छोडेर गएको डेढ वर्ष भयो । त्यसपछिका दिनदेखि ती दुई बालकले नै धानेका छन् उनको घर । किनमेल गरेर ल्याउने, पकाउने, बनाउने, सरसफाइ गर्ने र घरलाई घरजस्तो पार्ने । त्यसो त उनी आफू पनि गर्छन् किनमेल र अरू जे नजरमा पर्छ । कतिपल्ट पसल पनि सँगै जान्छन् । कतिपल्ट अफिसबाट वा बाहिरबाट आउँदा देखिएका मनपर्दा तरकारी वा अरू नै कुरा पनि किनेर ल्याउँछन् । तर केटाकेटी यस्तो सिपालु भैसकेका छन्, उनको आवश्यकतै पर्दैन ।

साथै लाग्छ केटाकेटीका मनमा एउटा स्वस्फूर्त विशेष उत्तरदायित्वबोध पनि पसेको छ । अझ सहानुभूतिबोधसहित । आमा हिँडेका दिनदेखि अझ बढी सङ्गीतामा अभिभावकीयता पलाएको छ । महिला भएर पनि हो कि ? उनलाई मनपर्ने पदिनाको अचार बनाउन सम्झिन्छे ऊ एक दिन बिराएर । दिन नबिराई बेलुका ‘औषधि खानुभयो ?’ भन्न आउँछे । सायद उसकी आमा अर्थात् उनकी श्रीमती हिँडेकोमा उसलाईभन्दा उनलाई बढी पीडा भएको उसले महसुस गरेकी छ । उनका लुगाकपडा, ओछ्यान, किताब कापी, कोठाका सरसामान स धैँ मिलाएर राख्ने गर्छे । अझ केके सोधूँसोधूँ वा बताऊँबताऊँ भए झें बोलूँबोलूँ गर्छन् उसका आँखा ।

सम्झिँदासम्झिँदै उनी त्यस अभासी दिनमा पुगिहाले जुन दिन उनीहरू गोदावरी गएका थिए । त्यहीँ भेटिएको थियो त्यो नरोत्तम भन्ने मान्छे । नरोत्तम केसी । उनीहरूको तिमीतिमी चल्दोरहेछ । एकार्कालाई देख्नासाथ उनिहरूका अनुहारमा हजार वाटको बत्ती भुलुक्कै बलेको उनका आँखामा अ झै झलझल छ जस्ताको तस्तै । सरीता र ऊ तेर वर्षपछि भेट भएका अरे । परिवेशका कारण उनीहरू बुरुक्कै उफ्रिएर झ्याम्मै एकार्काका अँगालामा बेह्रिन मात्र सकेनन् ।

पहाडमा घर अलिक टाढा ओल्लोगाउँपल्लोगाउँ भए पनि एउटै स्कुल पढेका रहेछन् एसएलसीसम्मै । एसएलसीपछि सरीता त्यही स्कुलमा पढाउन थालेकी रहिछन्, नरोत्तम चैँ कलेज पढ्न सदरमुकाम गएछ । तर हप्ता–दुई हप्तामा घर आउँथ्यो अरे र फेरि उनीहरू पिपलबोट, धारा, चौतारी, खोला र पाखा चहार्थे अरे । पछि थाहा भयो सरीता र नरोत्तमको जोडी भनेपछि डाँडाखोला सबै हल्लिएको थियो अरे । कुरा सुन्दा उनलाई वुदरिङ हाइटका क्याथराइन र हेथ्क्लिफको सम्झना भएको थियो ।

उसकी आमा निकै बदनाम रहिछन् । रातरातभर दोहोरी गाउनु र बरालिनुपर्ने । यसैबीच गर्भवती भैछन् । बाबु ठहराउन पनि मुस्किल परेको थियो अरे । जेठा पुलामीले बल्लतल्ल साइँला मुखियाको हली, आजीवन एकल, अलिक पाको कार्की कान्छालाई फकाईफुल्याई न्वारान गर्न राजी पारेछन् । बडहरे टारमा चार हलको पाखो बारी र चारमाने खेत दिएर एउटा झुप्रो बनाएर छोरीलाई थन्क्याएका अरे । नरोत्तम भने नामजस्तै पढाइमा पनि र खेलकुद, नाचगान सब कुरामा अगाडि भएर निस्किएछ । यही दौरान एउटै स्कुलमा एउटै कक्षामा पढ्ने पारी गाउँका जेठा पण्डितकी छोरी सरीतासँग उसको घनिष्ठता बढ्दै गएपछि पण्डितलाई बडो अप्ठ्यारो परेछ । पण्डितले त एसएलसी सक्नेबित्तिकै विवाह गरिदिन खोजेका रहेछन् तर निकै ज्याद्री र बोलक्कड केटीले मान्दै मानिन छ । उसले त प्लस टु पढ्न सदरमुकाम नै जान निकै जिद्दी गरेकी थिई अरे । बाबुआमाले दिँदै दिएनछन् । यसो गर्दै गर्दै नरोत्तमले प्लस टु सकेर काठमाडौँ ताकेपछि बल्ल एउटा सिपालु लमीमार्फत् कुरा चलाएर उनीसँग विवाह गराइएको रहेछ ।

तर त्यसदिन गोदाबरीमा भेट भएपछि उनिहरूको पुराना दिनको हरियाली जस्ताको तस्तै फर्किएछ । सरीताको चालढालै फरक पर्न थाल्यो । उसको बोली वचन र व्यवहार नै फरक पर्न थाल्यो । हुन त वैवाहिक जीवनको तेर वर्ष बितेर बार वर्षकी छोरी, सात वर्षको छोरो भैकन पनि सोर वर्षकै लाग्ने सरीतामा अनौठो चन्चलता आउन थाल्यो । मोबाइलमा घन्टौँ भुलिएको पत्तै हुन छोड्यो । त्यसबाहेक पनि कताकता हराएजस्तै गुमसुम रहन थाली । छोराछोरीसँगसमेत् झर्किन थाली । पतिपत्नीको अन्तरङ्गतामा पनि साविक हार्दिकता नरहन र अनदेखा गर्न कठिन हुने गरी कटुता उत्पन्न हुन थाल्यो । फलस्वरूप दिनदिनै ठड्याङठुडुङ बढ्दै जान थाल्यो । हुँदाहुँदै कुरा सम्बन्ध विच्छेदमा पुग्यो । यताबाट मुक्त हुनासाथ उसको चैँ त्यतिन्जेल पनि अविवाहित नै रहेको नरोत्तमसँग स्थापित हुन पुग्यो ।

डेढ वर्ष भयो । कुन आइएनजीओमा काम गर्ने नरोत्तम र ऊ अफ्रिकामा छन् अरे । एउटा छोरो जन्मिएको छ अरे । छोराछोरीसँग पनि त्यति न्यानो छैन सम्बन्ध तैपनि कतकताबाट छानिँदै भएपनि खबर आइपुगिहाल्छ ।

राजु र सङ्गीता ल्यापटपमा अनलाइन कक्षा गर्न थाले । कोरोनाको बन्दाबन्दीले उनको पनि अफिस थिएन । त्यसैले उनले फेरि मोबाइल झिके र छोए अन्जुलाको नाम । फेरि हेरे निकैबेर । मन उडिरह्यो । को होलिन् उनी, कहाँ होला घर, को को होलान् घरमा …। प्रोफाइलबाट पनि केही थाहा पाइँदैनथ्यो । मुक्तक त काइदाको लेख्तिरहिछन् । भाषा पनि निकै माझिएको देखिन्छ । भाव हेर्दा रसिकमाथि विरही पनि रहेको बुझिन्थ्यो । उनलाई त्यस मुक्तकमा सम्बोधित मान्छेसँग कताकता आहारिस लागेजस्तै भयो । उनले कमेन्ट थिचे :

फरक छैन आफ्नो पनि हालत, प्रिय,
उकुसमुकुसमै बाँचिएको छ निष्क्रिय
कुनै पाप गरिएछ अथवा गम्भीर त्रुटि
सपना सपनामै बित्ला जस्तो छ भविष्य ।
गज्जब, तात्तातो जवाफ आयो :

विना सन्दर्भ पक्कै नहुँदो हो कुनै मन्तव्य
हावामा उड्ने भुवाको मात्र हुँदैन गन्तव्य
आफै त पाइँदैन होला संसारमा केही पनि
चाहनाले अवश्य माग्ला उस्तै कुनै कर्तव्य

अहो ! उठेर हिँडिहाल्नु जस्तो पो भयो !! हेर्दाहेर्दै अर्को मुक्तक आइहाल्यो :

पर्खिरहेँ चौतारीमा तिम्रो दर्शन भएन
पूर्व न पश्चिम जुत्ताको घर्षण भएन
ममा केही कमी पो रह्यो कि हजुर ?
यो ज्यानले अँगुलीको स्पर्शन पाएन ।

उनको रुचि ह्वात्तै बढ्यो । फोन न‍‌‍‌‌‌‌‌. मागेर भेटै गर्ने हो कि भन्ने सोच्न थाले । दोस्रो मनले त्यति हतार नगरी पहिले उनका बारेमा जान्न राम्रो हुने सुझाउ दियो । त्यसपछि उनी फेरि मुक्तकमै खेल्नथाले :

सायद कुन चौतारी र कति बजे भन्ने थाहा पाएन होला
अथवा कुनै टार्न नमिल्ने जरुरी भैपरिदिनाले आएन होला
नत्र त यस्तो भाग्यमानी हुने अवसर कसले गुमाउँदो हो ?
वा निधो गर्ने उपाय नहुँदा पो कुदिहाल्न मन लाएन होला !

दिन अलिक बढी खटपटीमा बित्न थाले । राति निद्रा अलिक खलबलियो । बेइमान मन कताकता चहार्न थाल्यो । खानु न पिनु पुर्पुरामा चिनु भने झें काम हुनु कहाँकहाँ छोराछोरीको मुख हेरेर आफ्नो कल्पना आ फैलाई गलत लाग्थ्यो घरिघरि यहाँ । तर घरि भने समयले ल्याएका कुरा समयक्रममा सबै ठीक भएर जाने ठानेर आ फै आश्वस्त पनि हुन्थे । उनको असहजता उनीहरूले पनि ताडेछन् क्यारे, प्रश्नवाचक भए उनिहरूका नजर । सङ्गीताले त एक–दुईपल्ट सन्च भएन कि, अफिसबाट केही खबर आयो कि भनेर सोधी पनि । यस्तैमा भोलि कि पर्सिपल्ट अर्को मुक्तक आयो :

पाकेको फल पनि चाहँदैमा त्यत्तिकै नझर्न सक्छ
एक वा दुईपल्ट हान्दैमा कति सिकार नमर्न सक्छ
भन्छन् नि पौरख र पौरखीको हो अरे यो संसार
मान्छेले अठोट गरेपछि उसै त्यो कहाँ टर्न सक्छ !

अरे वा ! चुनौती र प्रेरणा यस्तो मिहिनसँग मिसिएको मानौँ पक्का एक नम्बर ढलौट । मान्छे निकै सिपालु हुनुपर्छ । निकै पठित पनि । माझिएको भाषा, खारिएको बौद्धिकता । उनको पनि मन निकै उड्दोरहेछ । तर के यी मट्याङ«रा उनलाई नै ताकिएका हुन् त ? त्यसो भए उनी पनि परिचित छन् उनीसँग, अथवा कम्तिमा उनको वर्तमान कैरन थाहा भएको हुनुपर्छ । मन झन् झन् अस्थीर र अन्योलग्रस्त हुन थाल्यो । तर त्यस्तो रहनु परेन धेरै दिन ।

भोलिपल्टै अफिस आउनु भन्ने खबर आयो । लकडाउनमा परेको स्कुटी पनि तयार थिएन । बसमा भीड रहेनछ । अगिल्लो सीटमा दुई युवती घरि मोबाइल घरि गफमा मग्न थिए । यसै क्रममा एउटी अलिक छिप्पिएकी जस्तीले अलिक कलिलीजस्तीलाई भनिन् :

“के हेरेकी त्यस्तो डुबेर ?”

“यहाँ हेर् न अन्जुला काकीका मुक्तक । क्या रोमान्टिक छन् !”

अन्जुला र मुक्तक शब्द सुन्नासाथ उनका कान ठाडा भैगए । मोबाइल पहिलीका हातमा आयो र ऊ सस्वर नै पढ्न थाली । ओहो ! उनै मुक्तक :

“सकसकाइरहने ज्यान करकराइरहने अङ्ग
कतै बलिरहने आगो कतै नपुगिरहने ढङ्ग
गजब गर्छ यो सर्वज्ञ कहलाइने ईश्वर पनि
सप्रिने बाली अल्छी गर्ने माली, मनै भरङ्ग !

भावनामा उम्लिएरै बित्ने निष्ठुर यी दिनहरू
बिहानदेखि बेलुकासम्म घडी, पला र छिनहरू
न फर्किएर सोध्ने कोही न खोजेर हेर्ने कोही
अनिदो आँखाले कति गनिरहनु यी दलीनहरू ?

आम्मामामामा, साँच्चै रोमान्टिक रहेछ मुक्तक त !” उनले अर्को मुक्तक पनि पढिन् । “यो त अगिल्लोको जवाफ जस्तो छ ।” उनले अर्को पनि पढीन् । “ओहो ! जुवारी परेजस्तो छ, मुक्तक जुवारी !”

“त्यही त भन्या”, दोस्री बोली र थपी “जोडी भेटेजस्तो छ काकीले !”

“को हुन् यी अन्जुला काकी ? एकल महिला हुन् ?”

“हुन्छ एकल ! नामी वकिल साहेब छन्, अङ्कल । हामी अङ्कल भन्छौँ, आफ्नै काका त होइन । हाम्रै टोलमा छ उहाँहरूको घर । तीन सन्तानकी आमा भएर पनि काकी अलिक रोमान्टिकै हुनुहुन्छ । कान्छो छोराले भरखरै एसइइ दिएको छ । सधैँ शृङ्गारपटार गरेर चिटिक्क रहनुपर्छ उहाँलाई । नचिन्नेले उहाँलाई तीसै नपुगेकी ठान्छ । काका फाइलमा डुबेको डुब्यै, काकी समाजसेवामा कुदेको कुद्यै ।”

पहिली युवती निकै गम्भीर भइन् । “भनेपछि केही गडबड त छ । लोग्नेमा सायद कुनै कमजोरी होला । त्यस्तो केही छ ?”

“खोइ त्यस्तो त केही थाहा छैन तर, हो, देख्नमा अलिक आकर्षक लाग्नुहुन्न अङ्कल, खबटे अनुहार र निकै पातलो ज्यान छ ।” केही सोच्तै उनले थपिन् “अनि काकीको तुलनामा त्यस्तो स्टाइलिस्ट पनि लाग्नुहुन्न । तर त्यससँग यो मुक्तकको के सम्बन्ध ? उहाँको सोख होला नि कवि हुने !”

“हँ ? त्यति मात्र होला त ? ठ्याक्कै उकुसमुकुसिएका कुमारी आवाज नै लाग्छन् यी मुक्तक, लाग्दैनन् ? कत्रो छटपटी छ, यो सुन् त । उनले पहिलो मुक्तक फेरि पढिन् :

“सकसकाइरहने ज्यान करकराइरहने अङ्ग
कतै बलिरहने आगो कतै नपुगिरहने ढङ्ग
गजब गर्छ यो सर्वज्ञ कहलाइने ईश्वर पनि
सप्रिने बाली अल्छी गर्ने माली, मनै भरङ्ग !

प्रष्टै छैन र ? अनि यो जुवारी ? एक से एकै छैनन् र सबै ?”

“त्यस्तै हुनुहुन्छ अन्जुला काकी । अस्ति मेरो श्रीमान्लाई ह्यान्सम हिरोजी भन्दिनुभएछ । एउटा केसमा वकिलसँग परामर्स गर्न जानुभएको थियो । एकछिन पर्खिनुपरेछ । मेरो श्रीमान् भन्ने थाहा पाएपछि ‘वाउउउ, ह्यान्सम हिरोजी’ भन्नु भएछ र असमयै भए पनि चिया खुवाएरै छोड्नुभएछ । भन्दै हुनुहुन्थ्यो ‘क्या खतरा वकिल्नी साहेप त !’

झन् गम्भीर भइन् पहिली युवती । दोस्री बोलिन् “किन, के भयो र ?”

“केही भएन । मनोविज्ञानको एउटा सिद्धान्त याद आयो ।”

“तेरो साइकियाट्रिस्ट खोपडीलाई जे पनि मसलै हुन्छ । के सिद्धान्त, भन् त ?”

“जीवनमा मान्छे कहिल्यै सन्तुष्ट हुँदैन, खासगरी भोजन, सम्पत्ति, अधिकार र यौनले । यसलाई obsessive compulsive disconten त पनि भन्दछन् जसलाई नेपालीमा असन्तुष्टिको बाध्यताकारी अतिग्रन्थी भन्न सकिएला । यी असन्तुष्टि दबिएर भित्रभित्रै उम्लिरहेका हुन्छन् र खासगरी हेराइ वा देखाइ, सुनाइ र बोलाइका माध्यमबाट व्यक्तिव्यक्तिअनुसार स्थिति स्थितिमा विभिन्न किसिमले उछाल्लिएर पोखिने पनि गरिरहन्छन् आनुभूतिक मात्र भएर वा सक्रियात्मक नै भएर । सक्रियात्मक पनि खासगरी अर्ति–उपदेशका रूपमा, ख्यालठट्टाको रूपमा, कला–साहित्यका रूपमा, दयामाया–सरसहयोगका रूपमा, धर्मकर्मका रूपमा, भूलचुकको बहानाका रूपमा, मौकामा जोरजबर्जस्ती र अपराधका रूपमा समेत् । यसमा पात्र, स्थान, समयानुसार कुनै कम कुनै बढी बाध्यताकारी हुन सक्छ ।” थूक निल्न रोकिएर उनले भनाइ जारी राखिन् “यसको पनि, त्यसो त, सीमा हुन्छ स्वाभाविक normal र अस्वाभाविक abnormal। सीमाभरि स्वाभाविक मानिन्छ जुन सबैमा हुन्छ भने सीमाभन्दा कम वा बढी भएपछि अस्वाभाविक हुन्छ जुन धेरैमा कम केहीमा बढी पाइन्छ । अर्को, यसैसँग सम्बद्ध सिद्धान्त हो आत्मप्रसंसा र आत्मप्रदर्शनको सिद्धान्त जसलाई Narcissism भन्दछन् । सबै मान्छेमा आफूलाई प्रदर्शन गर्ने रहर हुन्छ, खासगरी आफ्नो रूप र काम । एक हदसम्म यो व्यक्तित्व विकास र स्थापनाको निमित्त आवश्यक पनि हुन्छ । यो आफूप्रति अरूको प्रतिक्रियाअनुसार समीक्षा, सिकाइ र सुधारका अवसरको मार्ग पनि हो । यसको पनि स्वाभाविक–अस्वाभाविक सीमा हुन्छ । कतिमा यो चाहिनेभन्दा कम हुन्छ भने कतिमा बढी । असन्तुष्टिसँग आत्मप्रसंसा पनि मिसिएपछि भने कुरा झन् जटिल हुन सक्छ ।”
बस स्टप आइपुगिहाल्यो तर जति सुने त्यति नै पर्याप्त थियो उनलाई गम्भीर पार्न ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 275
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.