SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कालजीत
आख्यान

कालजीत

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
मोतीलाल पराजुली (वि.स. २०१३ साल माघ ६ गते चापाकोट कास्की २०७८ ज्येष्ठ, काठमाडौँ) नेपाली साहित्यको लोकसाहित्यिक जगत्का विशिष्ट अन्वेषक व्यक्तित्व हुन् । उनी नेपाली लोकसंस्कृतिका धुरन्धर अनुसन्धानकर्ता र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक थिए । उनका नेपाली लोकगाथा (२०४९), मोतीलाल पराजुली (२०५३), धर्मात्मा राजा (२०५९), साधारण नेपाली (सहलेखन–२०६२), सोरठी नृत्य नाटिका (२०६३), नेपालमा प्रचलित नृत्य र नाटिकाहरू (२०६३), बुद्धिमान पुरुष (२०६५), बत्तीसमाराको कथा (२०६५) कालिनाग र राजकुमार (२०६५), मनचिन्ते औँठी (२०६५), नेपाली लोकसाहित्यको रूपरेखा (२०६८), नेपाली लोकनाटक (२०७०) नेपाली लोककथा सिद्धान्त र विश्लेषण (२०७१) जस्ता गहन कृतिहरू लोकसाहित्यका क्षेत्रमा प्रकाशित छन् । उनी विशेष गरी नेपाली लोककथा र लोकनाट्यको अन्वेषण र विश्लेषणमा लागिरहेका थिए । उनले विश्व लोककथामा भएका सैद्धान्तिक प्रयोग नेपाली लोककथामा भित्र्याउन विशेष योगदान दिएका थिए । २०५६ सालमा ‘नेपाली लोककथामा अभिप्राय’ शीर्षकमा विद्यावारिधि गरेका पराजुली नेपाली लोककथाको एउटा मानक इतिहास हुन् । उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ । उनको श्रद्धा र सम्झना स्वरूप उनीद्धारा सङ्कलित एवम् बालोपयोगी ढङ्गले पुनः सिर्जित ‘कालजीत’ कथालाई साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रस्तुत गरिएको छ । यो कथामा भनिएझैँ लेखक स्वयम् कालजीत हुन नसके पनि यस कथाले बालबालिकाको र पाठकको आत्मविश्वास बने बलियो बनाउँछ । यस कथाले आत्मविश्वास र धैर्यले मानिसलाई विजयी बनाउने यथार्थ उद्घाटन गरेको छ । यो कथा पराजुलीले यसअगाडि कुनै पनि सञ्चारमाध्यममा सार्वजनिक गरेका थिएनन् । यस कथाको प्रकाशनबाट पराजुलीप्रति हार्दिक श्रद्धासुमन ।

– सम्पा.

 

एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा किसानहरू बस्तथे । खेती किसान गर्ने, गाईवस्तु पाल्ने गरेर आफ्नो जीविका चलाउँथे । गाउँ पहाडको काखमा थियो । पहाडको टाकुरामा वन र खर्क थियो । हिउँदका दिनमा किसानहरू वनमा घाँस दाउरा लिन जाने गर्दथे ।

एक दिन त्यस गाउँका १०-१२ ओटी आइमाईहरू घाँसदाउरा लिन भनेर वनमा गए । धेरै टाढा गएर घाँसदाउरा गर्दाखेरि त त्यस ठाउँमा एउटा अजङ्को राक्षस (काल) ले एउटी आइमाईलाई समातेर खान थाल्यो । त्यस आइमाईले चिच्याएर हारगुहार गरी । वरपरका सबै आइमाईहरू त्यहाँ जम्मा भए । डरलाग्दो राक्षसले एउटी आइमाईलाई खाइरहेको थियो । उनीहरूले राक्षसका अगाडि केही गर्ने हिम्मत राखेनन् । सबै डराएर रुँदै कराउँदै गाउँमा गुहार माग्न गए ।

राक्षसलाई मारेपछि कालजीतले गाउँलेहरूलाई बोलायो र सबै मिलेर राक्षसको सद्गति गरे । त्यसपछि कालजीतले मावलीमा गएर आमालाई लिएर आयो र आफ्नो घर खेतीबाली सम्हाली बस्न थाल्यो । काललाई पनि जितेर गाउँमा सुख शान्ति ल्याएको हुनाले गाउँलेहरूले कालजीतलाई सम्मानपूर्वक राख्न थाले ।

घाँस दाउरा गर्न वनमा गएका आइमाईहरू कराउँदै गुहार माग्दै गाउँमा आएको देखेपछि सबै गाउँलेहरू जम्मा भए र वनमा भएको उपध्रोको बारेमा जानकारी लिए । अब वनमा जानु पर्र्‍यो र त्यस राक्षसलाई मार्नुपर्र्‍यो भनेर सबै गाउँलेहरू हात हतियार लिएर राक्षस भएको ठाउँतिर गए । त्यस ठाउँमा पुग्दा राक्षसले आइमाईको मासु खाइसकेर हाड चवाउँदै थियो । गाउँलेहरूले हल्लाखल्ला गर्दै राक्षसमाथि ढुङ्गा वर्षाउन थाले ।

राक्षसले आफ्नो शरीर फुलाउँदै लगेर एउटा पहाडजत्रो बनायो र भन्यो – ‘हेर मनुवा हो ! यस आइमाईको काल आएको र मलाई भोक लागेको हुनाले मैले यसलाई खाइदिएँ । अब तिमीहरूले पनि मलाई जिस्क्याउँछौ भने म तिमीहरूलाई पनि खाइदिन्छु’ भनेर मुख ‘आँ’ गरेथ्यो, ती सबै गाउँलेहरू डराए । त्यसपछि गाउँलेहरूले सल्लाह गरे – सबै व्यक्तिहरू एकैचोटि मर्नुभन्दा त बरु यस राक्षसलाई सधैँ आहारा पुर्र्‍याई दिऔँ । गाउँलेहरूको सल्लाह मिल्यो र उनीहरूले राक्षससँग भने – ‘हे काल ! तिमी नरिसाऊ । हामी तिम्रो आहाराको व्यवस्था गरिदिने छौँ ।’ त्यसपछि राक्षसले शरीर सानो बनाउँदै लग्यो र पहिलेको जस्तै भयो ।

‘हे मानव हो ! तिमीहरूले मलाई दैनिक एक मान्छे र एक मुरी अन्न दिन्छौ भने म तिमीहरूलाई केही गर्दिन, नत्रभने म तिमीहरूको गाउँ नै उजाड बनाइदिन्छु ।’ गाउँलेहरूलाई फसाद पर्र्‍यो तापनि उनीहरूले यो सर्त मञ्जुर नगरी सुख पाएनन् । त्यसपछि दैनिक एक मान्छे र एक मुरी अन्न राक्षसलाई दिने कबोल गरेर गाउँलेहरू गाउँमा फर्के ।

गाउँलेहरू गाउँमा आएपछि उनीहरूले एउटा नियम बनाए । हरेक कुरियाको पालो बाँधे र आफ्नो पालो पर्दाका दिनमा एकमुरी अन्न र एक जना मान्छे राक्षसको आहाराको निमित्त हरेक कुरियाले व्यवस्था गर्नुपर्ने नियम बसाले । यो क्रम धेरै दिनसम्म चलिरह्यो ।

एउटा घरमा एउटी दोजिया आइमाई थिई । उसको लोग्ने परदेश गएको थियो । सासू ससुरा मरिसकेका थिए । त्यस दिन राक्षसलाई आहारा जुटाउने जिम्मा त्यही आइमाईको थियो । आफू एक्ली भएकी हुनाले आफूबाहेक अरू मानिस आहारा पठाउनका लागि कोही पनि थिएन । आफ्नो पेटको बच्चाको मायाले गर्दा ऊ राक्षसको आहारा हुन जान पनि सकिन । त्यसैले एक मुरी अन्न भरेर घरको पिँढीमा राखी अनि आफू भागेर माइतमा गई ।

दिउसो बाह्र बजेसम्म पनि आफ्नो आहारा नआएपछि त्यो राक्षस गाउँको नजिक गयो र गाउँ नै थर्कने गरेर करायो । यसरी राक्षस कराएपछि गाउँलेहरू पालो परेकी आइमाईको घरमा गए । त्यहाँ आइमाई थिइन । उसले एक मुरी अन्न छुट्याएर राखेको देखे । राक्षस पनि गाउँमा नै आइपुग्यो । त्यसपछि गाउँलेहरूले राक्षससँग भने – ‘हे राक्षस राज ! आज पालो परेकी आइमाईले धोका दिई । आज अन्न खाएर बस्नुहोस् । भोलिदेखि सर्त बमोजिमको आहारा दिनेछौं ।’ राक्षसले गाउँलेहरूको आग्रह स्वीकार गर्र्‍यो र त्यस आइमाईले राखेको अन्न खाइ त्यसैका घरमा बस्न थाल्यो ।

गाउँलेहरूले सर्त बमोजिमको आहारा राक्षसलाई दिँदै गर्न थाले ।

त्यो आइमाई माइतमा नै बस्न थाली । ४ महिनापछि त्यो सुत्केरी भई र उसले छोरो जन्माई । छोराको नाम कालजीत राखी । समय विस्तारै बित्दै गयो । छोरो पनि बढ्दै गयो । छोरो लगभग १०-१२ वर्षको भइसक्यो । एक दिन कालजीत साथीहरूसँग खेल्न लागिरहेको थियो । उसका साथीहरूले ‘भतुवा’, ‘विनाबाबुको छोरो’ भनेर गिज्याउन थाले । आफ्ना बाबुको माया नपाएको कालजीतको मनमा यी बचनबाणले घोचे र ऊ रन्थनिंदै घरमा आयो । त्यसपछि उसले आमासँग सोध्यो – ‘हाम्रो घर कहाँ हो ? मेरा बुबा कहाँ हुनुहुन्छ ?’ छोराले एक्कासि यस्ता प्रश्न गरेको सुनेर त्यस आइमाईले छोरालाई धेरै सम्झाउने प्रयास गरी ।

छोराले किमार्थ मानेन । त्यसपछि लाचार भएर त्यस आइमाईले आफ्नो पूर्वकथा बेलिविस्तार लगाएर सुनाई । कालजीत साहसिलो केटो थियो । साथीहरूको वचनबाण खप्नुभन्दा आफ्नै घरमा जानु जाति भनेर उसले आफ्नो घरमा जाने निर्णय लियो ।

भोलिपल्ट कालजीतले आफू आफ्नै घरमा जाने निर्णय आमालाई सुनायो । यो निर्णय सुनेर आमा साह्रै नै आत्तिई । कालजीतले आमालाई सम्झायो र बाटोमा खाने खाजा तयार गर्न लगायो । आमाले मिठा रोटी पकाइदिई । कालजीतले ती रोटीहरू झोलामा राख्यो र आफ्ना घरतिर हिँड्यो ।

गाउँमा गएपछि गाउँलेहरूसँग सोधपुछ गरी उसले आफ्नो घर पत्ता लगायो र आफ्ना घरमा राक्षस बस्ने गरेको कुरा पनि उसले सुन्यो ।

कालजित आफ्नो सरासर घरमा गयो । ढोका बन्द रहेछ । उसले ढोका ढक्ढकायो । भित्रबाट राक्षसले गर्जदै भन्यो – ‘ढोका ढक्ढकाउने को हो ?’ ‘म हूँ मामा ! तपाईंको भाञ्जो’ भनेर कालजीतले राक्षसलाई फकायो । भाञ्जो साइनो सुन्ने बित्तिकै राक्षसको मन परिवर्तन भयो । उसले ढोका खोलिदियो । कालजीत भित्र पस्यो र आफ्नी आमाले बनाएका मीठामीठा रोटी राक्षसलाई खान दियो । राक्षसले रोटी मीठो मानेर खायो र खुसी पनि भयो ।

कालजीतले हरेक दिन गाउँमा गएर मीठामीठा खानेकुरा ल्याएर राक्षसलाई खुवाउँथ्यो र दुवै जना मिलेर बस्थे । राक्षस घरबाट बाहिर जादैनथ्यो । गाउँलेहरूले पनि राक्षसको खानेकुरा त्यसै घरमा नै ल्याइदिन्थे । कालजीतलाई यो कुरा मन परेन । त्यसैले उसले राक्षससँग भन्यो –‘मामा ! तपाईं यो घरबाट बाहिर जानुहुन्न, किन ?’ राक्षसले भन्यो – ‘बाहिर गएर के गर्ने ?’ कालजीतले भन्यो – ‘हेर्नुहोस् मामा ! बाहिर घुम्न जाने हो भने राम्राराम्रा चीज देख्न पाइन्छ । मीठोमीठो खान पाइन्छ । यसरी घरमा बस्दा त अत्यार लाग्छ ।’ त्यसपछि राक्षसले भन्यो – ‘हेर भाञ्जा ! मलाई अन्त जान त मन छैन तर एकपटक भगवान्लाई भेट्न जान मन लागेको छ ।’

‘ए मामा ! त्यसो भए तपाईं भगवान्लाई भेट्न गैहाल्नुहोस् र मेरो परमआयु पनि सोधेर आउनुहोस् है ।’ राक्षसले ‘हुन्छ’ भन्यो तर ऊ गएन । त्यसपछि कालजीतले दिनदिनै यो कुरो दोहोर्र्‍याउन थाल्यो । राक्षसलाई पनि दिक्क लाग्यो र एक दिन भगवान्लाई भेट्न भनेर हिँड्यो । एकहप्ता जति त्यो राक्षस त्यस गाउँबाट अलप भयो ।
अब राक्षस फर्केर आएपछि यसलाई कसरी मार्ने ? भन्ने युक्ति सोच्तै कालजीत त्यसैको तयारीमा लाग्यो ।

एक हप्ता पुगेको दिन राक्षस आइपुग्यो । कालजीतले उसको सेवा गर्र्‍यो र खुसी बनायो । त्यसपछि उसले सोध्यो – ‘मामा ! मेरो परमआयु कति वर्षको छ अरे ! भगवानले के भन्नुभयो ?’ राक्षसले भन्यो – ‘हेर भाञ्जा, तिम्रो आयु त उनासी वर्षको छ रे ! त्यस समयसम्म तिमीलाई कसैले केही पनि गर्न सक्तैन रे !’ कालजीतले भन्यो – ‘हैन, मेरो आयु किन उनासी वर्ष राखेको होला ? कि असी वर्ष बनाइदिएको भए हुन्थ्यो कि त अठहत्तर वर्ष बनाइदिएको भए हुन्थ्यो । ए मामा ! लौन तपाईं गएर भगवान्सँग मेरो आयु कि एक वर्ष बढी कि एक वर्ष घटी बनाइदिन भन्नु पर्र्‍यो’ भनेर जोड गर्न थाल्यो । राक्षस पनि यो कुरो लिएर भोलिपल्ट नै भगवानसँग गयो र कालजीतको आयु कि एक वर्ष घटाइदिनुपर्र्‍यो कि एक वर्ष बढाइदिनुपर्र्‍यो भनेर भन्यो । भगवान्ले भन्नु भयो – ‘हेर काल ! यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन । त्यसैले कालजीतलाई यही कुरो सुनाइदे’ भनेर भगवान्ले भन्नुभयो । त्यस राक्षस (काल)ले पनि भगवान्ले कालजीतका आयुका बारेमा भनेका सबै कुरा बताइदियो ।

मेरो आयु उनासी वर्षको छ र भगवान्ले पनि एक वर्ष तलमाथि गर्न सक्नुभएन भने यो राक्षसले पनि मलाई केही गर्न सक्तैन भन्ने कालजीतले सोच्यो ।

भोलिपल्ट कालजीत बिहानै उठ्यो । बाहिरबाट धेरै दाउरा ल्याएर अँगेनामा राख्यो र आगो फुक्यो । त्यसपछि फलामका आँसी, बाउसा, बञ्चरा, ओदान लगेर त्यही आगोमा ततायो । फलाम रातो भएपछि सनसाले रातो फलाम समातेर राक्षसलाई हान्न थाल्यो । तातो फलामको डाहले गर्दा राक्षस त्यहीँ लड्यो । कालजीतले फलामका राता डल्लाहरूले राक्षसलाई हान्दै रह्यो । केही बेरपछि राक्षस त्यहीँ मर्र्‍यो ।

यसरी राक्षसलाई मारेपछि कालजीतले गाउँलेहरूलाई बोलायो र सबै मिलेर राक्षसको सद्गति गरे । त्यसपछि कालजीतले मावलीमा गएर आमालाई लिएर आयो र आफ्नो घर खेतीबाली सम्हाली बस्न थाल्यो । काललाई पनि जितेर गाउँमा सुख शान्ति ल्याएको हुनाले गाउँलेहरूले कालजीतलाई सम्मानपूर्वक राख्न थाले । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो ।।

सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यो कथा वैकुण्ठ जाला
भन्ने बेलामा तुरुन्त आइजाला ।।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 536
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.