अनुवादकहरिहर खनाल विशिष्ट स्रष्टा, द्रष्टा एवम् अनुवादक हुन् । उनका अनुवादलाई साहित्यसागरले महत्त्वसाथ प्रकाशन गर्दै आएको छ । गत एघारौँ शृङ्खलादेखि उनको अनुदिद रचनालाई हामी शृङ्खलाबद्ध रूपमा प्रस्तुत गर्दै आएका छौँ । ओभरकोट शीर्षकको निकोलाइ गोगोलको यस कथाले सामान्य कर्मचारीका समस्या र निम्न वर्गीय जनजीवनका बहुमुखी समस्यालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
-सम्पा. |
मूल लेखक
निकोलाई गोगोल सानो रुसका नामले समेत परिचित युक्राइनको पोल्तामा प्रान्तको मिर्गोरोद जिल्लाको सोरोचिन्जी भन्ने ठाउँमा १८०९ को अप्रिल १ तारिखका दिन जन्मिएका हुन् । उनी रुसी साहित्य र विश्व साहित्य जगत्मा यथार्थवादी साहित्यका जनकका रूपमा ख्यातिप्राप्त साहित्यकार हुन् । १८३० मा उनले पितृभूमिका टिपोटहरू नामक पत्रिकाको मार्च अङ्कमा उनको पहिलो कथा सेन्ट जोहनको साँझ प्रकाशित गरे । त्यसपछि १८३१ सेप्टेम्बर र १८३२ मार्चमा उक्राइनी विषयवस्तुका प्रत्येक खण्डमा चार–चारवटा कथा समावेश भएका दिकाङ्का नजिकको फारामका साँझहरूका दुई खण्ड प्रकाशित गरे । एकजना युवा लेखकका रूपमा सफलताको शिखर चुमिसकेका गोगोल १८३६ मा स्विट्जरल्यान्ड, प्यारिस र रोमको विदेश यात्राका लागि रुसबाट प्रस्थान गरे । उनको बाँकी जीवनको १६ वर्षमध्ये १२ वर्ष उनले विदेशमा बिताए । १८४१ को शिशिरऋतुमा गोगोल उनको मृतात्माको प्रकाशनको पहिलो संस्करण हेर्नका लागि विदेशबाट रुस फर्किए । १८४२ मा पुस्तक प्रकाशित भएपछि गोगोल फेरि बाहिर गए । यस पटक उनी ६ वर्षका लागि बाहिर गएका थिए । पछि, १८४२ मा (मृतात्मा बाहेकका) अरू सबै कृतिहरू एकतृत गरिएको कृति ४ ग्रन्थमा पिटर्सवर्गमा प्रकाशनमा आयो । तेस्रो ग्रन्थमा प्रकाशित उनका पहिला रचनाहरूमध्ये उनको अन्तिम कथा ओभरकोट पनि थियो । यो कथाको सिर्जनापछि गोगोल एक दशक जीवित रहे । तर यति बेलासम्म उनको सिर्जनात्म जीवन पूर्ण रूपमा समाप्त भइसकेको थियो । – सम्पा. |
१७.
बिहान सबेरै उसले आफूलाई जिल्ला प्रमुखकाहाँ प्रस्तुत गर्यो । उसलाई अधिकृत सुतिरहेको छ भनियो । ऊ फेरि दश बजे गयो, तर उसलाई हाकिम साहेब सुतिरहनुभएको छ भनियो । एघार बजे ऊ फृरि गयो र फेरि तिनीहरूले प्रहरी प्रमुख घरमा हुनुहुन्न भने । बिहान खाना खाने समयमा हाकिमले कसैलाई पनि कुनै पनि सर्तमा बैठक कोठामा बस्न अनुमति दिँदैनथ्यो । उसको के काम थियो भन्ने कुरा अर्दलीहरूले जान्न खोजे । यसरी अन्त्यमा, जीवनमा एक पटकको लागि अकाकिए अकाकिएभिचले जोस देखाउनु पर्ने आवश्यकता महसुस गर्यो, र उसले सङ्क्षिप्तमा के भन्यो भने उसले प्रमुखसित सशरीर भेट्न अत्यन्त जरुरी छ, र उनीहरूले इन्कार गर्नका लागि बल गर्न पाउँदैनन् । ऊ न्याय विभागबाट आएको हो र उसले उजुरी दिएपछि उनीहरूले हेर्नूपर्छ ।
कारिन्दाहरूले त्यसको उत्तर दिने हिम्मत गरेनन् । तिनीहरूमध्ये एकजना हाकिमलाई बोलाउन गयो, र हाकिमले ओभरकोट चोरिएको अनौठो कथा सुन्यो । उसले समस्याको चुरोतिर ध्यान दिनुसट्टा उसले अकाकिए अकाकिएभिचलाई प्रश्न सोध्न थाल्यो : ऊ किन त्यति अबेर घर गैरहेको थियो ? त्यसो गर्ने उसको बानी परेको थियो कि ? वा घरमा कुनै प्रकारको झैझगडा परेको थियो कि जसबाट अकाकिए अकाकिएभिच विलकुलै भ्रममा पर्यो । उसको ओभरकोट विषयक मुद्धा ठीक थियो कि थिएन भन्ने कुरा थाहा नपाइकनै ऊ त्यहाँबाट हिँड्यो ।
त्यो दिनभरि, उसको जीवनमा पहिलो पटक, ऊ कहिल्यै पनि विभाग नजिक गएन । अर्को दिन ऊ अफिसमा देखा पर्यो । ऊ धेरै मलिन थियो र उसले पुरानो ओभरकोट लगाएको थियो जुन अरू रद्धी देखिएको थियो । ओभरकोट चोरी भएको खबरले धेरैलाई छोयो; यद्यपि, अकाकिए अकाकिएभिचको हँसीमजाक उडाउने त्यहाँ यस्ता कर्मचारीहरू समेत उपस्थित थिए जसले अहिलेको जस्तो द्धटनामा यस्तो अवसर कहिल्यै पनि चुकाउँदैनथे । तिनीहरूले उसका लागि त्यहीँ नै केही रकम जम्मा गर्ने निधो गरे, तर कर्मचारीहरूले निर्देशकको अनुहार चित्र बनाउनका लागि त्यस अघि नै धेरै चन्दा दिइसकेका थिए र केही उनीहरूको विभागको प्रमुखको सुझवमा, उसको साथीले लेखेका पुस्तकहरू अरिदगर्नमा पनि केही रकमखर्च गरिसकेका थिए, तर त्यो दाम नगन्य थियो ।
तिनीहरूमध्ये एकजनालाई अकाकिए अकाकिएभिचप्रति असाध्यै धेरै दया लागेर आयो र उसले उसलाई एउटा उचित सल्लाह दिने निर्णय गर्यो । उसले अकाकिए अकाकिएभिचलाई के भन्यो भने ऊ पुलिसकहाँ जानु हुँदैन, किनभने, यद्यपि कुनै अफिसरले आफूभनदा माथिल्लो अफिसरलाई रिजाउनका लागि, कुनै किसिमले कोट खोजेर ल्याउन सक्ला पनि, तर त्यसो भएको खण्डमा समेत, उसले ओभरकोट उसको हो भन्ने प्रमाण पेस नगरेसम्म ओभरकोट पुलिसकै संरक्षणमा रहन सक्छ, त्यसैले उसको लागि कुनै उपयुक्तखाले विशिष्ठ व्यक्तिलाई प्रयोग गर्नु सबभन्दा राम्रो हुनसक्छ, किनभने उपयुक्त व्यक्तिसित सम्बन्ध जोडिँदा समस्या चाँडो समाधान हुन सक्छ ।
१८.
गर्नुपर्ने खासै केही थिएन, तसर्थ, अकाकिए अकाकिएभिच विशिष्ट व्यक्तिको घर जाने निर्णण गर्यो । विशिष्ट व्यक्तिको पदीय दायित्व के थियो भन्ने कुरा आजसम्म पनि अज्ञात छ । पाठकहरूले के कुरा जान्न आवश्यक छ भने विशिष्ट व्यक्ति त्यति बेलासम्म महत्त्वपूर्ण व्यक्ति बनेर हालसालै विशिष्ट व्यक्ति भएको थियो । त्यसका काम जो अरूहरूका तुलनामा अझैसम्म महत्त्वपूर्ण मानिन्छन्, उसको वर्तमान पद विशिष्ट मानिदैनथ्यो । तर जहिलेसुकै पनि मानिसहरूको एउटा यस्तो समूह हुन्छ, जो अरूहरूका नजरमा अर्थपूर्ण हुन्छ, त्यो धेरै महत्त्वपूर्ण हुन्छ । त्यसमा थप, उसले थरिथरिका आधुनिक यन्त्रहरू प्रयोग गरेर त्यसलाई महत्त्वपूर्ण बनउने प्रयत्न गर्यो, उदाहरणका लागि उसले तल्लो तहका उसका कर्मचारीहरूलाई उसको सेवामा आउँदा, भरेङ् चढ्दै गर्दा त्यहीँ भेट्ने निधो गर्यो । उसकहाँ सोझै आउने कुरा कसैले पनि अनुमान गर्दैन । त्यसका लागि पूर्ण रूपमा सदाचार पालना गरिनुपर्छ । कलेजको तथ्याङ्क राख्नेले सरकारी सचिवलाई दिने प्रतिवेदन तयार गर्नुपर्छ, सरकारी सचिवले सम्बन्धित परिषद् सदस्यलाई वा उपयुक्त अरू जोसुकै मानिस भए पनि, उसलाई दिनुपर्छ, र उसका अगाडि सबै कुरा यसरी आउनु पर्छ । समग्र पवित्र रूसमा नक्कलप्रतिको आशक्तिले यो विशाक्त भएको छ । हरेक मान्छे नक्कल गर्छ र माथिल्ला तहका मानिसहरूको देखासिकी गर्छ । तिनीहरू प्रायः के भन्ने गर्छन् भने केही नाम मात्रका पार्षद कुनै सानो बेग्लै कोठाको प्रमुखमा सरुवा बढुवा भएपछि आफ्नो लागि तत्कालै एउटा निजी कोठा छुट्याउँछ, त्यसलाई सुनुवाई कक्ष नाम दिन्छ, ढोकामा रातो रङको कलरवाला पोशाक लगाएको परिचर ढोकाको ह्यान्डल समात्छ र सबै आगन्तुकहरूका लागि खुला गर्छ, तथापि सुनुवाई–कक्षमा मुस्किलैले एउटा सामान्य टेबल राख्ने ठाउँ पुग्छ ।
समग्र पवित्र रूसमा नक्कलप्रतिको आशक्तिले यो विशाक्त भएको छ । हरेक मान्छे नक्कल गर्छ र माथिल्ला तहका मानिसहरूको देखासिकी गर्छ ।
विशिष्ट व्यक्तित्वको कार्य, चालचलन र कार्यशैली आकर्षक र प्रभावशाली, तर अलिकति बढी बढाइचढाइ गरिएका खाले थिए । यो पद्धतिको मुख्य आधार नियमनिष्ठता, थियो । “नियमनिष्ठता, नियमनिष्ठता र फेरि पनि नियमनिष्ठता” ऊ प्रायः भन्ने गर्थ्यो र अन्तिम शव्द उच्चारण गर्दा जुन व्यक्तिसित कुरा गरिरहेको छ उसको अनुहारमा अर्थपूर्ण रूपमा हेथ्यो । तर, त्यसको कुनै आवश्यकता थिएन । किनभने, उसको अफिस निर्माण गर्ने आधाभन्दा बढी कर्मचारी उसित राम्रैसँग डराउँथे । उसलाई टाढै देख्ता समेत तिनीहरू गरिरहेको काम छोडेर लाइनमा लागेर, ऊ कोठाबाट उता नपुगेसम्म पर्खेर बस्थे, उसको तल्लो तहका कर्मचारीहरूसितको उसको कुराकानीमा कठोरताको सङ्केत हुन्थ्यो र ऊ मुख्यतया तीनवटा वाक्यांश : “यसो गर्ने कसरी हिम्मत गरिस् ?”, “कोसित बोल्दैछस्, थाहा छ ?”, “अगाडि को उभिएको छ , थाहा छ ?” भन्थ्यो ।
१९.
त्यसबाहेक ऊ धेरै दयालु हृदय भएको र उसका साथीहरूका लागि असल र अनुगृहित हुन तयार मानिस थियो, तर प्रमुखको पदले उसलाई आफ्नो सन्तुलनबाट पूर्ण रूपमा पर हुत्यायो । यी पदमध्ये कुनै एक पद पाएपछि, मानौ कि, उसले बाटो हराएझैँ, ऊ दुबिधामा पर्यो र के गर्ने भन्ने कुरा कहिल्यै पनि जानेन । उसलाई उसका साथीहरूसँगै हुने अवसर परेको बेलामाा ऊ अझसम्म पनि एकजना राम्रो मान्छे, धेरै दृष्टिकोणबाट एउटा असल व्यक्ति थियो र ऊ मन्दबुद्धि भएको मानिस थिएन, तर त्यसका साथै, उसले आफू ऊभन्दा एक तह तल्लो दर्जाका मानिसहरूबीच हुँदा ऊ चुप रहन्थ्यो, र उसको अवस्थाले उसप्रति दया जाग्रित गराउँथ्यो । कतिसम्म भने, उसले आफै आफ्नो समयको अतुलनीय रूपमा उपयोग गरिरहेको अनुभव गर्थ्यो । उसका नजरमा त्यहाँको यस्तो केही चिज जहाँ चाखलाग्दो संवाद वा समूहसित घुलमिल हुने चाहना स्पष्ट रूपमा देख्न सकिन्थ्यो, तर उसलाई “के यो उसका तर्फबाट धेरै तल झर्ने काम भएन र ?” भन्ने विचारले उसलाई पछाडि धकेल्यो । यस्ता चिन्तनको परिणमस्वरूप समय समयमा एकाक्षरी आवाज निकाल्दै र त्यसपछि अत्यन्त दुखितमध्येका मानिसहरूको नाम लिँदै ऊ सधैँ अन्यमनस्क अवस्थामा रहन्थ्यो ।
आफ्नो लागि अत्यन्त प्रतिकुल र विशिष्ठ व्यक्तित्वका लागि एउटा अहोभाग्यको समयमा अकाकिए अकाकिएभिच यही विशिष्ट व्यक्तित्वसामु आफूलाई प्रस्तुत गर्यो । विशिष्ठ व्यक्ति उसको एकजना पुरानो परिचित, बालसखा, जसलाई उसले वर्षौँसम्म देखेको थिएन, र एकजना बासमाखिन नामको मान्छे आएको छ भन्ने बित्तिकै भित्र पसेको उसको साथीसित आनन्दपूर्वक गफ गरिरहेको बेलामा ऊ त्यहाँ पुगेको थियो । “को हो त्यो ?” उसले रुखो स्वरमा सोध्यो । “कुनै कर्मचारी” उसलाई भनियो । “अँह, ऊ पर्खन सक्छ ! यो उसलाई बोलाउन सकिने समय होइन,” विशिष्ठ व्यक्तित्वले भन्यो ।
यहाँ के कुरामा ध्यान दिनुपर्छ भने एकदम रिसाएर झुठो बोलेको थियो । उसले उसको साथीलाई जति कुरा भन्नु थियो त्यो सबै पहिले नै भनिसकिएको थियो र वार्ता अन्तै मोडिएर गफगाफ धेरै बेरसम्म अवरुद्ध भएको थियो जुन समयमा तिनीहरूले एक अर्कालाई खुट्टामा थपथप्याएर भने, “तिमीलाई यस्तो लाग्छ, इभान अब्रामोभिच ?” “अँ त्यस्तै स्टेपान भार्लाभिच !” तथापि, उसले उसको साथी, जसले धेरै लामो समयदेखि जागिर खाएको थिएन र गाउँघरमा नै बस्थ्यो, उसलाई, कति लामो समयसम्म कर्मचारीहरू उसको प्रतिक्षामा बस्छन् भन्ने देखाउनका लागि उसलाई पर्खाउन आदेश दियो ।
२०.
धेरै बेरसम्म सविस्तारमा कुरा गरिसकेपछि, र त्यसभन्दा अझ बढी, धेरै बेर चुपचाप बसेपछि, र आरामकुर्चीमा अडेस लागेर धुमपान गरेपछि, उसले अकस्मात् केही सम्झेजस्तो देखियो, र प्रतिवेदनका कागजहरू हातमा लिएर ढोकामा उभिइरहेको उसको सचिवलाई उसले भन्यो, “मलाई भेट्न कोही मानिस पर्खेर बसेजस्तो छ, उसलाई भित्र आउँदा हुन्छ, भन ।” अकाकिए अकाकिएभिचको सामान्य चालढाल र उसको पुरानो खजमजिएको पोशाक देखेर ऊ एक्कासी नवागन्तुकतिर फर्कियो र ठाडो लवजमा, “के चाहियो ?” भनेर छोट्करीमा सोध्यो । यस्तो शैली उसले वर्तमान समयको उसको पदमा पदोन्नति हुनुभन्दा अगाडि, आफ्नो कोठामा एक्लै हुँदा, ऐनाको अगाडि उभिएर पूरा एक हप्तासम्म अभ्यास गरेको थियो ।
अकाकिए अकाकिएभिच, जो पहिले नै डरले अलिकति बाँधिएको थियो, अलिकति दुबिधामा पर्यो, र उसको जिभ्रोले अनुमति दिने बित्तिकै “त्यो” शब्दलाई चाहिनेभन्दा अलि धेरै पटक प्रयोग गर्दै उसले हराएको आफ्नो ओभरकोटको एकदम नयाँ थियो र त्यो एकदम अमानवीय तरिकाले लुटिएको थियो, त्यो उसले सक्छ होला भनेर, कुनै किसिमले उसको मध्यस्थतामा,–– त्यो ऊ पुलिसको हाकिमसित पत्राचार गर्नसक्छ र ओभरकोट पाइन्छ कि भन्ने सोचेर निवेदन गरेको भन्यो ।
कुनै अज्ञात कारणले यो कुरो विशिष्ट व्यक्तिका लागि जानपहिचानको जस्तो लाग्यो । “के मेरो प्रिय महोदय,” “के तिमीलाई सामान्य शिष्टाचारका विषयमा पनि ज्ञान छैन ? तिमी कहाँबाट आएको हो ? कति धेरै कुराहरूको व्यवस्था गरिएको छ, थाहा छैन ? सबभन्दा पहिले तिमीले यस विषयमा तल अदालतमा निवेदन दिनुपर्छ । त्यो विभागीय प्रमुखकहाँ जान्छ । त्यसपछि शाखामा, त्यसपछि सचिवलाई हस्तान्तरण गरिन्छ, र त्यसपछि सचिवले मलाई दिनसक्थ्यो ।”
“तर महामहिम,” अकाकिए अकाकिएभिचले उसको थोरबहुत विवेकलाई एकतृत गर्दै, र त्यति नै बेला, उसको शरीरमा पसिना आइरहेको छ मन्ने कुरामा समेत सचेत हुँदै उसले भन्यो, “महामहिम, म, सचिवहरू अविश्वसनीय हुन्छन् भन्ने अनुमान गरेर मैले हजुरलाई दुःख दिन लागेको हुँ महोदय ।”
“के, के, के !” विशिष्ट व्यक्तित्वले भन्यो, “तिमीले यस्तो साहस कहाँबाट पायौ ? तिमीले यस्तो विचार कहाँबाट पायौ ? नयाँ पुस्तामा उनीहरूका हाकिम र मान्यजनहरूप्रति यस्तो निर्लज्ज विचार फैलिएको छ ।” अकाकिए अकाकिएभिच यस अघि नै पचासको हाराहारीमा पुगिसकेको कुरा विशिष्ट व्यक्तिले ख्याल गरेको थिएन । कुनै बीस वर्ष हाराहारीको तन्देरीसित तुलना गर्दा मात्र यस्तो कुरा हुन सक्थ्यो । “कोसित कुरा गर्दै छौ तिमीलाई थाहा छ ? तिमी कसको अगाडि उभिएका छौ तिमीलाई याद छ ? तिमीले यसलाई अनुभूत गरेका छौ ? म तिमीलाई सोध्छु ।” त्यसपछि उसले आफ्नो खुट्टा बजार्यो र उसको स्वरलाई यसरी चक्र्या कि त्यसले अकाकिए अकाकिएभिचभन्दा बाहेक अरू कुनै मानिस भएको भए पनि ऊ डराउँथ्यो ।
२१.
अकाकिए अकाकिएभिचको होस गुम्यो, ऊ धरमरायो, हात–खुट्टामा कम्पन छुट्यो, र उसलाई समाल्न यदि चौकिदरहरू नदौडिएका भए, ऊ भुईँमा लड्थ्यो । तिनीहरूले उसलाई अचेत अवस्थामा बाहिर लिएर गए । तर विशिष्ट व्यक्ति, उसले अनुमान गरेभन्दा राम्रो असर परेको हुनसक्ने अनुमान गरेर, र उसको शब्दले कुनै मानिसलाई बेहोसम्म पार्नसक्छ भन्ने विचारमा लठ्ठिएर, उसको साथीले यस विषयलाई कसरी लिएको छ भन्ने जान्नका लागि यताउतातिर हेर्दै उसले उसको साथीलाई हेर्यो, र उसलाई के लाग्यो भने उसको साथी त्यसबाट सन्तुष्ट थियो । खासमा स्थिति कस्तो थियो भने ऊ अत्यन्त धेरै असमञ्जस्यतामा परेको थियो, र ऊ आफै पनि अलिकति डराएको थियो ।
सेन्ट पिटर्सवर्गमा चल्ने प्रकारको आँधीले उसलाई सडक र चौबाटोमा चारैतिरबाट चसचस चिल्यो । क्षणभरमा उसको घाँटीमा चसक्क घोच्यो । ऊ एक शब्द निकाल्न पनि असमर्थ स्थितिमा घर पुग्यो । उसको घाँटी सुनिएको थियो, ऊ ओछ्यानमा पल्टियो ।
अकाकिए अकाकिएभिचले ऊ कसरी भर्याङ् ओर्लियो र सडकमा पुग्यो भन्ने कुरा सम्झन सकेन । उसको जीवनमा उसले कहिल्यै पनि एकजना कुनै अपरिचित उच्च अधिकारीद्वारा उसप्रति गरिएको यस्तो व्यवहार बेहोरेको थिएन । सडकमा चलिरहेको हिऊँ–आँधीमा आँ गरेर मुख बाउँदै लरखराउँदै गयो । सेन्ट पिटर्सवर्गमा चल्ने प्रकारको आँधीले उसलाई सडक र चौबाटोमा चारैतिरबाट चसचस चिल्यो । क्षणभरमा उसको घाँटीमा चसक्क घोच्यो । ऊ एक शब्द निकाल्न पनि असमर्थ स्थितिमा घर पुग्यो । उसको घाँटी सुनिएको थियो, ऊ ओछ्यानमा पल्टियो । कहिले काहीँको जब्बर हप्काइ यति शक्तिशाली हुन्छ ।
भोलिपल्ट उसलाई बेसरी ज्वरो आयो । सेन्ट पिटसबर्गको जलवायुको कृपापूर्ण सहयोगले उसको बिमार अनुमान गर्न सकिनेभन्दा द्रुत गतिमा बढेर गयो र जब डाक्टर आइपुग्यो, उसले नाडी छाम्दा उसले के पायो भने सेकताप बाहेक गर्नुपर्ने अरू केही थिएन, किनभने बिरामीलाई औषधीको लाभकारी सहयोग बिना पूरै रूपमा छोड्न सकिने अवस्था थिएन । तर, त्यति नै बेला, डाक्टरले छत्तिस घण्टाभित्र बिरामीको जीवनको अन्त्य हुनेछ भनेर घोषणा गर्यो । त्यसपछि ऊ घरबेटी महिलातिर फर्कियो, र भन्यो, “र, तपाईँको सवालमा, उसका लागि समय खर्च नगर्नुस् । उसका लागि अब, सल्लाको एउटा लास राख्ने बाकस तयार गर्ने व्यवस्था मिलाउनोस्, किनभने, कटुसको बाकस उसका लागि महङ्गो पार्न जनेछ ।” अकाकिए अकाकिएभिचले यी जघन्य हब्दहरू सुन्यो ? र, यदि उसले ती शव्दहरू सुनेको भए, ती शब्दले उसमा कुनै प्रकारको उत्तेजनात्मक असर उत्मन्न गरे ? उसले उसको जीवनको कटुताबारे अनुभव गर्यो ?–– त्यो हामी जान्दैनौं, किनभने ऊ अचेत अवस्थामा थियो । उसमा दृश्यशक्ति तत्कालै देखापर्यो । प्रत्येक मानिस अरूहरू भन्दा नौलो थियो । उसले पेट्रोभिचलाई देख्यो, जसले उसलाई सधैँ ओछ्यानमा देख्थ्यो । उसले पेट्रोभिचलाई, चोरहरूका लागि केही धरापसहितको उसका लागि एउटा ओभरकोट बनाउन आदेश दियो । ऊ प्रत्येक क्षण घरबेटी महिलालाई कराएर घरबेटी महिलालाई खापेको एउटा लुगा एिकिदिन भन्थे । त्यसपछि उसले उसको नयाँ ओभरकोट हुँदाहुँदै त्यस ठाउँमा किन पुरानो पुरानो गाउन झुण्ड्याएको मनेर सोध्थ्यो । अर्को, उसलाई के लाग्यो भने ऊ विशिष्ट व्यक्तिको अगाडि उभिइरहेको थियो, विस्तारमा सबै कुरा सुनेपछि, “मलाई माफ गर्नुुस् महामहिम ” भनिरहेको थियो । तर अन्त्यमा उसले अत्यन्त अपमानजनक शब्द निकालेर यसरी गाली गर्न थाल्यो कि, उसकी घरबेटी वृद्ध महिला आफैले उसलाई रोकिन् । जति जति “महामहिम” शब्द पिच्छे शब्द थपिँदै गए, ऊ एकदम नराम्रा शब्दहरू निकाल्दै जान थाल्यो जुन ती वृद्ध महिलाले उसको जीवनभर उसबाट यस्ता शब्दहरू सुनेकी थिइनन् । पछि गएर उसले यस्ता शव्दहरू निकाल्न थाल्यो जसको कुनै किसिमको अर्थ लगाउन सकिँदैनथे । सबै भएको विशृङ्खलित शब्दहरू र विचारहरू, एउटा चिज, ओभरकोटबारे उसको दिमागमा चक्कर काटिरहेका थिए भन्ने कुराको प्रमाण थियो त्यो ।
२२.
अन्त्यमा विचरो अकाकी अकाकिएभिचको प्राणपखेरु उड््यो । उनीहरूले न उसको कोठा न त उसको व्यक्तिगत प्रयोजनका सामग्रीहरू नै बन्द गरे, किनभने, पहिलो कुरो, उसको कोही पनि हकदार थिएन; दोस्रो, एक बट्टा हाँसका प्वाँख र एक ताउ कार्यालयीय कागज, तीन जोर मोजा, उसको पाइन्टबाट झरेका दुई–तीनवटा टाँक र यस अघि नै पाठकलाई जानकारी भएको बाहुला विहीन बाहिर लगाउने कोटबाहेक अरू केही थिएन । यो कसमाथि आइपर्यो, दैव जानोस् । म के स्वीकार गर्छु भने जसले मलाई यो कथा भन्यो, उसले यस विषयमा चाख लिएन । उनीहरूले अकाकी अकाकिएभिचलाई लगे र गाडे ।
र, सेन्ट पिटर्सबर्ग, मानौँ कि अकाकी अकाकिएभिच त्यहाँ कहिल्यै पनि थिएन झैँ गरी, ऊ बिना छोडियो । एउटा जीव अदृश्य भयो, जो कसैको संरक्षणमा थिएन, कसैको प्रिय थिएन, कसैका लागि पनि चाखलाग्दो थिएन, र जसले मानव स्वभाव भएका ती विद्यार्थीहरू जो मामुली झिँगालाई समेत पिनले घोचेर सुक्ष्मदर्शक यन्त्रद्वारा परीक्षण गर्ने अवसर गुमाउँदैनन्, तिनीहरूको ध्यान आफूतिर तान्न समेत उसले कहिल्यै सकेन । एउटा जीव जसले विभागका खिसिट्युरी र उपहासपूर्ण व्यवहारलाई कुनै प्रकारको गुनासो नगरी सह्यो, र कुनै असामान्य कार्य नगरी उसको चिहानमा गयो, तर जसलाई त्यति हुँदा पनि, उसको जीवनको अन्तिम घडीमा एउटा ओभरकोटका रूपमा एउटा दिप्त पाहुना देखापर्यो, जसले उसको निरीह जीवनलाई क्षणिक रूपमा आनन्द प्रदान गर्यो, र जसमाथि त्यसपछि, जसरी यो जगतको सर्व–शक्तिमानमाथि आइपर्छ, त्यसरी नै, एउटा असह्य दुर्भाग्य ओर्लियो ।
उसको मृत्युको धेरै दिनपछि, उसलाई तत्कालै उपस्थित हुने आदेश सहित विभागबाट मुख्य हाकिमको आदेशमा एउटा चौकिदारलाई उसको बासस्थानमा पठाइएको थियो । तर चौकिदार, ऊ आउन सकेन भन्ने उत्तरसहित असफलतापूर्वक फर्कनु पर्यो; र “किन ?” भन्ने प्रश्नको उत्तरमा, “अँ, ऊ मरिसकेछ” भन्ने उत्तर दियो । यस किसिमले, तिनीहरूले तिनीहरूको विभागमा अकाकी अकाकीभितको मृत्युबारे, र भोलिपल्ट उसको ठाउँमा सिधा होइन, बरु अलि ढल्किएको र तेर्सा परेको हस्तलिपि भएको नयाा कर्मचारी बस्यो ।
तर यथार्थमा अकाकी अकाकिएभिचको जीवनको अन्त्य यो थिएन, र उसको मृत्युपछि, मानौ कि उसको अत्यन्त महत्त्वहीन जीवनको क्षतिपूर्तिका निम्ति एउटा होहल्ला मच्चाउन ऊ अभिशप्त थियो भनने कुरा कसले कल्पना गरेको थियो होला र ? तर यस्तै हुन गयो र हाम्रो कथाले अकल्पनीय रूपमा एउटा अतिशयोक्तिपूर्ण अन्त्य गर्दछ ।
२३.
तर हामीहरूले कुनै विशिष्ट व्यक्ति, जसलाई यस यथार्थ इतिवृत्तले लिएको अनौठो मोडको वास्तविक कारणका रूपमा लिन सकिन्छ, उसलाई बेवास्ता गरेका छौँ । सर्वप्रथम, विवेकले हामीलाई के कुरा स्वीकार गर्न बाध्य पार्छ भने, असहाय, पूर्ण रूपले उपेक्षित अकाकी अकाकिएभिचको प्रस्थानपछि उसले पश्चातापजस्तो केही अनुभव गर्यो । पीडा उसका निम्ति अप्रिय थियो, किनभने, उसको वास्तविक स्वत्व दृखाउन उसको पदले अक्सर रोक्थ्यो भन्ने तथ्यका वावजुद धेरै राम्रा इच्छा–आकाङ्क्षाहरूको लागि उसको हृदयमा स्थान थियो । उसको साथीले उसको बैठक कोठा छोड्र्ने वित्तिकै, उसले अभागी अकाकी अकाकिएभिचका विषयमा सोच्न थाल्यो, र त्यस दिनपछि, विचरो अकाकी अकाकिएभिच, जसले एकजना अधिकारीको हप्कीदप्की सहन गर्न सकेन, उसको मनमा प्रायः हरेक दिन संझना आउन थाल्यो । त्यस्तो सोचले उसलाई यस हदसम्म सतायो कि एक हप्तापछि, उसलाई वास्तवमा नै सहयोग गर्न सकिन्छ कि भन्ठानेर बुझ्नका लागि, उसले एकजना कर्मचारी पठाउने निर्णय गर्यो : र जब अकाकी अककिएभिच ज्वरोको कारणले अकस्मात् मरेको खबर उसलाई सुनाइयो, ऊ एकदम स्तब्ध भयो, उसले उसको अन्तस्करणको डँटाईलाई सुन्ने प्रयत्न गर्यो, र बाँकी पूरै दिनका लागि ऊ अत्यन्त खिन्न भयो ।
उसको मनलाई कुनै प्रकारले अन्यत्र मोड्ने चाहनाले, र अरू विचारलाई मनबाट हटाउनका लागि त्यो साँझ ऊ उसको एकजना साथीको घर जान हिँड्यो, जहाँ एउटा ठूलो जमघटको आयोजना गरिएको पायो उसले । काइदाको कुरा त के भयो भने त्यहाँ जम्मा भएका अधिकाङ्श मानिसहरू पदीय हिसाबबाट ऊ सरहका थिए जसबाट उसले कुनै प्रकारको असमञ्जस्यताको सामना गर्नु परेन । उसको मानसिक अवस्थामा यसको अत्यन्त राम्रो प्रभाव पर्यो । ऊ विस्तारित भयो, आफूलाई संवादमा मिलनसार बनायो, छोट्करीमा उसले एउटा आनन्ददायक साँझ व्यतित गर्यो । खानापछि उसले दुई गिलासजति स्याम्पेन पियो–– जस्तो कि सबैलाई जानकारी भएकै कुरा हो, मनोरञ्जनका लागि ठिक्को मात्रा थियो त्यो । स्याम्पेनको प्रभावले ऊ विविध प्रकारका जोखिमपूर्ण काम गर्न इच्छुक भयो : र ऊ घर नफर्कने, बरु जर्मन मूलकी एक महिला कारोलिना इभानोभ्ना, जससित उसको मैत्रीपूर्ण सम्बन्ध भएको देखिन्छ, त्यहीँ जाने निर्णय गर्यो ।
के कुरा उल्लेख गर्नैपर्छ भने विशिष्ट व्यक्ति तन्देरी थिएन, बरु ऊ एकजना असल पति र परिवारको आदरणीय पिता थियो । उसका दुईजना छोरा थिए, जसमध्ये जेठो चाहिँ अघि नै जागिरमा लागिसकेको थियो, र एउटी १६ वर्षकी, हेर्दा निकै राम्री, अलिकति माथितिर फर्केको, तर सानो सुन्दर नाक भएकी छोरी थिई जो प्रत्येक बिहान उसको हातमा चुप्पा खान आउँथी, र “शुभ प्रभात बाबा,” भन्थी । उसकी स्वास्नी अझै ताजा र हेर्दा पनि राम्री महिला थिई जसले चुप्पा खानका लागि पहिले आफ्नो हात दिन्थी र उसले चुप्प पारेपछि उसको अगाडितिर आफ्नो हात तेस्र्याउँथ्यो । त्यसपछि, ऊ पनि त्यसरी नै चुप्प पार्थी । तर, विशिष्ठ व्यक्ति, यद्यपि घरेलु सम्बन्धमा पूर्ण रूपमा सन्तुष्ठ थियो, सहरको अको छेउमा एउटी महिला साथी हुनु सुरुचिपूर्ण कुरा हुन्छ भन्ने ठान्दथ्यो । उसकी त्यो महिला साथी उसकी पत्नीभन्दा सायदै राम्री र तरुनी थिई, तर संसारमा यस्ता बुझ्न नसकिने पहेलीहरू छन्, र यो तिनीहरूबारे छिनोफानो गर्ने ठाउँ होइन । त्यसपछि विशिष्ट व्यक्ति भरेङ्बाट तल झर्यो । स्लेजगाडीमा चड्यो र कोचवानलाई भन्यो, “कारोलिना इभानोभ्ना ।” र, न्यानो ओभरकोटले आफूलाई विलासितापूर्वक बेरेर एकजना रूसीले प्राप्त गर्न सक्ने आनन्ददायक मानसिकता, जस्तो कि त्यसपछि कसैले आफ्नो बारे केही पनि सोच्दैन, उसले आफूलाई त्यस्तै अवस्थामा पायो, तथापि, जब ती विचारहरू एकभन्दा अर्को झन् बढी स्वीकारयोग्य भएर कसैलाई ती राख्ने कि हटाउने भन्ने विषयमा कुनै समस्या नपारी, कसैका मनमा आफ्नै किसिमले उब्जन्छन् । पूर्ण रूपमा सन्तुष्ट भएर, उसले भर्खरै बितेको रमाइलो साँझका सबै कुराहरू र सबै बुद्धिमत्तापूर्ण अभिव्यक्ति, जसले त्यो सानो वृत्तलाई हँसाएको थियो, ती सबै स्मरण गर्यो । तीमध्ये धेरैलाई उसले सानो आवाजमा दोहोर्यायो र तिनलाई पहिलाजस्तै विलकुलै रमाइला पायो । त्यसैले ऊ तिनीहरूप्रति हृदयदेखि नै हाँस्नुपर्छ भन्ने कुनै अनौठो कुरा होइन । तथापि, कताबाट हो खै, कति बेलामा कुन्नि ? एक्कासी आएको हावाको झोक्काले उसलाई बाधा दिइरहेको थियो । दैव जानोस्, उसको अनुहारमा कसरी काट्यो र हिउँका टुक्राहरू तिनमा कसरी बिलाए । एक्कासी त्यसलाई एउटा अलौकिक शक्तिका साथ, उसको टाउको माथि बिपत् ओइरियो र यसरी आफूलाई मुक्त गर्न नसकिने प्रकारको दुखको कारण बन्यो ।
२५.
विहिष्ट व्यक्तिले एक्कासी कसैले उसको कलरमा समातेको अनुभव गर्यो । फर्केर हेर्दा उसले पुरानो झुत्रो पोशाकमा, सानु जिउडाल भएको एकजना मानिस अनुभव गर्यो, र डर नमानीकन होइन, अकाकी अकाकिएभिचलाई चिन्यो । अधिकारीको अनुहार हिउँजस्तै चिसो भयो र ऊ एउटा मरेको मान्छे जस्तै देखियो । तर जब उसले मरेको मान्छेको मुख खुलेको र चिहानको तिव्र गन्ध अनुभव गर्यो, विशिष्ट व्यक्तिको मनमा छाएको आतङ्कले सीमा नाघ्यो, र लासले तपसिलको टिप्पणी गर्यो, “ए, अन्त्यमा तिमी यहाँ आइपुग्यौ ? मैले तिमीलाई भेट्टाएँ । ––कलरमा । मलाई तिम्रो ओभरकोट चाहियो । तिमीले मेरो ओभरकोटका विषयमा कुनै मतलव राखेनौ, तर मलाई डाँट्यौ, त्यसैले अब तिम्रो आफ्नै ओभरकोट देऊ ।”
पँहेलो भएको विशिष्ट व्यक्ति डरले लगभग मरेतुल्य भयो । जस्तो कि ऊ कर्मचारीहरू र आफूभन्दा तल्लो स्तरका मानिसहरूका अगाडि सामान्यतया बहादुर थियो, र यद्यपि उसको पुरुषोचित स्वरूप र रूपरङ्ग देखेर, प्रत्येकले भन्थे, “अहो ! यिनको विशेषता कति किसिमको छ !” यस सङ्कटमा अरू धेरै मानिसहरूजस्तै, बाहिरी रूपमा ऊ साहसी देखिन्थ्यो, यस्तो आतङक अनुभव गरेर कुनै कारण बिना ऊ डराउन थाल्यो र बिमारले उसलाई समात्यो । उसले हतारपूर्वक उसको ओभरकोट काँधबाट झिकेर हुर्र्यायो, उसको बग्गी चालकलाई हतारपूर्वक कराएर भन्यो, “एकदम तिव्र गतिमा घरतिर दौडाऊ !” गम्भीर अवस्थामा निस्कने स्वर सुनेर र त्यसमा पनि सुस्पष्ट रूपमा आफै कुनै कुराले घेरिएको उसले टाउको काँधमुनि झुकाएर कुनै सङ्कटकाल आएको हो कि झैँ गरी, घोडालाई कोर्रा लगायो र बग्गी बाँणझैँ उड्न थाल्यो । ६ मिनेटभन्दा अलिकति बढी समयमा विशिष्ट व्यक्ति उसको आफ्नो घरको प्रवेशद्वारमा पुग्यो । पहँलो, एकदम डराएको र ओभरकोटविहीन, ऊ कारोलिना इभानोभ्नाकहाँ जानुसट्टा, घर गयो, कुनै किसिमले उसको कोठामा पुग्यो र वेदनाले एकदम पीडित हुँदै रात गुजार्यो । भोलिपल्ट बिहान चिया खाने बेलामा उसकी छोरीले भनी, “आज हजुर धेरै मलिन हुनुहुन्छ बाबा ।” तर बाबु चुपचाप बस्यो, र उसलाई के विपत परेको थियो, ऊ कहाँ गएको थियो वा ऊ कहाँ जान चाहेको थियो त्यस विषयमा एक शव्द पनि बोलेन ।
वास्तवमा, कोलोभ्नाको एकजना चौकिदारले भूत एउटा घर पछाडिबाट आएको आफ्नै आँखाले देखेको थियो तर आफू शारीरिक रूपमा कमजोर भएको कारणले, उसले भूतलाई समात्ने साहस गर्न सकेन, तर अँध्यारोमा उसले अन्त्यमा चारैतिर हेरेर, रोकिएर, साथै जिउँदो मानिसमा कहिल्यै नदेखिनेजस्तो मुक्का देखाएर, “तिमी के चाहन्छौ ?” भनेर नसोधेसम्म चौकिदारले उसको पिछा गर्यो ।
यो घटनाले उसमा गहिरो प्रभाव पार्यो । उसले ऊ मातहतका कर्मचारीलाई “कसरी हिम्मत गरिस् ? तेरो अगाडि को उभिएको छ, तँलाई थाहा छ ?” भनेर निकै कम मात्रामा भन्न थाल्यो । र उसले यस्ता शव्दहरू उच्चारण गर्यो नै भने पनि विषयवस्तुको सम्बन्धमा बुझेर मात्र भन्न थाल्यो । तर सबैभन्दा उल्लेख्य कुरा के थियो भने, त्यस दिनदेखि मृत चिनोभ्नीकको भूत देखिन छाड््यो । स्पष्ट रूपमा, विशिष्ट व्यक्तिको ओभरकोट उसको काँधमा ठीक भयो; त्यसपछिका कुनै घटनामा मानिसहरूका काँधबाट उसले ओभरकोट तानेका अरू खबरहरू सुनिएनन्, तर धेरै सजग र चिन्तित व्यक्तिहरूले कुनै तरहले आफैलाई विश्वास दिलाए, र मरेको चिनोभ्निक शहरको टाढातिरका भागमा अझै देखिन्छ भन्ने दाबी गरे ।
२६.
वास्तवमा, कोलोभ्नाको एकजना चौकिदारले भूत एउटा घर पछाडिबाट आएको आफ्नै आँखाले देखेको थियो तर आफू शारीरिक रूपमा कमजोर भएको कारणले, उसले भूतलाई समात्ने साहस गर्न सकेन, तर अँध्यारोमा उसले अन्त्यमा चारैतिर हेरेर, रोकिएर, साथै जिउँदो मानिसमा कहिल्यै नदेखिनेजस्तो मुक्का देखाएर, “तिमी के चाहन्छौ ?” भनेर नसोधेसम्म चौकिदारले उसको पिछा गर्यो । त्यसपछि “यो कुनै महत्त्वको छैन” भन्यो र तत्कालै पछाडि फर्कियो, तर भुत एकदम अग्लो थियो र त्यसका जुँगा ठूला थिए, र त्यसका पाइला, स्पष्ट रूपमा, ओबुखोफ्फ पुलतिर सोझ्याएर ऊ रातको अँध्यारोमा बिलायो ।