गीता बजगाईं अमेरिकामा बसेर साहित्यसेवा गरिरहेकी प्रतिभा हुन् । उनी हाल अमेरिकाको क्यार्लिफोर्नियाको सिलिकन भ्यालीमा बसोबास गर्छिन् । उनको जन्म नेपालको गोरखामा भएको हो । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कोरोना शीर्षकको कविता समेटिएको छ । यस कविताले कोरोनाकहरले मानवमाथि निम्त्याएको विपत्तिलाई प्रस्तुत गरेको छ ।
– सम्पा. |
न फाले है कोभिड अब विषहरू यो सहरमा
म ता खै के लेखूँ गजलकविता बाँच्छु डरमा
किरा साना जस्तै मरण जनको भो शवहरू
न सम्झे है आमा फगत सपना हो बुझ वरू ।
नपर्खी कामैमा सहजसित पुग्दै र घरमा
नफर्कन्छन् कैल्यै सलसल बगेका हलरमा
सिनेमाको जस्तो दिन दिनहरू छन् कहरमा
नरोए व्यर्थैमा क्षितिजतिर हेर्दै समयमा ।
थिए जो जो राम्रा समय गतिले उल्टिन गए
भयो गाथा राम्रा शिशिर रितु झै पत्झर भए
रहे खोक्रा नारा अलमल भएको गणितको
हरायो त्यो के भो अझ पनि सताइरहेछ यो ।
भयो मागीखाने मनुज अरूमै निर्भर भयो
छ यो हावा पानी अनुकुल अझै जीवित छ यो
लुकामारी जस्तो तनमन सबैको छल भयो
विधाताले आफ्नो समय दरिलो पस्किन गयो ।