आकाश अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिएको छ । उनी युवा पुस्ताका सक्रिय स्रष्टा हुन् । उनले कविता, गीत, जगल र नाट्य विधामा कलम चलाउँदै आएका छन् । यहाँ उनको ‘यो समय’ शीर्षकको कविता समेटिएको छ । यस कविताले समसामयिक समस्याहरूलाई निकै विम्बात्मक रूपमा प्रस्तुत गरेको छ ।
-सम्पा. |
भिमसेन थापाको स्तम्भ भत्कियो !
सहिदको शालिक चर्कियो !
जुद्द शमशेरको घोडाको टाँप खिइसक्यो !
मुर्दा घरको लास उठेर !
टुँडिखेलमा परेड खेलिरहेको यो समयमा !
लाखौं मान्छेहरू रेलिङ्ग भाचिरहेका छन् !
×××
बुद्ध गोल घरमा थुनिएपछि !
न्यायालयभित्र सीता बलात्कृत भएकी छ्न् !
शीतल निवास मदिरामा लठ्ठिएर !
तमाशा हेरिरहेको छ !
भर्खरै उठेको सेतो स्तम्भ !
अहङ्कारको नग्न नृत्यमा झुमिरहेको छ !
कोतपर्वको भीषण तयारीमा !
नारायणहिटी लिलाम भएको छ !
मेलम्ची उर्लिएर रानिपोखरी भरिएपछि !
श्रमिकहरू दरवार छिरेकाछन् !
त्येसैले त आजकल !
सडकभरि मुर्दाबाद गुन्जिएको छ !
×××
चेत् खुस्किएपछि मुर्कट्टा साम्राज्यमा !
हजारौँ हिटलरहरू !
साउथ इन्डियन फिल्मी शैलीमा !
जन्माउँदै छन् र हुर्काउँदै छ्न् !
झुँसिलकिराका लार्भाहरू !
अनि यास मेनहरू !
त्येसैले त हेर्नुस् !
यो समय !
भुमिगत भएको छ !
विश्व श्रमिक दिवसका दिन !
श्रमजिवीको चिरहरण भएको छ !
×××
आकाश अधिकारी–तनहुँ ०७८/१/१८