गीता सापकोटा युवा पुस्ताकी कवि एवम् समीक्षक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा प्रस्तुत भइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको‘ नेपाल हेरे पुग्छ’ शीर्षकको गीतिकविता समेटिएको छ । यस कविताले नेपालको प्रकृति, संस्कृति र अन्य मौलिक विषेतालाई विषय र विम्ब बनाएर देशभक्तिभाव अभिव्यक्त गरिएको छ ।
-सम्पा. |
कोइलीले गीत गाउँछ, खोला सङ्गीत भर्छ
झरना र पहाड पर्वत उमङ्गले नाच्छ
तराईले भोक मेट्ट हिमाल तिर्खा मेट्छ
कस्तो हुन्छ स्वर्ग हेर्न नेपाल हेरे पुग्छ ।
गुराँसको मुस्कानले विश्व लोभ्याउँछ
गोरसले फलफूलले चिरञ्विजी पार्छ
पहाडबाट छहराले धर्ती बिउँझाउँछ
हिमाल मैदान, समुद्रको नाता नदी जोड्छ
कस्तो हुन्छ स्वर्ग हेर्न नेपाल हेरे पुग्छ ।
गोधुलीमा रमाउँदै पन्छी नृत्य गर्छन्
पँधेर्नीले जल अर्घी दीप जलाउँछन्
वरिपरि पहाडकी चुली राती हुन्छिन्
जीवनजन्तु मानवमा आशीर्वाद दिन्छिन् ।
प्रकृतिको उपहार प्यारो मेरो देश
कस्तो हुन्छ स्वर्ग हेर्न नेपाल हेरे पुग्छ ।
कस्तूरीको वासनाले संसार मग्मगाउँछ
वनचरीको गायकीले संसार लठ्याइदिन्छ
यति सुन्दर देश साथी अन्त होला कहाँ
देश छोडी अन्त जाँदा, मैले जानु कहाँ ?
संस्कृति र सम्पदाको खानी मेरो देश
पकस्तो हुन्छ स्वर्ग हेर्न नेपाल हेरे पुग्छ ।