गीता खत्रीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी साङ्गठनिक एवम् सिर्जनात्मक दुवै रूपले नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाजको नेतृत्व गरिसकेकी खत्री निकै राम्रा कविता सिर्जना गर्छिन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘अस्तित्व’ शीर्षकको कविता समेटिएको छ । यस कविताले विश्वमा मच्चिन लागेको तेस्रो विश्वयुद्धको सन्त्रासलाई मूल विषयवस्तु बनाइएको छ ।-सम्पा. |
यति सुन्दर बगैँचालाई
को होला उजाड पार्न खोजिदिने
संसार नै के हुनेछ
यस्तै तँछाड मछाड हुने हो भने
यो संसार कस्तो होला
त्यो दिन मरुभूमिझैँ उजाडियो भने ।
मात्र एक चोटि गर
सुन्दर शान्त दृष्यको परिकल्पना
त्यसभित्र तिमीहरू मौलाउँदै जानेछौ
मात्र एक पल्ट गर
हरियो वसन्त ऋतुको परिकल्पना
त्यसभित्र तिमीहरू पलाउँदै जानेछौ ।
पहिलो दोस्रो विश्वयुद्धको
परिणाम त थाहा नै छ
ए, रक्त पिपासु मान्छे हो
फेरि किन
तेस्रो विश्वयुद्ध निम्त्याइरहे छौ ?
आफ्नै मिठा कल्पनाहरू
आपैmले किन मारिरहे छौ
सुन्दर सिर्जनाहरू
फेरि किन निमोठ्तै छौ
किन अस्तित्व मेटाउन खोजिरहेछौ ?