पेशल आचार्य आफ्नो पुस्ताका सफल कवि एवम् निबन्धकार हुन् । उनको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको झन्डाको अर्जी शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपालमा केही अराजक समूहले राष्ट्रिय झन्डा जलाएको घटनालाई टिपेर राष्ट्र र राष्ट्रियताप्रति चासो र चिन्ता प्रकट गरेको छ ।
-सम्पा.
|
र यसरी एकान्तमा
मेरो चन्द्रसूर्य अङ्कित झन्डाले गुनासो गर्यो
म देशकै परिचयको प्रस्थान विन्दु
जीवनको रक्तसञ्चार
इतिहासको रक्षक
र सभ्यताको रातो टीका
वैश्विक विविधाकृति र प्रकृतिका झण्डाबीच
अझै मेरो आकार, विम्ब र रङ्ग अद्वितीय छ
मैले यो माटोलाई
सहस्राब्दीदेखि परिचयको सयपत्री पहिर्याएँ
आदरको मखमलीले दण्डवत् टक्य्राएँ
र सहस्र नमन गरेँ
मैले यहाँका जनता÷जनाद्र्धनलाई
शूर, वीर र लडाकुको पगरी पनि गुथाएँ
ऐतिहासिकता
धार्मिकता
दुवैको समन्वयमा ओजपूर्ण
इतिहास रचेँ
र पुर्खाको नासो हस्तान्तरण गरेँ
संहिता र ग्रन्थलाईसमेत पुष्टि दिलाएँ
अहिले आएर मेरो कायामाथि
आगो झोस्ने काम भयो
निरुत्तर भई सत्ताका मुखियाहरूले हेरिरहे
नाजवाफ भई देशका पहरेदारहरूले पनि सहिरहे
म बल्दा कसैको मन बलेन
म जल्दा कसैको पनि मुटु जलेन,के अब यसैगरी मानवीय संवेदना
क्रमशः मर्दैमर्दै गएको हो ?
के अब यसैगरी प्राग्ऐतिहासिक गौरवले
शिर निहुराउँदै जानु पर्ने हो ?
धेरै छन् मेरा गुनासाहरू
धेरै भए मेरा अनुनयहरू
यो देशमा कुनै शिखर व्यक्तित्व छ भने
देखाइदिनुहोस् ए ! स्वतन्त्रताप्रेमीहरू !!
म मेरो गौरव बँचाउन
कहाँकहाँ गएर अर्जी गरौँ ?
कसकसलाई गएर फिराद दिऊँ ??
मेरो चन्द्रसूर्य अङ्कित झन्डाले गुनासो गर्यो
म देशकै परिचयको प्रस्थान विन्दु
जीवनको रक्तसञ्चार
इतिहासको रक्षक
र सभ्यताको रातो टीका
वैश्विक विविधाकृति र प्रकृतिका झण्डाबीच
अझै मेरो आकार, विम्ब र रङ्ग अद्वितीय छ
मैले यो माटोलाई
सहस्राब्दीदेखि परिचयको सयपत्री पहिर्याएँ
आदरको मखमलीले दण्डवत् टक्य्राएँ
र सहस्र नमन गरेँ
मैले यहाँका जनता÷जनाद्र्धनलाई
शूर, वीर र लडाकुको पगरी पनि गुथाएँ
ऐतिहासिकता
धार्मिकता
दुवैको समन्वयमा ओजपूर्ण
इतिहास रचेँ
र पुर्खाको नासो हस्तान्तरण गरेँ
संहिता र ग्रन्थलाईसमेत पुष्टि दिलाएँ
अहिले आएर मेरो कायामाथि
आगो झोस्ने काम भयो
निरुत्तर भई सत्ताका मुखियाहरूले हेरिरहे
नाजवाफ भई देशका पहरेदारहरूले पनि सहिरहे
म बल्दा कसैको मन बलेन
म जल्दा कसैको पनि मुटु जलेन,के अब यसैगरी मानवीय संवेदना
क्रमशः मर्दैमर्दै गएको हो ?
के अब यसैगरी प्राग्ऐतिहासिक गौरवले
शिर निहुराउँदै जानु पर्ने हो ?
धेरै छन् मेरा गुनासाहरू
धेरै भए मेरा अनुनयहरू
यो देशमा कुनै शिखर व्यक्तित्व छ भने
देखाइदिनुहोस् ए ! स्वतन्त्रताप्रेमीहरू !!
म मेरो गौरव बँचाउन
कहाँकहाँ गएर अर्जी गरौँ ?
कसकसलाई गएर फिराद दिऊँ ??