गीता सापकोटा कविता र आख्यान दुवैतर्फ कलम चलाउँदै आएकी प्रतिभा हुन्। उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। यहाँ उनको ‘नेपाल’ शीर्षकको कविता समेटिएको छ। यस कविताले प्राकृतिक विम्बमा देश भक्तिको भाव व्यक्त गरेको छ।
-सम्पा. |
कोइलीले गीत गाउँछ, खोला सङ्गीत भर्छ
झरना र पहाड पर्वत उमङ्गले नाच्छ
तराईले भोक मेट्ट हिमाल तिर्खा मेट्छ
कस्तो हुन्छ स्वर्ग हेर्न नेपाल हेरे पुग्छ ।
गुराँसको मुस्कानले विश्व लोभ्याउँछ
गोरसले फलपूmलले चिरञ्विजी पार्छ
पहाडबाट छहराले धर्ती बिउँझाउँछ
हिमाल मैदान समुद्रको नाता नदी जोड्छ ।
गोधुलीमा रमाउँदै चरी नृत्य गर्छन्
पँधेर्नीले जल अर्घी दीप जलाउँछिन्
वरिपरि पहाडकी चुली राती हुन्छिन्
जीवजन्तु मानवमा आशीर्वाद दिन्छिन् ।
कस्तुरीको वासनाले संसार तानिदिन्छ
वनचरीको गायनले संसार भुलाउँछ
यति सुन्दर देश साथी अन्त कहाँ होला
देश छोडी अन्त जाँदा, मैले जानु कहाँ ?