विमल गिरी समकालीन मुक्तककारका रूपमा परिचित छन् । साहित्यसागरमा उनको परिचय समेटिइसकेको छ । विमल गिरी आफ्ना मुक्तकमा श्यामव्यङ्ग्यको प्रयोग गरिरहेका हुन्छन् यहाँ उनको आस नगर शीर्षकको मुक्तक समेटिएको छ । यस मुक्तकले विचार परिवर्तन हुन्छन् तर यथार्थ परिवर्तन हुँदैन भन्ने अर्थमा कागती र सुन्तलाको विम्ब प्रयोग गरेर एउटा काम गरेर अर्को फल नपाइने विचार अभिव्यक्त गरेको छ । -सम्पा. |
मेरा मन मस्तिष्कमा भो वास नगर
विचारको दरिद्र भो पर्दाफास नगर
विचारहरू त निरन्तर परिवर्तन हुन्छन्
सुन्तला रोपेर कागतीको आस नगर ।