निर्मल पराजुलीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी जुनसुकै विषयमा सहज र सम्प्रेष्य मुक्तक रचना गर्छन् । प्रस्तुत शृङ्खलामा समेटिएको मुक्तकले खुसीका विषय र विम्बमा विवशताको उद्घाटन भएको छ ।
-सम्पा. |
म हुँ मासु पसलको अगाडि, बाँधियको निर्दोष खसी
आफु जस्तै साथी काट्दा, हेर्छु रुँदै चुपचाप बसी
मान्छे आउछन् आन्द्रा भुडी, टाउको खुट्टा मासु माग्दै
मेरो पनि काल आउदैछ, राखिराछन दाम्लोले कसी ।