चिराग भण्डारी नेपाली साहित्यमा विविध ढंगले समर्पित प्रतिभा हुन् । चितवनलाई कर्मभूमि बनाएर साहित्य सेवा गरिरहेका चिरागको बालकविता भूकम्प साहित्यसागरको प्रस्तुत शृंखलामा समेटिएको छ । यस कविताले बालसुलभ परिवेशमा भुइँचालोको परिचय प्रस्तुत गरेको छ । -सम्पा. |
भन्नुहोस् न किन ? आमा हल्लिएका घर,
नआत्तिन भन्नुहुन्छ डर लाग्छ तर ।
स्कुल, चहुर, रुख, बाटो हल्लिए बेसरी,
भन्नुहोस् न यसबाट बच्ने हो कसोरी ?
माटोमुनि धरतीमा चट्टान हुन्छ भन्छन्,
केही वर्ष अन्तरमा ती चल्मलाउॅछन् ।
चट्टानहरु एक आपसमा ठोकिइन्छन् जब,
हल्लिएका जमिनसॅग डराउॅछौॅ सब ।
अर्को कारण भूकम्पको ज्वालामुखी पनि,
भित्रभित्रै तातेपछि विस्फोट हुन्छ नि ।
ज्वालामुखी फुट्न खोज्दा हुन्छ भित्र हलचल,
जमिनमाथि बस्ने हामी गर्न थाल्छौॅ खलबल ।
‘भू’ भनेको जमिन ‘ ‘कम्प’ भन्या काॅप्नु,
खुल्ला ठाउॅमा जानुपर्छ थाहा पाइराख्नू ।
कसैगरे घरभित्रै बस्नु पर्यो भने,
नहडबडाइ टेबल वा खाटमुनि पस्ने ।
यस्तो बेला चनाखो भक्षक्षई बस्नु पर्छ हेर,
अलमल गरी समय नफाल्नू है खेर ।