प्रकाश बस्नेत गफाडी विविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनले विविध विधाका कृति निकालेका छन् । बहुुविधामा कलम चलाए पनि उनी मुक्तककारका रूपमा बढी परिचित छन् । उनका फूल नझरेकै राम्रो (गजलसंग्रह २०७०), भाइरसहरू ( कथासङ्ग्रह २०७२), हजारको नोट (मुक्तकसङ्ग्रह २०७६) आदि कृति प्रकाशित छन् । उनी कवितासङ्ग्रहको तयारीमा रहेको बुझिएको छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मान्छेबाटै मान्छेको’ बोलको मुक्तक समेटिएको छ । यस मुक्तकले मानवताको खोजका साथै समर्पणको भाव अभिव्यक्त छ । -सम्पा. |
मान्छेबाटै मान्छेको चोला हराउँछ
यसरी जिन्दगीको झोला हराउँछ
हजुरमै हराउँने रहर छ मेरो
जसरी नदीमा खोला हराउँछ॥