झाँक्रीखोले (पूरा नाम यादवप्रसाद अधिकारी) नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित व्यक्तित्व हुन् । उनी पछिल्लो समय निरन्तर कविता साधनामा लागिरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको पोखिन्छ दुख्ने मन’ शीर्षकको भव प्रधान कविता समेटिएको छ । -सम्पा. |
छातीभित्र भरिन्छ दुःख अथवा स.वेग पाथीसरि
माया रोष घृणा प्रलोभन अझै शत्रुत्व ईर्ष्याभरि
भाँडो टिल्पिल भैसकेपछि तलै झर्ने प्रथा जे छ यो
जे ऋाट्तैन थपक्क पोख रस त्यो रोकेर निन्द्रा गयो ।
बम्बम् आरिसमा नथप्नु घिउ झन् ज्वालो निभोस् ध्वाउने
उत्साही मन बोल बग्नु छ छिटो सद्भावना ल्याउने
हेला गर्न मिलेन पोइ न जुँगा ठानी नहेपेस् वर
पाथी चुल्लिनु छैन फुर्फुर जतै सम्वेग रोक्ने गर ।
मान्छेको मन पग्लिएर नुनिलो आए झरोस् तल्तिर
कस्तै शोक दशा झरोस् तर उँधो झुक्नै नपाओस् शिर
पाथी गुम्बज घट्छ अन्न थपिए पोखिन्छ बाली बन
तिघ्रामाथि पिँडो नथप्नु बरु ए ! एलटी गराऊ मन ।
पोख्ने धर्म त शान्ति हो पिर हुँदा आक्रोश पोख्ने गर
पोख्नै मुस्किल ठान्दछौ यदि भने झन् बाघ तिम्रो डर
लोभी चित्त नपार्नु राल नझरोस् कुर्सीविना ए हरे !
पाथी मानु भरिन्छ चुल्लिन दिनू टुप्पी नकाट्नू भरे ।
स्नेही चित्त भए प्रभाव छ जहाँ तानिन्छ प्यारो मन
फाटेको दिल हो चिसो र चिथरो हो द्रव्य तातो मन
पग्लेको रस पोखियोस् तल बगोस् रित्तो बनोस् यो मन
रित्तो जे भरिने छ यो हृदयको पोखिन्छ दुख्ने मन ।
झापा