दिल पौडेल युवा पुस्ताका सक्रिय स्रष्टा एवम् साहित्यसेवी व्यक्तित्व हुन् । उनले विभिन्न कृतिको प्रकाशन र संस्थाहरूमा रहेर साहित्यसेवा गरेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको ‘ढुसी’ शीर्षकको कविता समेटिएको छ । यस कविताले वैचारिक विचलनका पक्षलाई ढुसीका विम्बमा अभिव्यक्त गरेको छ । -सम्पा. |
जीवनको उत्पति शानदार भए पनि
दुर्भाग्यवश ,
अपेक्षित नतिजा हात पार्न सकिएन
मलाई कुरीकुरी लागिरहेछ
उच्चस्तरको चुनौतिसँग
पुस्तौं– पुस्ताले कहिले नबिर्सिने गरी
विश्व–ब्रम्हाण्डलाई टक्कर दिने
मेरा सपनाहरूलाई
ठुलै अन्तरले पराजित गराए
तमाशावादी र अतिवादीहरूले
भुङ्ग्रोमा मट्टितेल हालेर
निर्लज्ज तरिकाले
विचार, निष्ठा, आदर्शमा
जीवनभर आक्रमण गरिरहे ।
जीवन खेल मैदानको सङ्घर्ष रहेछ
ब्याटिङ, बलिङ.,फिल्डिङ,
भूमिका अनेक छन् – समय– समयका
मलाई लाग्छ–
भाषणवाजहरूले ’टस’ जितेर
‘ओपेनिङ. ब्याटिङको मौका लगातार पाइरहे,
’विकेट’ झार्न असफल रहे –मेरा चाहनाहरू
त्यसैले , मैदानमा पराजयको फराकिलो अन्तर देखाए
यद्यपि आवश्यक्ताहरू ’ रनिङ गर्दै रहे,
लक्ष्यको बलि चढाउन सक्दिन– म
मेरा मूल्य– मान्यतामाथि
चौका÷ छक्का प्रहारगर्नेलाई
मैले ’ डाइभिड. क्याच” गर्न चाहिन
तसर्थ, समुहचरणदेखि फाइनलसम्म
पुग्ने ‘ टार्गेट मिट” हुन सकेन
प्रशिक्षण लिने पनि रुचि भएन
चुनौतिमाथि चुनौति अविजित रहे
मलाइ लाग्दछ –
जीवनमा असङ्ख्य प्रतियोगिता चलिरहन्छ
ढिलो– चककाडो मेरा पराजयहरूले
राम्रेसंग आकाङ्क्षाका वर्तमानमाथि
विजय हासिल गर्नेछ
कहिल्यै ‘ सर्ट पिच” मा खेल्नु पर्ने
कहिल्यै ‘लङ पिच” मा नाककघ्दै गरेको
बल ’ क्याच” गर्न – फिल् बाहिरै कुद्नु पर्ने
लयमा फर्किनै दिएनन् – दुष्टहरूले
यस्तै क्रममा
बल ‘ डाइभ ‘ भई ‘ स्टम्पआउट’ मा परेको
मेरो सत्य देखेर केयौ पटक
रंगङ्शालामा शन्नटा छाएको छ
लाग्दछ –
उमेरगत कुतूहलताहरू ‘पेभेलियन “ फर्किसके
पूरा ओभर खेल नसकिँदै
जीवनमा विरोधीहरूले
शतकमाथि शतक प्रहार गरि स्कोर बढाए
ती अद्भुत् पात्रलाई थाहा छ–
असल मान्छे नै पराजित हुन्छन्
पराजितसँग नै सकारात्मक र तारिफयोग्य
पक्ष रहन्छन्
यसरी, मेरा ज्ञान, चेतनाहरूलाई
शून्यमै ‘ अलमल्याउँछ” गराए
जिजीविषा लागिरहेछ – अझै
‘यंग्री योंग म्यान”को ‘ लुक्स” मा
राज्यसँग बगावत गर्दै
शानदार मसिहाको जीवन
शुरुवात गर्न मिल्दैन ???