नारायण नेपाल नेपाली साहित्यमा सुपरिचित प्रतिभा हुन् । उनको कलम मूलतः कवितात्मक उपविधमा चलिरहेको छ । रचना गरिरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको प्रेमिल गीत ‘हे भगवान’ समेटिएको छ । यस गीतले भजनका शैलीमा नायिकाप्रतिको नायक आकर्षणलाई अभिव्यक्त गरिएको छ । -सम्पा. |
माया देखेपछि मेरो एउटै छ है ध्यान,
“कति फुर्सदमा थिए भगवान ! ?“
सुराहीको जस्तो रूप हेरिरहूँ लाग्ने !
उनीलाई नै अङ्गालामा बेरिरहूँ लाग्ने !
छक्कपर्छु देखेर उनको जिउज्यान,
कति फुर्सदमा थिए भगवान ! ?
हे भगवान…..
कति फुर्सदमा थिए भगवान ! ?
रहरका भङ्गालाको मूल बनाइदिने,
प्याङ्खरे यो काँढालाई नि फूल बनाइदिने !
लाग्छ उडाऊँ उनी र म कल्पनाको यान,
कति फुर्सदमा थिए भगवान ! ?
हे भगवान…..
कति फुर्सदमा थिए भगवान ! ?
राम्रो लाग्न थालेको छ उनको आनीबानी !
स्वप्नील त्यो मुस्कानमा म छु पानीपानी !
छिटो भेटी प्रस्ताव गर्ने भएको छ ज्ञान…
कति फुर्सदमा थिए भगवान ! ?
हे भगवान…..
कति फुर्सदमा थिए भगवान ! ?
भोजपुर