SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » नेपाली साहित्यको विश्वकोशउन्मुख ग्रन्थ : जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास
सम्पादकीय

नेपाली साहित्यको विश्वकोशउन्मुख ग्रन्थ : जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास

Sahitya SagarBy Sahitya SagarSeptember 28, 2023Updated:October 9, 2023No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाली साहित्य परम्परामा हुँदै आएका गहन र गहनतम् कार्यहरू औँलामा गन्न सकिने छन् । त्यस्ता कार्यमध्ये जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास कृति योजना एक हो । यस योजनाका कृति शृङ्खलाको चौथो ठेली भर्खरै प्रकाशन भएको छ । यस ठेलीमा नेपाली पद्य र बालसाहित्यका विधा उपविधालाई समेटिएको छ । पद्य विधामा गीत, कविता, काव्य र महाकाव्यको इतिहास समेटिएको छ । त्यस्तै बालसाहित्यको इतिहासमा समग्र बालसाहित्यको इतिहास समेटिएको छ ।

जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (चौथो ठेली) कृति डा. माधवप्रसाद पोखरेलको प्रधान सम्पादकत्वमा प्रकाशनमा आएको छ । यसपूर्व यसै शीर्षकका अन्य तीन वटा ठेली सार्वजनिक भइसकेका छन् । यस चौथो ठेलीमा पाँच जना लेखकले सम्बन्धित विधाको सारभूत परिचयसहित मूलतः अद्यावदिक इतिहास तयार गरेका हुन् ।

प्रस्तुत ग्रन्थमा नेपाली आधुनिक गीतको इतिहास डा. वेनी जङ्गम रावलले, नेपाली खण्डकाव्यको इतिहास डा. देवी नेपालले, आधुनिक नेपाली कविताको इतिहास डा. लक्ष्मणप्रसाद गौतमले, नेपाली महाकाव्यको इतिहास डा. कृष्णराज अधिकारीले र नेपाली बालसाहित्यको इतिहास प्रमोद प्रधानले लेखेका छन् । यी सबै अध्येताहरू सम्बन्धित विधाका विषेशज्ञ पनि हुँदा सम्बन्धित विधाका अध्येताका लागि यो ठेली बहुउपयोगी ग्रन्थ बनेर आएको छ ।

जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास कृति A4 आकारमा जम्मा ११४४ (११३३.७.४) पृष्ठमा रहेको छ । यस ग्रन्थ योजनाका सबै कृतिहरू यस्तै बृहत् आकारमा आइरहेका छन् । यस इतिहास ग्रन्थका परिकल्पनाकार साहित्यकार कमल दीक्षित (१९८६–२०७३) हुन् । उनको परिकल्पनाअनुसार यस ग्रन्थका दुई वटा ठेली कमलमणि प्रकाशनबाट प्रकाशनमा आएका थिए । त्यसपछिका ठेलीलाई अन्य प्रकाशनबाट प्रकाशनमा ल्याइँदै छ । समग्रमा यस ग्रन्थयोजनाका पाँचवटा ठेली प्रकाशनको योजनामध्ये यो एक हो ।

प्रस्तुत बृहत् ग्रन्थ शृङ्खलाका प्रधान सम्पादक डा. माधव प्रसाद पोखरेल हुन् भने कार्यकारी सम्पादक डा. चूडामणि बन्धु र डा. दयाराम श्रेष्ठ हुन् । यस ग्रन्थको प्रकाशकीय मन्तव्यमा कुन्द दीक्षितले नेपाली वाङ्मयका क्षेत्रमा निरन्तर लाग्ने अध्येताहरूको सहयोग र सद्भावले यो ग्रन्थ प्रकाशन गर्न सम्भव भएको जनाएका छन् (पृ. क) । यस ग्रन्थयोजनामा थुप्रै साहित्येतिहासकार एवम् लेखकहरू समेटिएका छन् । सम्पादकीय मन्तव्यमा प्रधान सम्पादक माधवप्रसाद पोखरेलले यस ग्रन्थ योजनाका लेखकहरू भेटेसम्म सम्बन्धित विषयकै अनुसन्धाता रहेकाले यस इतिहासलाई नेपाली भाषा र साहित्यको आधिकारिक विश्वकोशीय इतिहास बनाउने लक्ष्य रहेको बताएका छन् (पृ. ग) । यस महान् प्राज्ञिक कर्मको योजना र कार्यान्वयनका साथै सहभागी सबै लेखकको प्रयत्न त्यत्तिकै उल्लेख्य रहेको छ ।

नेपाली साहित्यका र अझ वाङ्मयकै इतिहासमा यति बृहत् नेपाली साहित्यको र अन्य विधाको पनि इतिहास संस्थागत र व्यक्तिगत दुवै रूपले यसअघि लेखिएको थिएन । यस दृष्टिले यो एउटा ऐतिहासिक काम बन्न गएको छ । यो एक किसिमको साहित्येतिहासको विश्वकोशउन्मुख कार्य बनेको छ । यसको पूर्ण मूल्याङ्कन अहिले नै गरिहाल्न हतारो हुन्छ । समग्र ग्रन्थ प्रकाशन भइसकेपछि नेपाली साहित्यको कुन पाटो छुटेको छ ? साहित्यको र साहित्येतिहासको कुन पाटो कमजोर बनेको छ भनी मूल्याङ्कन गर्न सकिन्छ । आजसम्म आएका ग्रन्थहरू आफैमा पूर्ण बनेर आएका छन् ।

प्रस्तुत ग्रन्थमा ’आधुनिक नेपाली गीतको इतिहास’ डा बेनी जङ्गम रावलले लेखेकी छन् । रावलले आधुनिक नेपाली गीतको पृष्ठभूमि, प्राचीन परम्परा हुँदै आधुनिक नेपाली गीत गायनको विकास र विस्तारका दृष्टिकोणले गीत रेकर्ड १९६५ बाट मानेर प्रतिनिधि कलाकारहरूका प्राप्त गीत, सङ्गीत गायनलाई अध्ययन, अनुसन्धानबाट प्राप्त साङ्गीतिक, प्रायोगिक पक्षसमेत छुट्टाछुट्टै विवेचना गरेर प्रस्तुत गरेकी छन् । नेपाली साहित्य परम्परामा गीतको इतिहास नलेखिइरहेका सन्दर्भमा प्रस्तुत खण्ड नेपाली गीतको इतिहास र काल विभाजनका दृष्टिले पनि उल्लेख्य छ । यसले प्राचीन गीत सङ्गीत परम्परादेखि आधुनिक गीत सङ्गीतको परम्परालाई यथासक्य समेटेको देखिन्छ ।

प्रस्तुत बृहत् ग्रन्थमा ‘आधुनिक नेपाली कविताको इतिहास’ डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन् । उनले करिव तीन हजार कविका कविता कृतिको अभिलेखन गरेको दावी गरेका छन् । उनले आफ्नो खण्डको भूमिकामा करिव तीन हजार जति कविहरूका कविता सङ्ग्रह नै प्रकाशन भएको र अरू सयौँ हुन सक्ने सूचना दिएका छन् (पृ. १६७) । यस खण्डमा कविताको सैद्धान्तिक स्वरूप, आधुनिकता र आधुनिक नेपाली कविता, आधुनिक नेपाली कविताको पृष्ठाधार (परिष्कारवादी धारा १९७५ देखि) हुँदै स्वच्छन्दतावादी धारा (१९९१ देखि), प्रगतिवादी धारा (२००८ देखि), प्रयोगवादी धारा (२०१७ देखि), समसामयिक धारा (२०३६ देखि र उत्तरवर्ती चरण (२०६३ देखि) मानेर सोही कालका कवि र कविताको चर्चा गरिएको छ । यस खण्डले ग्रन्थको ठुलो अंश (पृ. १६५ –७३६ सम्म) समेटेको छ । यस ग्रन्थको एक प्रमुख खण्ड बनेर कविताको इतिहास रहेको छ र यसले नेपाली कविता परम्पराका बहुआयामलाई समेटेको छ ।

प्रस्तुत बृहत् ग्रन्थमा डा. देवी नेपालले ‘नेपाली खण्डकाव्यको इतिहास’ लेखेका छन् । ११९ पृष्ठको उक्त खण्डमा नेपालले २०७८ सालसम्ममा प्रकाशित १५०० भन्दा बढी नेपाली खण्डकाव्यको कालक्रमिक सर्वेक्षण गरेको दावी गरेका छन् । यसमा खण्डकाव्यात्मक वा लामो कवितात्मक संरचना भएका कृतिहरूको इतिहास छ । यस खण्डको इतिहासमा खण्डकाव्यको इतिहासलाई प्रस्तुत गर्दा परम्परित इतिहासलाई नै पछ्याइएको भए पनि समसामयिक धाराको गोलमटोल अध्ययन गर्ने परम्परालाई चिर्दै पूर्ववर्ती समसामयिक धारा र उत्तरवर्ती समसामयिक धारा भनेर खण्ड खण्डमा इतिहासलाई समेट्ने प्रयास गरिएको छ । यो नेपालको नवीन प्रयास हो । त्यस्तै यसै इतिहासले खण्डकाव्यका विभिन्न स्वरूप र बालकाव्यलाई पनि समेट्ने प्रयास गरेको छ ।

प्रस्तुत ग्रन्थमा ‘नेपाली महाकाव्यको इतिहास’ डा. कृष्णराज अधिकारीले लेखेका छन् । यस खण्डमा महाकाव्यको इतिहासलाई २००२ सालपछि आधुनिक काल र त्यसपूर्वलाई पूर्वआधुनिक काल मानी तयार पारिएको छ । अधिकारीले यस खण्डमा महाकाव्यको विधागत चिनारी, आधुनिक कालपूर्वको महाकाव्य परम्परा र आधुनिक कालको महाकाव्य परम्परालाई प्रस्तुत गरेका छन् । उनले आधुनिक कालको महाकाव्य परम्परालाई स्वच्छन्दतावादी युग (२००२– २०१४), यथार्थवादी युग (२०१५–२०३६), नवयथार्थवादी युग (२०३७–२०६२) र समकालीन युग (२०६३ देखि हाल) सम्मका रूपमा खण्ड खण्ड गरेर सोही खण्डका महाकाव्यहरूको इतिहास प्रस्तुत गरेका छन् । यो महाकाव्यको काल विभाजन वैज्ञानिक र मौलिक पनि लाग्छ । यस इतिहासमा समकालीन युगका महाकवि र महाकाव्यको मूल्य निर्णय भने दिइएको छैन ।

प्रस्तुत ग्रन्थमा ‘नेपाली बालसाहित्यको इतिहास’ साहित्यकार प्रमोद प्रधानले लेखेका छन् । प्रधानले १९४९ पछि बाल पाठ्यसामग्री रचना भएको मानी हालसम्मका बाल पाठ्यसाग्रीलाई इतिहासमा समेट्ने प्रयास गरेका छन् । यस खण्डमा बालसाहित्यको परिचय, आवश्यकता र प्रयोजनको सारभूत चर्चासहित लोक बालसाहित्य हुँदै बालसहत्यको इतिहासलाई आरम्भदेखि हालसम्म जम्मा छ चरणमा विभाजन गरी प्रस्तुत गरिएको छ । यस खण्डमा बालसाहित्यको विकासमा पत्रपत्रिकाको योगदान र संस्थागत योगदनलाई पनि प्रस्तुत गरिएको छ ।

इतिहास आफैमा विगतका घटनाहरूको वैज्ञानिक अध्ययन गर्ने जटिल शास्त्र हो । यो शास्त्रको एक शाखाका रूपमा साहित्येतिहासको विकास भएको त्यति लामो समय भएको छैन । साहित्येतिहास लेखनको उति अभ्यास पनि भएको छैन । साहित्यमा र अन्य विषयमा पनि कुनै पनि विधाको इतिहास लेख्नु सजिलो कुरा होइन । यो अन्य अनुसन्धानका तुलनामा अत्यन्तै कठिन कार्य हो । नेपाली वाङ्मयको उचित संरक्षणका अभावमा जुनसुकै विधका इतिहास लेख्न सामग्रीको अभाव छ । सामग्री सङ्कलन गर्ने आधिकारिक संस्था वा पुस्तकालयहरूको अभाव छ । भएका पुस्तकालयमा पनि सामग्री पुग्नुपर्छ भन्ने चेतनाको अभाव छ । यसो हुँदा सामग्री सङ्कलनको जटिलता कहालीलाग्दो छ । यसै क्षेत्रमा समर्पित वाङ्मयकर्मीहरूले पनि आफ्ना सामग्री आफूसँग मात्र सुरक्षित गर्न सक्ने अवस्था छ । यस्तो अवस्थामा कुनै एक वाङ्मयकर्मीको निधन भएसँगै धेरै प्रमाणहरू नष्ट हुँदै आएको छ । यस्तो चुनौतिकाबिच यति गहन साहित्येतिहासको ठेली प्रकाशन हुनु नेपाली साहित्य र वाङ्मय जगतकै लागि खुसीको कुरा हो । यस कृतिको मूल्य र धारणा मात्र यस बृहत् ग्रन्थ योजनाका धारणा होइनन् । यसपूर्व प्रकाशित तीन वटा ग्रन्थ र आगामी पाँचौँ ग्रन्थको प्रकाशनपछि मात्र यस ग्रन्थ शृङ्खलाको समग्र मूल्याङ्कन गर्न र मूल्यनिर्णय दिन सकिन्छ । यहाँ कविता विधाका फुटकर कविता, काव्य र महाकाव्यको मात्र इतिहास छ । नेपाली कविता परम्परामा गजल, मुक्तक र अन्य लघु र लघुतम कवितात्मक उपविधाहरू पनि प्रशस्तै छन् । यस पक्षमा पनि ग्रन्थ योजनाकारहरूको ध्यान जान आवश्यक छ । जे जति विधा उपविधा समेटिएर आएका छन् तिनको अभिलेखन उल्लेख्य रहेको छ ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 1,111
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.