करिस्मा बस्नेत (गोपाल बस्नेत/सरिता बस्नेत) कक्षा १० अध्ययनरत बालप्रतिभा हुन् । उनी ब्राइट फ्युचर मा. वि. सातदोबाटो, ललितपुरकी विद्यार्थी हुन् । साहित्यमा रुचि राख्ने उनको यस श्रृङ्खलामा ‘म एक नारी’ शीर्षकको महिलावादी कविता प्रस्तुत गरिएको छ । –सम्पा. |
म एक नारी हुँ
तर मलाई नारी हुनुमा गर्व छ ?
विश्वस्त भई भन्न सक्दिनँ !
नारी भई जन्मनु वरदान हो भनी ठान्ने मलाई
समाजले नै यो त अभिशाप हो भनेर पाठ पढाउँदै छ ।
आप्mनै सहारामा उभिएकी मलाई
के गरी लडाऊँ भनी जुक्ति खोज्छ समाज
निर्धक्क भई हिँड्छु भन्दा
आपैmँ हाउगुजी बनिदिन्छ समाज
आखिर गल्ती कसको ?
मेरो ? कि समाजको ?
समाजले मलाई हेप्न कहिल्यै बिर्सिएन
मेरो सिन्दुर र कोखले मान कहिल्यै पाउनै सकेन
जुन रगतका कारण
तिमी यहाँ छौ, सारा जगत् यहाँ छ,
त्यही रगतलाई अपवित्र कहलायौ
म जब घरको न्यानो पाउन तड्पिएँ
गाईगोठमा बेवारिसे छाडिदियौ
केही कसुर भयो र मेरो
नारी भई जन्मनुमा ?
पीडा बिच पनि सङ्घर्ष गर्ने मेरा पाइला
तिमीले कहिल्यै देख्नै चाहेनौ
जहिले पनि गल्ती देखाएर आँसु मात्र दिलायौ
त्यही विवश भई झरेका आँसु चाहिँ देखेर
कमजोरको उपाधि थमाइदियौ
खुट्टा तान्दै गर्नु तिमी
तर म तिम्रो त्यो कालो चस्मा एकदिन अवश्य हटाइदिन्छु
साँघुरो भइसकेको तिम्रो सोचलाई फराकिलो बनाइदिन्छु
तिम्रो अन्धविश्वासको कलमलाई फ्याँकेर
खुला विचारक कलम लिई
नयाँ इतिहास रचिदिन्छु ।।