डिपलभ अधिकारी नेपाली साहित्य जगत्का नवप्रतिभा हुन् । –उनी भरत अधिकारी र इन्दिरा अधिकारीका सुपुत्र हुन् । उनी हाल कक्षा – १० मा अवेरनेस इं. स्कुल, शंखमूल, काठमाडौँमा अध्ययनरत छन् । साहितयसागरको प्रस्तुत शृङ्खलामा डिपलभको ‘बाको मोटरगाडी’ शीर्षकको कविता समेटिएको छ । यस कवितो बाहरुको संघर्षलाई उजागर गरेको छ । -सम्पा |
सेतै फुलेका मेरा ‘बा’ हिमालजस्तै
तर, पहाडजस्तै देख्छु म मेरा ‘बा’लाई ।
‘बा’ चलाउनुहुन्छ गाडी परिवारको
तर, शङका लाग्छ मलाई मेरै ‘बा’माथि ।
म भन्छु – बा लेनमै चलाउनु है गाडी
‘बा’ भन्नुहुन्छ – बुढो गोरु त भिर ताक्छ बा !
‘बा’ ले पञ्चायत चलाए
बहुदल चलाए,
प्रजातन्त्र चलाए
अहिले मेरो ‘बा’ गणतन्त्र चलाउँदैछन् ।
उहिले कचहरी चलाउने मेरा ‘बा’
अहिले मेरै आमाको तिलहरीमा झुण्डिन्छन् ।
तर,
‘बा’ ले गाडी चलाउन छाडेका छैनन्
‘बा’को क्याबिन सिटमा बसेर
म भन्छु – ‘बा’ लेन मै चलाउनु है गाडी ,
‘बा’ भन्नुहुन्छ – ‘ओरालोमा ‘लेन” के चाहियो
र बा ?’
खै कताबाट आँगनीको डिलमा
आज थचक्क बसे मेरा ‘बा’
कुन्नि कस्तो माया !
मलाई सुम्सुम्याउँदै – ‘बा’ ले भने – हाम्रो मोटरगाडी त
बिग्रिएछ बाबैं !
‘बा’
गाडी बिग्रिएको होइन ।
बाटो बिग्रिएको होइन !
त्यसैले –
‘बा’ –लेनमै चलाउनु है गाडी”
अझै ‘बा’ भन्नुहुन्छ
‘ इन्जिनै खराब छ, मेरो के लाग्छ बा !’
कक्षा – १०
अवेरनेस इं. स्कुल,
शंखमूल, काठमाडौँ