आभा खड्का नवोदित प्रतिभा हुन् । उनी चन्द्रबहादुर खड्का र पार्वती ढकाल खड्का सुपुत्र हुन् । हाल कक्षा – १० काठमाडौँ प्रज्ञाकुञ्ज स्कुल, नयाँ वानेश्वर, काठमाडौँमा अध्ययनरत यी प्रतिभा विभिन्न प्रतियोगितामा सहभागी र पुरस्कृत पनि भइसकेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा खड्काको ‘देश आफ्नै पवित्र’ शीर्षकको कविता समेटिएको छ । यो कविता शास्त्रीय लयढाँचा अन्तर्गत मालिनी छन्दमा रचना गर्ने प्रयास गरिएको छ । यस कविताले देशभक्तिकै भावना अभिव्यक्त गरेको छ । -सम्पा. |
(मालिनी छन्द)
सिरिरि सिरिरि हावा चल्छ बास्ना लिएर
अविचल बदलाबै नाच्छ गुन्गुन्गरेर
दिन दिन कति आशा यो लिई बाँच्नु पर्ला ?
कति दिन अझ पीडा यो खपी हाँस्नु पर्ला ?
सुरुरु सुरुरु हिँड्ने गाइने नै हरायो
मधुर रस सुसेल्ने फूल आफैँ डरायो
असल कृति परिष्कार कतै यो बिलायो
तिथि मिति त विदेशी मान्न पर्ने बनायो ।
हर हर हर बास्ना कस्तुरी यो मनैमा
अलमल किन डाँफे त्यो मयुरी वनैमा
किन छ किन छ हेर्दा मासिँदै बोट हाम्रो
किन मुलुक छ हेर्दा भासिँदै लाजमर्दो ।
तरतर पसिनाको मूल्य सस्तो भएछ
सुखमय घर छाडी त्यो विदेशै गएछ ।
तनमनभरि हेर्दा देश मात्रै छ भित्र
जलथलभरि खोज्दा देश आफ्नै पवित्र ।।
कक्षा – १०
काठमाडौँ प्रज्ञाकुञ्ज स्कुल,
नयाँ वानेश्वर, काठमाडौँ