शिक्षा चापागाईं नवप्रतिभा हुन् । उनी कक्षा दशमा अध्ययनरत छात्रा हुन् । उनी सबन चापागाईँ÷सुनिता चापागाईँकी सुपुत्री हुन् । उनी हाल पाठशाला नेपाल, वानेश्वरमा अध्ययनरत छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मानवताका लागि हातेमालो’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मानवीय चेतनाको उजागर गरेको छ ।
– सम्पा. |
जताततै पीडा नै पीडा छ, त्यसैले
पीडाको सकसबाट मानवता निसासिन सक्छ
मानवको अस्तित्व मेटिन सक्छ
तर घोर अन्धकारलाई चिर्दै फेरि सूर्य उदाउनु नै छ
टन्टलापुर घाम जस्तो जीवन भएको छ मानिसको
तिमी बनी देऊ न चौतारीको समीर
जसले आभास दिन्छ शीतलताको ।
खट ए मानिसहरू खटी राख, खटी राख
भाइचाराको सम्बन्धले मानवताको सुगन्ध फैलाऊँ
सुकर्म, करुणा र सौजन्यको बिज छर्दै
सबै दुष्कर्म र पापलाई बढारेर लैजाऊँ ।
रत्नाकार डाँकु वाल्मीकि बन्न सक्छन्
उसो भए तिमीलाई मानव बन्न कसले रोक्छ ?
तिम्रो नियतमा खोट नराख
पीडक बनेर अरूलाई चोट नदेऊ ।
यो सङ्घर्षमय संसारमा तिमी
कसैको हाँसोको कारण बनिदेऊ
यदि जिन्दगी फैसलाले नै चल्छ भने
तिमी दुःखको ऋण तिरिदेऊ
न्यानोपन पनि आगोले दिन्छ
तर पोल्छ पनि त्यही आगोले ।
यदि रिस र क्रोधले तिमी आगो बन्यौ भने
त्यो आगोले सबैलाई पोल्ने छ
त्यसैले बिन्ती छ मेरो
तिमी कसैलाई पोल्ने नबन ।
जगत् यो प्रयोगशाला विद्यापीठ जे भन
सिक्नु र सिकाउनका लागि हो
लिनका लागि होइन, दिनका लागि हो जीवन
त्यसैले नकारात्मकताबाट सकारात्मकताको पाठ सिकाउन
ज्ञान र अनुभवको छहारी बनेर गुरुत्व छर्दै
समाजलाई उज्यालोतर्फ डोहो¥याउन
आऊ, तिमी हामी सबै सँगै
होस्टेमा हैँसे गर्दै काँधमा काँध मिलाउँदै
हातमा हात मिलाउँदै यहीँ केही गरौँ
यहीँ बाँचौँ, यहीँ मरौँ
मानवताको बिज छरौँ ।
पाठशाला फाउन्डेसन नेपाल,
वानेश्वर, काठाडौँ