संयुक्ता पोखरेल नेपाली साहित्यमा नवप्रतिभा हुन् । उनी रमेश पोखरेल र रेखा कोइराला पोखरेलका सुपुत्र हुन् । हाल कक्षा – ९ मा अध्ययनरत यी प्रतिभाको साहित्यिक अभिरुचि निकै लोभलाग्दो छ । उनी हाल जिनियस आइ. बी. वर्ल्ड स्कुल, लुभु, ललितपुरमा अध्ययनरत छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘बुबाको माया’ शीर्षकको कविता समेटिएको छ । यस कविताले पिताको सङ्घर्ष र जिम्मेवारीलाई देखाएको छ । -सम्पा. |
जब पहिलो पटक अस्पतालमा यी आँखा खुले
सबै जना खुसी थिए, आमा रुँदै थिइन्
परिवारको मुहारमा हाँसो थियो ।
तर कोही यस्ता एउटा व्यक्ति थिए
जो चाहिँ काउन्टरमा बिल तिर्दै थिए
यो कविता उनको लागि
जो प्राय आफु पछि परि अरुलाई अघि बढ्ने सहारा दिन्छन्
पहिलो पटक पाइला चाल्दा जो आमा भन्दा खुसी थिए
आमाको गालीबाट बचाउने उनी थिए्
मनपर्ने तरकारी नहुँदा
खाना खानुपर्छ भनेर बुझाउने उनी थिए
मेरो पढाइ कस्तो थियो भन्ने चासो त उनलाई थिएन
तर कसरी पढाउने भन्ने सोच अवश्य थियो
मलाई पाइला चाल्न सिकाउने आमा थिइन्
तर ठेस लाग्दा उठ्न सिकाउने उनी थिए ।
घाममा ओझेल बन्ने उनी थिए
मन नलाग्दा फकाउने उनी थिए
राम्रो गर्दा स्याबासी दिने उनी थिए
नराम्रो गर्दा राम्रो बाटो देखाउने उनी थिए
बाहिरबाट जति नै कडा भए पनि
भित्रबाट नरम उनी थिए
कहिले काहीँ गाली अवश्य गर्थे ।
गालीपछि फेरि मायाले बुझाउने उनी नै थिए
बिहान उठ्नुअघि उनी काम भनी छिट्टै हिँड्थे
समय दिन नसकेकोमा शायद म दुःखी थिएँ
आखिर मेरै निम्ति रातदिन खटिने उनी थिए
आखिर मेरै निम् रातदिन खटिने उनी थिए
आफ्नो खुसीको बलिदान दिई
मेरा सपनाहरु पूरा गर्नमा उनको स्नेह रहेछ
आफ्नो खुशीको घाँटी रेटी मलाई हसाउँने लक्ष्य उनको रहेछ ।
मैले देखेका सपना आफ्नै सपनालाई मारेर पूरा गर्ने
दुःखलाई छिर्न नदिन यो परिवारमा
खुसीको माहौल बनाउने उनी थिए
आमा जति नजिक सायद उनी थिएनन् होला
तर टाढा भएर पनि अघि बढ्ने साहस दिन उनी थिए
आफ्नो पुरानो चप्पल टाली नयाँ किनिदिने उनी थिए
मलाई अगाडि बढ्न प्रेरणा दिने जो थिए
मेरा हजारौं हारमा जुन एउटा जीत थियो, त्यो मेरो बुबा थियो
आदरणीय हरेक बुबाप्रति श्रद्घाका साथ नमन ।।
कक्षा – ९
जिनियस आइ. बि. वल्र्ड स्कुल,
लुभु, ललितपुर