वर्षा वस्नेत कक्षा दशमा अध्ययनरत छात्रा हुन् । उनी सूर्योदय से. बो. स्कुल, घट्टेकुलो, काठमाडौँको कक्षा – १०मा अध्ययनरत छन् । उनले विद्यालयको वातावरणबाटै साहित्य सिर्जनामा अभिरुचि बढाउँदै आएकी हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘आमा’ शीर्षकको कविता समेटिएको छ । यस कविताले आमाको महिमागान गरेको छ । -सम्पा.
|
आमाको भुँडी बडेमानको थियो
स्वर्गको ढोका खोल्ने छोरा नै थियो
तीन छोरी भन्दा आमाको गर्भभित्रको
छोराको मोह रहेछ बालाई
बा छोरो हुर्किएको देख्नुहुन्थ्यो
म आमा गलेको देख्थे
आमा बा सँग पनि रिस पोख्नु हुन्थ्यो
आमा घरी घरी म त मर्छु मर्छु
भन्दै काकीसँग आशु झार्नुहुन्थ्यो
एउटा छोरो त पाइदे १
बा को चिरस्थायी चाहाना बाहिर निस्कयो
जीवन मार्ग खुल्छ रे
शान्तिको पथमा पुगिन्छ रे
स्वर्गको ढोकामा अप्सराहरू बसेर
पूजा गर्दै तलाई र मलाई भित्र लैजान्छन रे
आमा गल्दै जानुभयो
मर्छु मर्छु भन्न थाल्नुभयो
पल्ला घरकी काकीसँग धुरु धुरु रmँदै
सुन्निएका खुट्टा देखाउँदै
कति लिन्छौ परीक्षा दैव
अन्तिम परीक्षा लि दैव
भन्न थाल्नुभयो ।
ल है कान्छी लगिदे
यो काँडो झरेसी
परिवार नियोजनका गोली
तृप्त हुने गरी खान्छु
परिधिका रेखाहरू काट्छु – २
नौ महिना पुग्दै गयो
छोरो जन्मने दिन आयो
आमा गल्दै जानुभयो
बुबाको मुहार प्रदीप्त हुँदै गयो
सुनसान रातमा
म तीन बहिनीका साथमा
आमा जोडजोडले कराउनु भयो
रगतका धारा कति कति बगाउनुभयो
धेरै बेरमा सुनियो म्याँहा म्याँहा
सुडिनी आमैले गरिन ओल्टाई पल्टाई
भनिन दुःखको घडी सकियो तलाई
अब प्रसव वेदना भाग्न परेन तलाई
टोपीले आँसु पुस्दै भित्र पसे बा
जीवनको बाटो सोझाउन थाले बा
आदित्यको भयो आगमन
कृष्णको बाँसुरी बज्न थाल्यो
हाम्रा बाको छोरो जन्मियो
्चाँदनी रातमा भाष्करको जन्म
गङ्गाजलमा पबित्रताको मर्म
पीडाले आमा कहाली लाग्दो
मुहार लगाइन
चिम्लिइन आँखाको नानी
थरथराउँदै डराउँदै भन्न थालिन
म स्वर्गको यात्रा गरेर आउँछु
सूर्यको बिम्ब टिपेर ल्याउँछु
नरोही बस म उपहार छोडेर जान्छु
लौ लौ भनी कराउन थाले
इष्ट्रचार भनी धाउन थाले
भीडबाट कसैले कराउन थाली
छोरो दिएर स्वर्ग यात्रामा गई साइँली
राम भन्दै सबै कराएर
गई गई साँइली भन्दै डराएर
बत्ति निभ्यो हाम्रो मियो हराएर
धर्र्ती भाँचियो आकाश खस्यो
पृथ्वी भासियो, मन टुक्रियो
हाम्रो त
आमा विना जीवन नै सकियो – ३
कक्षा – १०
सूर्योदय से. बो. स्कुल,
घट्टेकुलो, काठमाडौँ