SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » हरिहर खनाल ग्रन्थावली
सम्पादकीय

हरिहर खनाल ग्रन्थावली

Sahitya SagarBy Sahitya SagarAugust 1, 2023Updated:August 5, 2023No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाली साहित्य परम्परामा कुनै स्रष्टाका समग्र कृतिको खोज र अध्ययन गर्नुपर्‍यो भने औँलामा गन्न सकिने स्रष्टाका मात्र समग्र कृति भेट्टाइन्छन् । अरू त अरू आदिकवि भानुभक्त आचार्यका रचनाहरू पनि एकै ठाउँमा पढ्न पाइँदैनन् । साझा प्रकाशनले भानुभक्तको रामायणका परिशिष्टमा अन्य रचना राख्ने प्रयास गरेको छ । मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, विजय मल्ल आदिलाई पनि समग्रमा पढ्न पाइँदैन । अङ्ग्रेजी, हिन्दी र रुसी साहित्यमा जस्तो लेखकका समग्र कृतिका ठेली प्रकाशन गर्ने परम्परा हामीकहाँ ज्यादै कम छ । केही प्रतिभाका प्रकाशन भइहाले पनि त्यसको मात्रा नगन्य छ । कविशिरोमणि लेखनाथ पौड्याल, इन्द्रबहादुर राई, पारिजात, मोदनाथ प्रश्रित, अगमसिंह गिरी आदि सीमित प्रतिभाका समग्र ग्रन्थहरू निश्चित ठेलीमा आएका छन् । तीमध्ये कतिपय विधागत ठेलीका रूपमा आएका छन् र कतिपय मिश्रित रूपमा पनि आएका छन् । यस शृङ्खलामा पछिल्लो समय हरिहर खनालका समग्र कृतिलाई एक दर्जन ग्रन्थमा संयोजन गर्ने गरी काम भइरहेको छ । खनालको परिचय साहित्यका विविध विधामा रहेर पनि मूलत: कथाकार भएका नाताले उनका तीन वटा कथाका ठेलीहरू ग्रन्थ योजनाअनुसार प्रकाशन भइसकेका छन् । तिनको नाम हरिहर खनाल ग्रन्थावली दिइएको छ ।

हरिहर खनाल ग्रन्थाली नाम दिइएको यस ग्रन्थयोजनाअनुसार पहिलो ठेलीमा ३९ ओटा, दोस्रो ठेलीमा ४९ ओटा र तेस्रो ठेलीमा ४८ ओटा कथा समेटिएका छन् । यीमध्ये ग्रन्थ एकभित्रका कथाहरू उनका प्रारम्भिक चरणका कथाहरू हुन् । यस खण्डमा खनालका कथायात्राका पूर्वार्द्ध चरणका ३९ वटा कथाहरू समेटिएका छन् । ‘जूनको प्रकाशमा सूर्यलाई निम्त्याएर’, ‘अनि हुन थाल्छ मिर्मिरे उज्यालो’, ‘बैनाबट्टा’, ‘एउटा विज्ञापन योग्यताको’, ‘अजम्मरी गाउँ’, ‘कालो बादलभित्रको जून’, ‘दोसाँधका दुई क्षण’, ‘आकाश छुने डाँडोमुनि’, ‘बकैनाको बोट वरिपरि’, ‘एउटा पुरानु कथा’, ‘जुलुस‘, ‘साथी’, ‘चलनचल्ती’, ‘पुतली’, ‘बस्तीभित्र’, ‘एउटा दन्त्यकथा’, ‘निर्वासित लेखक’, ‘रोपाईँ’, ‘राजीनामा’, ‘नयाँवर्षको कथा’, ‘सहयात्री,’ ‘पशुपतिप्रसादको एक साँझ’, ‘सेपमुनिको खेती’, ‘अस्तित्वबोध’, ‘मौलिकता’, ‘निकृष्ट खाडल’, ‘डर’, ‘मेरो पुरानु गाउँ’, ‘गौरवगाथा’, ‘देश–परदेश’, ‘जय पराजय’, ‘विडम्बना’, ‘स्वीकारोक्ति’, ‘छुचुन्दे्र चाचा’, ‘बन्धन’, ‘अभिनय’, ‘बमको छिर्का’, ‘घाउ’ र ‘प्रत्यागमन’ यहाँ समेटिएका कथाहरू हुन् । यी कथाहरू खनालका प्रारम्भिक ग्रन्थमा समेटिएर विभिन्न समयमा प्रकाशन भइसकेका थिए । यस ग्रन्थमा रहेको डा. रमेश शुभेच्छुको विस्तारित भूमिकाले खनालको जीवनी, व्यक्तित्व र कृतित्वका साथै यहाँ समेटिएका कथाको निकै सूक्ष्म विश्लेषण गरेको छ । यो ग्रन्थमा खनालका कथाका साथै खनाललाई पनि विभिन्न आयाममा पढ्न पाइन्छ । यसै भूमिकाले खनालका कथा कसरी तीन वटा ग्रन्थमा समेटिए भन्ने पक्ष उजागर गरिदिएको छ । कथालाई तीन वटा ग्रन्थमा समेट्ने आधार कथा सिर्जनात्मक चरण विभाजनलाई लिइएको छ । खनालका समग्र कथाको चरण विभाजन यसप्रकार छ :

क) पहिलो चरण (२०२५–२०३८) – परिवर्तनको तीव्र चाहना राख्ने कथाहरू
ख) दोस्रो चरण (२०३९–२०६२) – कला र विचारको संयोजनमूलक सिर्जन सामर्थ्यका कथाहरू
ग) तेस्रो चरण (२०६२ पछि) – बहुमुखी विषय क्षेत्रका कलात्मक कथाहरू

माथिको चरणगत वर्गीकरणअनुसार पहिलो ठेलीमा अजम्मरी गाउँ (२०३७), आकाश छुने डाँडोमुनि (२०३८) र देश–परदेश (२०४६) भित्रकाकथाहरू समेटिएका छन् । त्यस्तै दोस्रो ठेलीमा कला र विचारको संयोजनमूलक सिर्जन सामर्थ्यका कथाहरूका रूपमा यसपूर्व प्रकाशित बमको छिर्का (२०४७) विगत आगत (२०५५) र देशभित्र देश खोज्दै (२०६०) कथासङ्ग्रहभित्रका कथाहरू समेटिएका छन् । खनाल ग्रन्थावलीको तेस्रो ठेलीमा बहुमुखी विषय क्षेत्रका कलात्मक कथाहरूका रूपमा विघटन (२०६३), युद्धको पीडा (२०७२) र सहिदगेटकी आमा (२०७५) र आधादर्जन जति यसपूर्व सङ्ग्रहमा नपरेका नयाँ कथाहरू समेटिएका छन् । यी कथामा केही लघुकथा भन्न पनि सकिने कथासमेत देखिएका छन् । खनालका सम्पूर्ण कथालाई ग्रन्थन गर्ने यस ग्रन्थयोजनामा मूलत: यही चरण विभाजनलाई आधार मानी लगभग चरणगत रूपमा मिल्दा प्रवृत्तिलाई लिएर फरक–फरक ग्रन्थका रूपमा ग्रन्थन गरी प्रस्तुत गरिएको छ । यस ग्रन्थयोजनाअनुसार नै तीन वटा ठेली प्रकाशन भएकाले खनालका कथाको चरणगत अध्ययन गर्न र नेपाली कथाका स्वतन्त्र अध्येतालाई ऐतिहासिक अध्ययनका लागि पनि यी कथाहरू उपयोगी देखिएका छन् ।

हरिहर खनाल ग्रन्थावली दुईमा खनालका ४९ ओटा कथा समेटिएका छन् । यी कथालाई नेपालको राजनीतिक इतिहासका आँखाले हेर्दा पञ्चायतकालको उत्तरार्द्ध कालीन, सिङ्गो प्रजातन्त्र पुनर्वहाली कालीन कथाका रूपमा प्रस्तुत गरिएको छ । यी कथाको साझा प्रवृत्ति बहुदलीय व्यवस्थाका वेथिति र तिनको सुधारको प्रयास एवम् समाज रुपन्तरणका प्रति उठिरहने शंसयमा केन्द्रित देखिन्छ । यस खण्डमा समेटिएका विश्लेष्य कथाहरू हुन् : ‘चौँतिसौँ सहिद’, ‘प्रशान्त खोई ?’, ‘स्थितिबोध (१)’, ‘भोक’, ‘कुहिरो’, ‘उज्यालोतिर’, ‘कलाकार’, ‘भीड र प्रतिभा’, ‘ओत,’ ‘अन्तर्पीडा’, ‘घडेरी’, ‘चियापसलमा’, ‘शीतयुद्ध’, ‘सिट छ÷सिट छैन’, ‘निलो सुन’, ‘बत्ती र अँध्यारो’, ‘सडकदेखि सडकसम्म’, ‘सहरको रङ,’ ‘विगत आगत’, ‘जनसेवाको जाँतो’, ‘चराहरू’, ‘पोखरी र अवसान’, ‘चोरी’, ‘एउटा प्रेमको कथा र क्रुर सत्य’, ‘मुकुन्दको दैनन्दिनी’, ‘राम्चेको छायामुनि’, ‘मरुभूमिमाथि’, ‘प्रदूषण’, ‘अनन्त यात्रा’, ‘सन्त्रास’, ‘विघटन’, ‘किम्बदन्ती’, ‘देशभित्र देश खोज्दै’, ‘टोकियो सपना’, ‘शरणार्थी’, ‘भाषणको तयारी’, ‘दोभान’, ‘मायाको चिनो’, ‘दीपशिखा’, ‘धेरै जयराजहरू र एक प्राध्यापकको डायरी’, ‘हिलोमा फुलेको कमल’, ‘अस्तित्वको खोजी’, ‘ओखती’, ‘शनिबारको एक साँझ’, ‘सुनामी’, ‘सफर’ र ‘गोलैँचीको पूmल’ । । यी कथाहरू नेपालको राजनीतिक परिवर्तनका दृष्टिले प्रजातन्त्र पुनर्वाहलीपछिका कथाहरू हुन् । यी कथाले नेपालको तत्कालीन समयका वर्गीय समस्याका साथै जीवन जगत्का व्यापक आयामलाई समेटेका छन् । यिनको मूल स्वर तत्कालीन राजनीतिक, प्रशासनिक कमजोरीको उत्खनन गर्दै निमुखाहरूको आवाज प्रस्तुत गर्नु देखिन्छ ।

हरिहर खनालका समग्र कथायात्रामा देखिने बहुमुखी विषयक्षेत्रका कलात्मक कथाहरूलाई उनका कथा कृतिको ग्रन्थ योजनाको तृतीय खण्डमा समेटिएको छ । प्रस्तुत खण्डमा खनालका ४८ ओटा कथा समेटिएका छन् । यी कथालाई नेपालको राजनीतिक इतिहासका आँखाले हेर्दा लोकतान्त्रिक गणतन्त्र कालीन कथाका रूपमा प्रस्तुत गरिएको छ । यी कथाको साझा प्रवृत्ति मूल सामन्तवादको जड राजतन्त्रको अन्त्य भए पनि जनताको पक्षमा भनिएको वर्तमान व्यवस्थाका बेथिति, अदूरदर्शी निर्णयहरूको सङ्केत र तिनको सुधारको प्रयासमा कथाहरू केन्द्रित छन् । यी कथा प्रगतिवादी चेतनाका साथै बहुुमुखी दार्शनिक चेतनामा केन्द्रित देखिन्छन् । यस खण्डमा समेटिएका त्यस्ता कथाहरू : ‘समयको एउटा रेखाचित्र’, ‘थवाङको आकाशमुनि’, ‘आँखा’, ‘सपना र सहिद’, ‘क्यान्टोनमेन्ट’, ‘चिसो जुनेली रात’, ‘सुनौलो सपना र अँध्यारो गल्ली’, ‘युद्धको पीडा’, ‘ट्याक्सी नम्बर २२८०’, ‘पानी’, ‘कविको मन’, ‘दुलही’, ‘प्रतापपुरको छातीमा रगतको छिकार्’, ‘चमेली फूल र भमरा’, ‘मर्निङ वाक’, ‘अमेरिकामा बुद्ध’, ‘डाइभर्सिटी भिसा’, ‘छाता’, ‘मेरो पुरानो साथी’, ‘आँखीझ्याल’, ‘ब्ल्याकमेल’, ‘गलत फहमी’, ‘सर्कस–सर्कस’, ‘नारी’, ‘शिशिरको एउटा चिसो साँझ’, ‘म्यापल भ्याली’, ‘सुरक्षा जाँच’, ‘अलकापुरी’, ‘बलेको आगो’, ‘प्रुफरिडर’, ‘पुस्तान्तर’, ‘भुमरी’, ‘स्वाङ’, ‘चु“डिएको चङ्गा’, ‘नाम’, ‘त्रिकोण’, ‘सहरमा एक दिन’, ‘सहिदगेटकी आमा’, ‘स्थितिबोध (२)’, ‘सिर्जनाको पूmलबारी’, ‘राजुको पूmलबारी’, ‘हजुरबाको अक्किल’ ‘गुराँस बेच्ने बालकहरू’ र ‘धनिया सदाका आँसु’, ‘बितेको कुरा’, ‘जात्रा’, ‘पत्रमञ्जूषा’ र ‘मङ्गलीको जिनेभा यात्रा’ रहेका छन् । यी कथाहरू नेपालको गणतन्त्र कालीन कमजोरी र वर्गीय कमजोरीका पक्षहरूमा केन्द्रित छन् । यिनमा बहुलताको स्वर पनि त्यत्तिकै सशक्त छ । यस सङ्ग्रहमा रहेका पछिल्ला नौ वटा कथाहरू पत्रपत्रिकामा सार्वजनिक भइसकेका भए पनि यसपूर्वका सङ्ग्रहमा परेका छैनन् । यस अर्थमा यो कथाकृति खनालका अघिल्ला कथाकृति पढिसकेका पाठकका लागि पनि उपयोगी र नयाँ जिज्ञासा बनेर आएको छ ।

हरिहर खनाल ग्रन्थावलीका खण्ड एक, दुई र तीनले क्रमश : ३९, ४९ र ४८ गरी जम्मा १३६ वटा कथालाई समेटेका छन् । एक जना कथाकारका करिव डेढ सय कथा एकै ग्रन्थ योजनामा पर्नु नेपाली कथा यात्राका लागि खुसीको कुरा हो । यी कथा नेपालको पञ्चायतकालीन परिवेशदेखि प्रजातन्त्रको पुनर्वाहली वा बहुदल काल हुँदै गणतन्त्रकालीन परिवेशसम्मका सामाजिक एवम् वर्गीय समस्यालाई उजागर गरेका छन् । एउटै ग्रन्थमा यतिका कथाहरू पढ्न पाउनु खनालका कथायात्रा र प्रकाशन यात्रामा मात्र होइन नेपाली साहित्य परम्पराकै विशेष उपलब्धीहो । यी कथा र यहाँ रहेका भूमिका, कथावार्ता र टिप्पणीसमेतले नेपाली कथा परम्परा, नेपाली प्रततिवादी वा सामाजिक यथार्थवादी कथा परम्परा र मूलत: खनालको बहुआयामिक कथाकारितालाई उजागर गरेका छन् । यो नेपाली कथा परम्पराको उल्लेख्य प्राप्ति हो । खनालका अरू ग्रन्थहरू पनि छिटै प्रकाशनमा आउन सकून् । नेपाली साहित्य परम्परामा साहित्यकार हरिहर खनाललाई समग्रमा पढ्न पाइयोस् भन्ने कामनाका साथ साहित्यसागरका तर्फबाट स्रष्टा हरिहर खनाल र ग्रन्थ प्रकाशन संस्था जनसाहित्यलाई हार्दिक बधाई ।

-डा. रमेशशुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 394
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.