राधेश्याम लेकाली नेपाली साहित्यमा संगठन, साहित्यिक पत्रकारिता र सिर्जनाका बहुआयामबाट समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको व्यङ्ग्यप्रधान मुक्तक समेटिएको छ । बस्ती शीर्षकको यस मुक्तकले सही व्यक्तिले मुलुक र समाज नेतृत्व नगरेको पक्ष वस्ती र पागलका विम्बबाट अभिव्यक्त गरिएको छ । -सम्पा. |
पागलहरूले बस्ती कब्जा गरेपछि नैतिकता समाप्त भएको छ
पागलहरूले बस्ती कब्जा गरेपछि सभ्यता समाप्त भएको छ
यति बेला सत्य र निष्ठा हारेको अवस्था हो मित्र !
पागलहरूले बस्ती कब्जा गरेपछि मर्यादा समाप्त भएको छ ।