रुद्र बराल भारतीय नेपाली साहित्यकार हुन् । उनी साहित्य सिर्जना, समीक्षा र सङ्गठनका बहुआयामबाट साहित्यसेवामा समर्पित छन् । उनी भारतको असम राज्यमा रहेर नेपाली भाषा साहित्य र संस्कृतिका विकासमा लागिपरेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ सारभूत परिचयसहित उनको हावा शीर्षकको कविता समेटिएको छ । यस कविताले कुनै युग, जाति वा संस्कृतिको निर्माणमा लाग्ने समयलाई संकेत गरेको छ ।
-सम्पा. |
युगको विषाक्त नसा पिएर
उल्टो चल्दैछ हावा
अब बाटाभरि सोत्तर हुनेछन्
इतिहास बोकेका छाया दिने रुखहरू
हावालाई के थाहा
एउटा बिउ रुख हुन
कति वसन्तले बलिदान दिनुपर्छ
कति शीतले आत्महत्या गर्नुपर्छ
हावालाई त के छ र ?
बस् चलिदिन्छ
केही मोडिदिन्छ
केही तोडिदिन्छ
अनि आफू पनि
कुनै पहाडमा ठोक्किएर
ठहरै मर्छ।