ज्ञान उदास नेपाली कविता र सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘केक’ शीर्षकको मुक्तक रचना समेटिएको छ । यस रचनाले अखण्ड राष्ट्रका पक्षमा आवाज उठाएको छ । -सम्पा. |
नेपालको नक्सालाई केक बनाए
टुक्रा टुक्रा काटेर पेट भराए
झोले भरौटेहरूले ताली बजाएर
नयाँ राजाको जन्मोत्सव मनाए !
चावहिल, काठमाडौँ