आकाश अधिकारी वर्तमान युवा पुस्ताका सक्रिय स्रष्टा एवम् संगठक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको नयाँवर्ष शीर्षककको कविता समेटिएको छ । यस कविताले आजको समयलाई अमूर्त समय मान्दै नयाँवर्ष आए पनि समय परिवर्तन नभएको पक्षलाई उद्घाटन गरिएको छ ।
-सम्पा. |
अफ्नो
कुरूप चेहरा लिएर
समय !
उकालो लागेको छ ।
अझैपनि धृष्टता गर्दैछ
नयाँ नयाँ कारखाना खोलेर
मान्छेलाई
मानव बनाउने धुनमा
आफ्नो सर्वस्व
समर्पण गर्दै छ ।
पात्रोका
कथित पन्नाहरूमा
नयाँ बर्ष लेखेर
शुभकामना बाँडिरहेको छ !
यो अमूर्त समय !