वासुदेव पायडेयको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी युवा पुस्ताका निकै सशक्त कवि प्रतिभा हुन् । प्रस्तुत सङ्कलनमा उनको कलाकलितका शीर्षकको कविता समेटिएको छ । यस कविताले प्राकृतिक एवम् ऐतिहासिक विमबबाट राष्ट्रिय चेतनाको अभिव्यक्ति दिएको छ ।
-सम्पा. |
ऊर्जा थप्ने तन र मनमा नित्य आई प्रभात
हामी बत्ती वय धिपधिपे छैन उस्तो प्रभा त
बुट्टे नीलाम्बर प्रकृतिले मेघ-माला उनेझैँ
मानूँ छैनन् नव रङहरू मेघमा लाउनेझैँ।
चाहेको हो मलम मनले छुन्छ खै को पिलामा
राख्ने आफ्नो तन जतनले फूलले कोपिलामा
बस्ने आई सबतिर उडी झ्यालमा, खोकिलामा
सोचेजस्तो सहज नहुने बाँध्न माखो किलामा।
राघेपाटे सिङ पनि तिखा गोरुमा एकतारे
सारङ्गीका धुन र मुरली बिर्सियौँ एकतारे
फाटो राम्रो अवसर छँदा टाढिई ए कता रे
छेकोभाँजो अवसर मिले चाहने एकता रे।
साथी ठान्ने सुखसयलको बाहना रोज मात
साँचो बोल्ने कुलत नहुँदा छैन मेरो जमात
छैनन् तर्ने पुल न तरणी साँघुमा हो सियारी
देखाएमा सफल भइने साधना होसियारी।
छोटा जाने अनुमति दिई छेउमा रोक लामा
भिन्चीकोझैँ अनुकृति गरे चढ्छ पारो कलामा
गोला थेप्चा रङबिरङका छन् कहाँ केक लामा
राखे अट्लान् जनहृदयका भावना के कलामा ?