धनराज गिरी शिक्षा र साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘स्वाच्छ घाम’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले भिडियो संवादमा फुर्सदमा कुरा गर्ने शैलीमा सिर्जना र सिर्जना क्षेत्रका विसङ्गत पक्षको उजागर गरिएको छ ।
-सम्पा. |
–– “ दाजी,मैले पनि ठोकेको नि,तर कता ठोकियो,कसलाई ठोकियो,किन ठोकियो ? केही थाहा छैन ! अस्ति हजुरको कुरा मानें।“
आफूलाई अग्र्यानिक माया गर्ने दाजी प्रोफेसर पदमनारायण चुरेवासीसित भाइ “ मन्जुरीकान्त गेस्टापो मदनपुरे “ अर्थात् “ मगेम “. पहिले भारत सीतामणिमा केही लीला गरेर यतिखेर विमलनगर रेडस्क्वाइरमा बसी कागज, कलम र मसी लिएर गगनवासीहरूको जीवनी लेख्दैछ,भाइ ।“ भाइ मगेम,मोग्याम्बो खुश हुवा ! हेर मेरो अमीताभ बच्चन, राम्रोसित हेर, जीवनमा पङ्गा लिनुपर्छ बौद्धिकसित, स्तरीय पात्रसित, अब हठवाद सन्त जर्नेलसिंह भिण्डरावाले र आयातुल्ला रुहल्ला खोमेनीसित विवाद गर्ने हो र ? मूल कुरा त आत्मरक्षा हो नि अनुज,होइन र ?म मूर्खजस्तो,बेबकुफजस्तो देखिन्छु, देखिएको हो, के म वास्तवमै मूर्ख हुँ र ? अभिनय पो गरेको हो त मूर्खताको ।
भाइ,राधाकृष्णको जस्तो प्रेम हो तिम्रो र मेरो, पूरा बाटो यात्रा गर्नु छ, आमाको वर्तमान उज्ज्वल तब हुन्छ जब कसैले बालक हराएको सूचना दिनु पर्दैन र सबैको तालुमा सिंजापतिको आलुफल्छ । अब त “ लोग्नेमान्छेमा त्यस्तो के छ मौसूफ?“ भनेर उत्तरआधुनिक लीला गर्नु छ । लीला भएन त ? हेर त, जता पनि राई,राई!दराई,तराई,भट्टराई ,सबै राई,तब न अगमनारायण नर्फोके दाइ !! बधाइ,मेरो भाइ! बधाइ!! कोही गगनवासी, कोही पातालवासी!“
––––
“दाजी,म त धरावासी ! डल्लै रेला गरियो त हौ ! अतृप्ति नै सत्य रहेछ दाजी । जोगी हुन सकिएन । खीर खाएर पाण्डुलिपि बोकी हजुरको बैकुण्ठनगर आउने भनेको, खोइ , उखानपुरबाट अर्जुनधारा पुग्न पनि मुस्किल भयो । अनि,अरू के छ दाजी ? हाम्री कल्याणकारी भाउजू कल्याणी खुसीको हालखबर के छ ?“
“आनन्दमा,प्रोफेसर हृदयनारायण चौधरी र प्रोफेसर शिवनारायण कमलपुरे आएका थिए,बलरामपुर घुमेर यहाँ खीर खाएर गए । भाइ,हामीले सङ्गत गरेका पात्रहरूबाट हामीले केही सिक्न पर्छ कि पर्दैन ?“
“ मज्जाले पर्छ नि दाजी ,सिकिन्छ नि । िसकेको प्रमाण नै हजुर हो । सुकरातनगर गएर आफैंलाई विनिर्माण गर्नुभयो, एउटा जुवाडे उपन्यासकार भयो, देशदेशावर गयो ! सरसर्ती नेपाल मात्र होइन,अष्ट्रेलिया घुम्यो,बर्मामा चुम्यो,मस्कोमा झुम्यो । “ मगेम बोल्यी।
“ हो, अनुज,हाम्रो आलोकनारायण आशुतोषको फेसबुके धाम हेर त ,त्यो वालमा जाऊ त, कहिल्यै पाइन्छ गन्धेझार ? कहिल्यै भेटिन्छ “ एन्टिथेसिस ?“
“ स्वच्छ धाम“ होइन त? जब मन सफा हुन्छ नि,हरेक कुरा सफा हुन्छ । कुनै विवादमा भाग लिन्छ हाम्रो यायावरल े? कति उज्यालो छ अनुहार ?यस्तो मान्छे पाइन्छ ?“प्रोफेसर बोल्यो ।
“ दाजी,कति राम्रो विम्ब लिएर आउनुभयो,“ स्वच्छ धाम“ रामोराम,सत्य हो । उहाँको अनुहार हेर्दा नै आधा तनाव चुनावतिर जान्छ । रिसाएको पनि देखेको छैन हौ ! अर्थोकमा पनि छैन । सरलता,सज्जनता र इमानको त्रिवेणी ! हरिपुरका हरिनन्दनको लीला अपरम्पार !! म पनि हायल कायल नि हौ !“ मगेमले सहमति प्रकट गर्यो ।
“ आज यही “ स्वच्छ धाम “ सम्झिएर दिन सुरु गर्ने अनुज। रवि पनि उही शशी पनि उही, शीतल समीर, यो मन अमीर, अमर हुन्छ यार हाम्रो कथा !अ र्को भोरसम्म म एउटा लघुकथा लेख्नेछु! “ प्रोफेसर बोल्यो ।
“ दाजी,प्रतिभा खेर फाल्ने होइन,बढी व्यक्तिवादी नलेख्ने ! खास लेख्ने,अब धरावासीहरू दाजीको “ मास्टर पीस “ पढ्न लालायित छन् ,अब घण्टी बजाउने पालो दाजीको ! मेरो भाइ, मेरी छोरी, मेरा बा, मेरी बैनी शैली त्याग्ने अब दाइ ! यो कागजको मान्छेले यति भन्यो । भोले शङ्कर बाबाकी कसम, हजुरको प्रतिभा अद्वितीय हो, मान्छु । तर पानी बगेर खेर जानुभएन, बिजुली निकाल्ने, नहर बनाउने, खेती गरेर सुन फलाउने! दाजी,अनिकालजयी होइन,कालजयी लेख्न पर्यो, हरियो धर्ती, अब दाजीको पालो । भाइ बोल्यो । मैले नभने कसले भन्छ त ! ?“ मगेम अलि गम्भीर भयो।
“अनुज,नो वोरी,विनयपूर्वक भन्छु,तीन किताब आउनेवाला ! म जे देखिन्छु,त्यो होइन, त्यति मात्र होइन । कोही पनि होइन । जो है,वो नही है,जो नही है,वो है ! आशीर्वाद मेरो स्वच्छ धाम,राम राम !“ प्रोफेसर बोल्यो । मुस्कुरायो मगेम ,बोल्यो,“ मोग्याम्बो खुुस हुवा, जय स्वच्छ धाम !“ भिडिओ कल बन्द भयो ।