SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मोहन हिमांशु थापाप्रति ऋद्धासुमन
सम्पादकीय

मोहन हिमांशु थापाप्रति ऋद्धासुमन

Sahitya SagarBy Sahitya SagarMarch 18, 2023No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कुनै एक स्रष्टाको प्रत्यक्ष उपस्थिति रहनु र नरहनुले साहित्य एवम् कला जगत्मा ठुलो परक पार्छ । नेपाली कविता र समालोचना परम्पारका विशिष्ट प्रतिभा मोहन हिमांशु थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको २०७९ फागुन तीन गते बिहीबार ललितपुरको नखिपोटस्थित आफ्नै घरमा निधन भएको हो । उनी विगत एक वर्षदेखि स्नायुसम्बन्धी रोगबाट पीडित थिए । सर्वप्रथमत : थापाप्रति हार्दिक श्रद्धाञ्जली ।

काठमाडौँको गोकर्णमा वि.सं.१९९३ मङ्सिर महिनाको उत्पत्तिका एकादशीका दिन पिता रामशरण थापा र माता नन्दकुमारी थापाका पुत्ररत्नका रूपमा उनको जन्म भएको थियो । थापा जन्मभूमि गोकर्ण छोडेर सहरमा डेरा लिएर बस्न थालेपछि कवि मित्रहरूको सङ्गतले कवि बनाएको कुरा उनले कुनै अन्तर्वार्तामा बताएका थिए । उनी काठमाडौँका विभिन्न ठाउँमा बसोबास गर्दै पछिल्लो समय बल्खु हुँदै ललितपुरको महालक्ष्मीस्थान नखीपोट सरेका थिए ।

जीवनका पछिल्ला पाँच सात वर्ष उनी साहित्य, जमघट र लेखन प्रकाशनबाट टाढिएका थिए । उनको उर्जावान् समयमा भने उनका लागि भषा साहित्य सबैभन्दा ठुलो र समर्पणको विषय थियो । पछिल्लो समय कान कम सुन्ने र विभिन्न रोगाक्रान्त भएकाले पनि उनी सार्वजनिक स्थलमा पुग्न सक्तैन थिए । उनको ‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ शीर्षकको कविता एक समय विद्यालय तहको कक्षा नौको नेपाली पाठ्यपुस्तकमा समेटिएको थियो । त्यस कविताका कारण पनि उनी सबै खालका पाठकमाझ परिचित थिए । त्यस कविताको एउटा अंश यस्तो थियो :

म आफ्नै देशको छहरामा हुन्छु
म आफ्नै देशको पहरामा हुन्छु ।

‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ जस्तो चर्चित कविताका र अन्य दर्जनौ प्रयोगशील प्रतिकान्तमक एवम् नवस्वच्छन्दतावादी शैली र चेतनाका सर्जक थापा कविता र गीतिकविताका क्षेत्रमा आफ्नो पुस्ताका प्रतिनिधिमूलक सर्जक थिए । उनका खुकरीमाथि एक चौटा बादल (२०३०) कवितासङ्ग्रह प्रकाशित छ । उनका अरू थुप्रै कविताहरू पत्रपत्रिकामा छरिएर र डायरीमा च्यापिएर रहेका छन् । उनको साहित्य परिचय (२०३६) नेपाली समीक्षा परम्परामा सैद्धान्तिक समीक्षाग्रन्थमध्ये गुरुग्रन्थ मानिन्छ । यस गुरुग्रन्थका लेखक थापा बोल्ने क्रममा नेपाली र नेवारी भषामा समान दखल राख्थे र विश्वविद्यालयमा यी दुवै भषा साहित्यको अध्यापन गर्थे । उनी त्यत्तिकै मिहिनेती विद्यार्थी थिए । उनले ’बालकृष्ण समको नाट्यकला’ विषयका विद्यावारिधि गरेका थिए । उनका विद्यावारिधि शोधबाहेक थुप्रै नाट्यविधा केन्द्रित समीक्षाहरू पत्रपत्रिकामा छरिएर रहेका छन् ।

थपा नेपाली साहित्यका वरिष्ठ स्रष्टा र द्रष्टा मात्र थिएनन् त्रिभुवन विश्वविद्यालयका नेपाली र नेवारी भषाका प्राध्यापकका हैसियतले विशिष्ट शिक्षासेवी व्यक्ति थिए । स्वभावले उनी असाध्यौ सरल स्वभावका व्यक्तित्व थिए । उनी केही समय त्रि. वि. नेपाली केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । उनलाई नेपाली भषा साहित्यका हजारौँ विद्यार्थीले एक आदरणीय र आदर्श गुरुका रूपमा सम्झन्छन् । त्यसरी नै नेवारी भषामा उच्च शिक्षा लिने विद्यार्थीका लागि पनि उनी आदरणीय र आदर्श गुरु थिए । उनी कुशल प्रशासक र आफ्ना सहकर्मीहरूका सहृदयी सहकर्मी पनि थिए ।

थापा कुशल र योग्य प्राध्यापकका साथै कुशल स्रष्टा, द्रष्टा, अनुवादक र सम्पादक पनि थिए । उनले नेपाली साहित्य सेवावापत युगकवि सिद्धिचरण पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पहलमानसिंह पुरस्कार, बालकृष्ण सम पुरस्कारलगायतका पुरस्कार प्राप्त गरेका थिए । उक्त पुरस्कारका साथै अन्य दर्जनौँ मान सम्मान र पदवीबाट सम्मानित पनि थिए ।

थापाको निधनबाट नेपाली साहित्यले एक असल अभिभावक गुमाएको छ । उनको निधनबाट नेपाली साहित्यले तिसको दशकमा प्रयोगधर्मी शिल्पशैलीका कविता सृजनाका एक धरोहर मात्र गुमाएको छैन नेपाली साहित्यका शोध र अध्ययन परम्पराका एक आधिकारिक स्रोत व्यक्तित्वलाई पनि गुमाएको छ । उनीसँगै नेपाली साहित्य जगत्ले विशिष्ट समालोचक तथा कुशल अनुवादक र सम्पादक व्यक्तित्व गुमाएको छ ।

थापाका कतिपय कृति प्रकाशनका तयारीमा रहेको बुझिन्छ । नेपाली लेखककोशमा घटराज भट्टराईले नेपाली नाटक र नाटककार कृति प्रकाशकको खोजीमा छ भन्ने सूचना समेटेका छन् । उनका पत्रपत्रिकामा छरिएका सामग्री र उनका अन्तर्वार्ता पनि नेपाली साहित्यका अध्येताका लागि र त्यमसा पनि नाट्यविधाका अध्येताका लागि प्रमुख स्रोतसाग्रीहरू हुन् । तिनको खोजी र प्रकाशनमा परिवारदेखि सम्बन्धित विषय र विधाका विद्वान्हरूको ध्यान पुगोस् ।

नेपाली साहित्य र शिक्षा जगत्मा विशिष्ट योगदान गर्ने अग्रजको निधन भएको यस दु :खद घडीमा कीर्तिशेष स्रष्टा एवम् द्रष्टा मोहनहिमांशु थापाज्यूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 305
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.